
नेपाल वायुसेवा निगमले का.म.न.पा.वडा न ९ सिनामंगलस्थित आफ्नो ३४-१४-२-३ क्षेत्रफलमा फैलिएको जग्गामा बुट मोडलमा अतिआधुनिक केन्द्रीय कार्यलय भवन निर्माण गर्ने भएको छ।
आज मिति २०८०/१०/१३ गते उक्त जग्गामा अत्याआधुनिक सुविधा सम्पन भवन निर्माण गर्नाका लागि माननीय साँस्कृतिक ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी ज्यूवाट भुमि पुजन कार्यक्रम सम्पन्न भएको छ।
यश विषयमा हामीले नेपाल वायुसेवा निगम कर्मचारी युनियन ( सिबिए) का पुर्व वरिष्ठ उपाध्यक्ष तथा सार्वजनिक संस्थान तथा प्रशासनविद् डा. ऋषिकेश पन्थीसँग संवाद गरेका थियौं ।
उहाँले बताउनु भए अनुसार निगमले वुट मोडलमा वा सफ्ट लोन मार्फत निगम आफैले उक्त संरचना निर्माण गरि हाल निगमको न्युरोडमा रहेको केन्द्रीय कार्यलय स्थान्तरण गर्ने र उक्त स्थानमा समेत आधुनिक सुबिधासम्पन भवन निर्माण गरि कमर्सियल प्रयोजनमा दिईनेछ साथै सिनामंगलस्थित नयाँ बन्ने भवनमा निगमको केन्द्रीय कार्यलय स्थान्तरण गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट भित्र महङ्गो भाँडा तिरेर राखिएका निगमका कार्यलयहरू समेत स्थान्तरण गरिनेछ।
ईन फलाईट किचन तथा क्याटरिङ्ग सञ्चालन गर्ने,होटल सञ्चालन गर्ने,बाँकी स्पेश अन्य एयरलाइन्स ,ट्राभल्स एजेन्सी, तथा ब्यापारीक प्रयोजनका निमित्त दिईनेछ।जसवाट निगमकाे खर्चमा कटाैती हुनुको साथै निगमलाई थप आय आर्जन गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ।यतिमात्त्रै होईन निगमको देशभरिमा २३ स्थानमा रहेका जग्गाहरूको क्रमशः यसरीनै योजनाबद्धरूपमा उपयोग गर्दै लगिनेछ।
त्यस अभियानको थालनी आज सिनामंगलवाट शुरूभईसकेको छ।हामी यसलाई निरन्तरता दिन्दै जान्छौ।यो हाम्रो निकै लामो समयदेखिको माग पनि हो । जसको फलरूप निगमका कार्यकारी अध्यक्ष ज्यू , माननीय मन्त्रीज्यू ,निगम ब्यवस्थापन, टेडयुनियनकर्मी साथीहरू र आम कर्मचारीहरूको अर्थक प्रयासले यो निर्माण गर्ने कार्यको शुभ-आरम्भ भएको छ। हामी निगमको सम्पुर्ण माननीय तथा भौतिक श्रोत तथा साधनलाई समुचित उपयोग गर्दै क्रमशः निगमको क्षमता तथा सक्षमता अभिवृद्धि गर्दै निगमलाई दक्षिण एसियाकै उत्कृष्ट वा नमुना एयरलाइन्सको रूपमा विकास गर्ने अभियानमा जुटिसकेका छाै।सरकार,राजनीतिकदल तथा आम नागरिकको साथ र सहयोग भयो भने यो सम्भब छ समेत भन्नू भयो !
Nice blog here Also your site loads up very fast What host are you using Can I get your affiliate link to your host I wish my site loaded up as quickly as yours lol
Pretty! This has been a really wonderful post. Many thanks for providing these details.