समर्पण रम्जान

जेद्दा साउदी अरब ! हातेमालो युवा क्लब जेद्दा साउदी अरबले गत ८ डिसेम्बर २०२३ शुक्रबारका दिन आफ्नो दोश्रो बार्षिकोत्सब तथा सांगीतिक कार्यक्रम भब्यताका साथ समपन्न गरेको छ ।
क्लबका अध्यक्ष खेमराज कार्की को सभापतित्वमा नेपाली युवा क्लबका महासचिब नर कुमार मगरद्वारा संचालित उक्त कार्यक्रमको प्रमुख आतिथिमा नेपाली महाबणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल, रहनुभएको थियो भने बिशिस्ट अतिथी तथा अतिथिहरुमा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु, नेपाली यूवा क्लब जेद्दाका उपाध्यक्ष लक्ष्मण आचार्य, एनआरएनए आइसिसिका सदस्य बिशाल कुमार श्रेष्ठ, एनआरएनए एनसिसि साउदीका उपाध्यक्ष राज कुमार गिरि, एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डि. पि.अर्याल, एनआरएनए अल कासिमका भुतपूर्व अध्यक्ष रम्जान दिन मियाँ, नेपाली सेवा समिती यान्बुका अध्यक्ष श्री प्रसाद परियार, नेपाली साझा मंचक प्रतिनिधि तेज बहादुर बि.क. समाजसेवी हरु भिम तमु,राज कुमार राई, नेपाली होटल बलादका संचालक सरद बि.क., नेपाल तामाङ् घेदुङ् प्रबास शाखा साउदी अरबका प्रतिनिधि शैलेश योन्जन, मन त मेरो जोग्बिरे समुह जेद्दाका अध्यक्ष शबशन्त लामा, ग्लोबल आइएमइका बजार प्रतिनिधी प्रदिपजङ् के.सि हरु रहेका थिए ।
यसैगरी सांगीतिक कार्यक्रमलाई भयानक रोचक मनोरञ्जन दिनका लागि स्थानीय कलाकार अतिथि हरु रोशन दियाली, अर्पित मगर, गुराँस राई, निलम बस्नेत, नवराज राई, सिर्जला दोङ् तामाङ् ,अनिल दोङ् तामाङ् ,रक्षा तिवारी, सुनिल दोङ् तामाङ् ,सरस्वती मगर, बिष्णु कार्की ,मिठु के.सि.,अम्बर बहादुर खड्का,सुर्य बहादुर थापा मगर,बिरेन चौधरी,आकाश राई,डिबोज राई, सबिता पाण्डे रहेका थिए ।


नेपाली रेस्टुरेन्ट बलादको मुख्य प्रायोजन र ग्लोबल आइएमइको सह प्रायोजनमा आयोजित उक्त कार्यक्रम दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो ।
नेपालको राष्ट्रिय गित सँगै सुरु गरिएको उक्त कार्यक्रममा अतिथिहरुले “हातेमालो युवा क्लब” सफलता साथ छलाङ मार्दै अगाडी बढेकोमा बधाई दिदै अझै आगामी बर्षहरुमा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा युवा क्लबका प्रतिनिधि तेज बहादुर बि.क ले आफ्नो संस्था दोस्रो बर्षमा गरेको कार्यप्रगतिविवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकार हरुको १९-२० वटा उत्कृष्ट नित्य,तथा बिबिधता झल्किने खालका संगितहरु कौडा, झ्याउरे, कमेडी, पन्चे बाजा, र्याप, पुर्वेली गित, तथा अन्य गित नित्यले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा जेद्दा वरिपरि तथा यान्बु ताइफ बाट आएका दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो भने उपस्थित सबैलाइ आयोजक टिमले रोटि नास्ता र बेलुकाको खाना समेत खुवाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महाबाणिज्य दुत सत्रुधन पोखरेलद्वारा क्लब सोछे भन्दा अतिनै द्रुतगतिमा जन्मिनी बितिकै बयस्क भएर अगाडी बढेकोमा बधाइ तथा शुभकामना मन्तव्य दिदै यस्ता कार्यक्रमले नेपालीहरुलाई एकीकृत गर्ने, कम्पनीका कामले थकित रहेको यो मनलाई अझै उर्जा थप्ने जनाउनु भयो ।

कार्यक्रमको अन्त्यमा सभापति खेमराज कार्कीद्वारा कार्यक्रम भब्य रुपमा सफल भएको खुशी व्यक्त गर्दै कार्यक्रममा पाल्नु हुने प्रमुख अतिथी,अतिथिहरु, उपस्थित दाजुभाइ दिदिबहिनीहरु, कलाकारहरु, पत्रकार तथा समाज सेविहरु सबैलाई धन्यवाद दिनुको साथै आगामी दिनहरुमा श्रमिकहरुको सहयोगको लागि अझै लागि पर्ने बताउदै कार्यक्रम समापन गरेका थिए ।