
खोबर साउदी अरब ! वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत आदिवासी मगर समुदायको संस्था नेपाल मगर संघ प्रवास शाखा साउदी अरबले मौलिक पर्व माघे सकराती बनभोज गर्दै भब्यताका साथ मनाएको छ।
साउदीको पुर्बी क्षेत्र खोबार कोर्नेस, किरातचोकमा गत १९ जनवरी शुक्रबार का दिन साउदीको सक्रिय संघसंस्थाका प्रतिनिधिहर तथा अन्य दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थितीमा बनभोज र भेटघाट गरि मनाएको हो।
कार्यक्रममा संघको अध्यक्ष बम थापा मगर र डिबि बलामी मगरले पित्री पुजा गरेर शुरुआत गरिएको कार्यक्रम चेलीहरुलाई टीका तथा दक्षिणा प्रदान गरिएको थियो भने बनभोजमा तरुल ,सकरखण्ड ,सेलरोटी लगायत विभिन्न परिकार उपलब्ध गराएर सकरातीको स्वाद प्रदान गरिएको थियोे।उपस्तिथि विभिन्न ब्यक्तित्वले शुभकामना दिएको थियो भने अध्यक्ष थापाले माघे सकराती पर्व बारे जानकारी दिए।

अध्यक्ष थापाका अनुसार मौलिक संस्कृतिलाई थप प्रवर्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने संघको निति अनुसार विश्वभर फैलाउन साउदीमा मनाउदै आईरहेको जानकारी दिए।वैदेशिक रोजगारी सिलसिलामा साउदीमा प्राय देशभरी मगरहरु रहेको छ। सकरातीलाई नेपालका मगरले मात्र नभए थारु लगायत अन्य समुदायले मनाउने गरेको छ।
उल्लेखनीय नेपालीहरु सहभागिता रहेको बनभोज कार्यक्रममा सेतो टीका र प्रसाद ग्रहणको साथ टिपिकल सकराती परिकार खान पाउँदा आफुलाई नेपालमा नै रहेको अनुभव भएको यस्तो अबसर प्रदान गरिदिनु भएकोमा मगर संघ साउदी अरेबियालाई हार्दिक आभार ब्यक्त गर्दछु , बनभोजमा सहभागि नेपाली साझा मन्च साउदीमा महासचिव राजु केसीले भने।

मौलिक संस्कृतिको रूपमा मगरहरूले माघेसकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रूपले मगरहरूले बाह्रमगरात (मगर ढुट), अठा/मगरात (मगर खामरपाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् । मौलिक कला-सँस्कृतिका हिसाबले मगरहरूमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् ।
माघे सकरातीमा दाजुभाइ दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरूले मूलको पानी र जमरा स्वरूप जौ को पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरूलाई माइती दाजुभाइहरूले पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौ पातीको फुल लगाई दक्षिणा अनि आर्सीवाद दिने चलन छ ।
I loved even more than you will get done right here. The overall look is nice, and the writing is stylish, but there’s something off about the way you write that makes me think that you should be careful what you say next. I will definitely be back again and again if you protect this hike.
I just could not depart your web site prior to suggesting that I really loved the usual info an individual supply in your visitors Is gonna be back regularly to check up on new posts
Wow amazing blog layout How long have you been blogging for you made blogging look easy The overall look of your web site is magnificent as well as the content