नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको रियाद क्षेत्रीय अधिवेशन हुँदै ।

  • १६ माघ २०८०, मंगलवार १९:४२ मा प्रकाशित
  • समर्पण रम्जान

    रियाद साउदी अरब ! नेकपा माओबादी केन्द्रको गौरवशाली प्रवास भातृ  संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबले आफ्नो निरन्तर संगठन बिस्तारलाई अगाडी बढाउने क्रममा  रियाद क्षेत्रीय अधिवेशन गर्ने भएको छ ।

    निरन्तर आफ्नो संगठन बिस्तार गर्ने क्रममा जुबेल क्षेत्रमा १९ जनवरी २०२४  मा क्षेत्रीय अधिबेसन सम्पन्न गरिसकेको र  अन्य क्षेत्रहरूमा संगठन बिस्तार गर्ने क्रममा आगामी २ फेब्रुअरी २०२४  शुक्रबारको दिन दिउँसो ठिक १: बजे रियाद क्षेत्रीय अधिवेशन गर्न गइरहेको जानकारी गराएको छ।

    आगामी दिन हरुमा आफ्नो पाटी  सङ्गठन प्रति अझै प्रतिबद्द भएर श्रमिक वर्गको हक हित र अधिकार सुनिश्चितताको लागी अग्रपंक्तिमा रहेर अघि बढ्ने  भन्ने बिश्वास लिएर  रियादको होटल डिमोरा नेपाली मार्केट बथामा यो अधिवेशन गर्न लागेको नेपाली जनप्रगतिशिल मञ्च साउदीले जानकारी गराएको छ   ।
    उक्त अधिवेशन सफल बनाउन रियाद तथा  आसपासमा रहनुहुने माओवाद विचार बोक्ने माओवादी केन्द्र पार्टी प्रति  आस्था र भरोसा राख्ने समर्थक शुभेच्छुक शुभचिन्तक ज्युहरुलाइ उपस्थितिको लागि हार्दिक अनुरोध तथा निमन्त्रणा पनि गरेको छ ।

    2 thoughts on “नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको रियाद क्षेत्रीय अधिवेशन हुँदै ।

    1. Hi Neat post There is a problem along with your website in internet explorer would test this IE still is the market chief and a good section of other folks will pass over your magnificent writing due to this problem

    Leave a Reply