“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अन्ठाउनौमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०८/ २८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५८ [अन्ठान्नौ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग साहित्य समाज नेपाल

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग ०१
माेहको तार तरिन्छ बुद्धकाे मार्गमा।
हिंसाको त्याग गरिन्छ बुद्धकाे मार्गमा।
काे ठुलाे काे सानाे हुदैन भेदभावले,
सत्यकाे भाव भरिन्छ बुद्धकाे मार्गमा।
ज्ञानकाे ज्याेति छरिन्छ बुद्धकाे मार्गमा।
सुशीला पाैडेल
पञ्चाङ्: ०२
अक्षर-
कति शक्तिशाली मानेका छौँ हामीले।
धर्म र मर्ममा बानेका छौँ हामीले ।
कलियूग लाग्यो रे मान्दैनन् देवता,
सके बचनले हानेका छौँ हामीले।
बुझ्ने चाहाना छैन् जानेका छौँ हामीले ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०३
बिन्ति गर्छु फेरि आइदेऊ बुद्ध मेराे भूमिमा ।
सबैकाे मन बनाइदेऊ शुद्ध मेराे भूमिमा ।
न रहाेस् क्लेश रतिभर अशान्तिकाे कही कतै ,
छिट्टै भरिदेऊ सहिष्णुता रुद्ध मेराे भूमिमा ।
भाव हाेस् भाइचाराकाे नहाेस् युद्ध मेराे भूमिमा।
भवानी घिमिरे
सर्लाही
पञ्चाङ्ग :०४
घुमेर आउ यो देश हेर्दै बुद्ध ।
तिम्रो संसारी त्यो रुप फेर्दै बुद्ध ।
बिश्वमै विकृति लौ फैलेर आयो,
बिश्वमानै अब आउ घेर्दै बुद्ध ।
अपराधी हरूलाई सेर्दै बुद्ध ।
बेदु न्यौपाने
काठमाडौँ ✍️🇳🇵
पञ्चाङ्ग :०५
बुद्धका उपदेश कति राम्रो।
अंङ्गालेको बाटो अति राम्रो।
केही भए नि पालना गरौ,
बन्छ सात्विकले मति राम्रो।
हरपल हिड्ने त्यो गति राम्रो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०६
दिनदिनै अशान्ति चलेको छ यहाँ।
मनभित्र दियालो जलेको छ यहाँ
छरिदेउ हे बुद्ध ज्ञानको विचार,
विषै विषको फल फलेको छ यहाँ।
नैतिकताको रूख ढलेको छ यहाँ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग:०७
हिंसाबाट धेरै टाढा सर्नु छ।
अशान्ति र दुःख पीडा हर्नु छ।
बुद्धको नियम पालन गरौं,
भक्तिकाे मार्गमा लागि पर्नु छ।
बुद्धले जसरी शान्ति छर्नु छ।
ह्यारिस
पञ्चाङ्ग:०८
बुद्धले त मध्यमार्गको बाटो सरासर जाउ भनेका थिए।
हिंसा नगर कसैको बरु भिक्षा मागेर खाउ भनेका थिए।
म त केवल बाटो देखाइदिने मात्रै पथप्रदर्शक न हुँ,
यात्रा तिमीले नै गर्ने हो चल्नुपर्छ तिम्रै पाउ भनेका थिए।
दीप आफैं भइ जलेर सर्वत्र उज्यालो छाउ भनेका थिए।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०९
बुद्धका यी उपदेश मान्नुपर्छ अब।
राम्रो नराम्रो कुरा नि छान्नुपर्छ अब।
यो देश अशान्तिमा रुमलिएको बेला ,
बुद्धका महान बाणि जान्नुपर्छ अब।
राम्रा साब्दिक बचन तान्नुपर्छ अब।
पञ्चाङ्ग:१०
फर्केर फेरि देश हेर्न आउ बुद्ध
समृद्धिले मुहार फेर्न आउ बुद्ध
भ्रष्ट अनि दुराचारले सिमा नाग्यो ,
यो बुद्धत्वले देश घेर्न आउ बुद्ध
सबैलाई शान्तिले बेर्न आउ बुद्ध ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग ११
बुद्धको उपदेश पो छान्नुपर्छ हामीले ।
हिंसा बिना मित्र बन्न जान्नुपर्छ हामीले ।
सुत्र राम्रो यो एकताको जालो बुनाइको ,
वैरीपनि मिलनमा तान्नुपर्छ हामीले ।
आध्यात्मिक पथलाई मान्नुपर्छ हामीले ।
जमुना आचार्य सिन्धुपाल्चोक