“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छ्यातरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७६ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/०९/१६गते
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
निकालेर नेपालीपन झल्काएर टाेपी।
उच्च गाैरव भनि माथि हल्काएर टाेपी।
मनाउछन् टाेपी दिवस पहिचान राख्न,
राख्दा राख्दै ढुसी परेकाे टल्काएर टाेपी।
एकदिन मात्र शिरमा ढल्काएर टाेपी।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
हिमाल छेउमा सेता मोती टल्कन्छन् नेपालमा।
सुन्दर देखे पछि पाहुना पल्कन्छन् नेपालमा।
गरिब सम्झेर यो देशलाई किन पर्देसिने?
ती रारा फोक्सुण्डो जस्तो स्वर्ग झल्कन्छन् नेपालमा
सबै मिले विकासको आगो सल्कन्छन् नेपालमा।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०३
दुखै दु:खमा जिन्दगीलाई कटाउनु छ मैले।
जति सक्दो अाफैले उमेर घटाउनु छ मैले।।
पृथ्वीको भार भएर मैले कहिलसम्म बाँच्नु।
छिटो छिटो यो घरबाटनै हटाउनु छ मैले।।
परिवारबाट अाफु लाई छँटाउनु छ मैले।।
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
पञ्चाङ्ग:०४ ( टोपी दिवस विशेष )
दाजुभाइको शिरमा टल्कियो टोपी।
सगरमाथा जसरी झल्कियो टोपी।
जनवरी एक, आज टोपी दिवस,
नेपाली गौरव राख्दै ढल्कियो टोपी।
सुन्दर नेपालीपन छल्कियो टोपी।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०५
सत्तामा पुग्न खेतबारी नै पनि खन्दो रहेछ शासक।
म पनि किसानकै त छोरो हुँ नि भन्दो रहेछ शासक।
अनेक प्रपञ्च गरी जसरी पनि सत्तामा पुगेपछि ,
वरिपरि आफ्नै आसेपासे मात्रै गन्दो रहेछ शासक।
बाँकीलाई ताकेर मार्ने शिकारी बन्दो रहेछ शासक।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६
गुन्द्रुक खाइयाे मिठाे भएन झाेल नहुँदा ।
सिरक ओढ्याे ताताे हुदैन खाेल नहुँदा।
शैक्षिक बेराेजगार बढिरहेछ दिनहुँ,
प्रमाण पत्रकाे उचित यहाँ माेल नहुँदा ।
मिच्छ सिमाना छिमेकीले तार, पाेल नहुँदा ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०७
अशक्तलाई दिइ दान हिँड्नु छ।
सबैलाई दिएर मान हिँड्नु छ।
भन्नेले जे भनुन् फरक पर्दैन,
नेपालीको गाएर गान हिँड्नु छ।
देखाएर नेपाली शान हिँड्नु छ।
ह्यारिस
पञ्चाङ्ग:०८
हिज लागेको आजको त्यो , लत उस्तै छ।
विवादित कुरामा मेरो , मत उस्तै छ।
क्रान्ती गर्दा शान्ती हुने किताबमा मात्रै,
तिम्रो मेरो लागेको चोट ,खत उस्तै छ।
पानी जस्तै बग्यो रातो रगत ,उस्तै छ ।
सोमनाथ लुइटेल ” रवि पाल्पाली “