“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उन्नसाठीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०९/ ०५ते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५९ [उन्नसाठीऔ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
चित्रमा पञ्चाङ्ग

पञ्चाङ्ग:०१
भुइँमा बसि खै के गुन्दैछन् भेडाहरू।
आफ्नाे बाटाे आफैंँले थुन्दैछन् भेडाहरू।
गर्छन् राजनीति झुक्याउने छक्याउने,
झुटाे खाेक्राे भाषण सुन्दैछन् भेडाहरू।
भ्रष्टाचारीहरू नै चुन्दैछन् भेडाहरू।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
भेडाको नेतृत्वलाई पछ्याएर विकास कहाँ हुन्छ यहाँ।
नगन्य विज्ञको बोलि बिलाउँछ नि मन कहाँ छुन्छ यहाँ।
नेपाल रङ्गमञ्च अनि हामी सारा नेपाली कलाकार रे ,
अयोग्यहरुमा विकल्प खोज्दा योग्य कस्ले किन चुन्छ यहाँ
देशको अहितमा बोल्छन् बोल्नेको मुख कसले पो नै थुन्छ ?
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०३
गर्छन् भाषण नेताले जनता मख्खै हुने गरि ।
विकासका कुरा गर्छन् सबैको मन छुने गरि ।
हामी जनता भेडा सम्मान ,जे भने पत्याउने ,
सुनाउँछन् जनताको पीडा यो मन रुने गरि ।
यस्तो गर्छन् कुरा पनि सबको पाप धुने गरि ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
पञ्चाङ्ग:०४
हाम्रो देशमा त नेता मात्र चुन्दाचुन्दै समय गएछ।
पहिर्याउन फुलमाला उन्दाउन्दै समय गएछ।
नेता बनेपछि धारा प्रवाह भाषण गरेर थाकेन,
जनता भेडो बनेर कुरा सुन्दासुन्दै समय गएछ।
काम केही नगरी सपना बुन्दाबुन्दै समय गएछ!
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५
जसो गरे पनि राजनीतिमा सुहाउँदो रहेछ।
जनताका कल्पित इच्छा हरु कुहाउँदो रहेछ।
लाज छैन घिन छैन आँखा छोपेर अगाडि जाँदा,
सोझा सिधा जनको रगतले नुहाउँदो रहेछ।
हो यसै गरि गरि सबैलाई रुहाउँदो रहेछ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०६
कसरी भन्नु भ्रम याे छरेकाे भनेर ।
नचाहिँदाे यहाँ काम गरेकाे भनेर ।
तालमेल आहा सुन्ने, सुनाउनेकाे ,
खुसी दुबै छन् असर परेकाे भनेर
सधैँ माथि बस्नेलाई झरेकाे भनेर ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०७
आनन्दले माईक्रोफोनको आवाज सुनेका छन्।
त्यहाँ सबैले मनमनै कुराहरू गुनेका छन्।
ठूलो चौरमा भेडा र मान्छे सरोबरी बसेका,
ती मान्छेले भोट दिएर भेडा नेता चुनेका छन्
सबैले जानी नजानी आफैँको बाटो थुनेका छन्
बेदु न्यौपाने ✍️🇳🇵
पञ्चाङ्ग:०८
देशको विकास गर्न असल नेता हुनु पर्छ ।
जनताकाे सेवा गरी सवैकाे मन छुनु पर्छ।
मान्छे जम्मा गरी गफ दिएर मात्रै कहाँ हुन्छ,
दुखीकाे मन रुँदा आफ्नाे पनि मन रुनु पर्छ।
आइलागे समस्या अघि सरी आफैंँ धुनु पर्छ।
उर्मिला के.शी.
धनकुटा !
पञ्चाङ्ग:०९
सधैँ मिठा मिठा कुराहरू गर्छन् यहाँ।
माथि गए पछि, तल आँखा तर्छन यहाँ।
जनतालाई आँखामा छारो हालेर नै,
बोलीमा नै सोझा जन भर पर्छन् यहाँ।
विश्वास गरि तिनकै पछि सर्छन् यहाँ ।
शोभा आचार्य गौतम
काठमाडौँ
ॐ
पञ्चाङ्ग:१०
—==—
सबै सर्दार बिग्रियाे घरबार के बताऊँ हजुर।
देशभर बनेकाछन् दरवार के बताऊँ हजुर।
नीति नियम खल्तीमा राखेर भयाे भन्दछन् विकास,
कतै देखिदैन छेक्ने छेकबार के बताऊँ हजुर।
हातमा समाइ आए तरबार के बताऊँ हजुर ।
प्रद्युम्न चालिसेे
भक्तपुर, कटुञ्जे ।
पञ्चाङ्ग ११
नेतृत्व चयन पारदर्शिता नदेखिएको खाल ।
विधि विधानमा वास्तविकता नलेखिएको खाल ।
जनताको देखभाल कहाँ फूर्सद छैन उनका,
सजावट र भरिभराउले नपेलिएको खाल ।
थोत्रो कुटीबाट महल पुग्दा नलेपिएको खाल ।
जमुना आचार्य सिन्धुपाल्चोक