साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५७

  • २५ मंसिर २०८०, सोमबार १९:०१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छपनौ हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०८/ २१गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५७ [सन्ताउनौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~
    पञ्चाङ्ग:०१
    मयूर कति सुन्दर देखिन्छ प्वाँखले।
    रंगिन जति सुन्दर देखिन्छ प्वाँखले।
    मुरली बजाउने कृष्णजीकाे शिरमा,
    मुकुट अति सुन्दर देखिन्छ प्वाँखले।
    कलाकाे गति सुन्दर देखिन्छ प्वाँखले।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    मयूरको प्वाँख लिएर हिँड्न मन छ।
    टुटेकाे हृदय सिएर हिँड्न मन छ।
    कति अजिवकाे सफर छ जिन्दगीमा
    एकान्त ठाउँमा पिएर हिँड्न मन छ।
    कसैलाई सबै दिएर हिँड्न मन छ।
    ह्यारिस

    पञ्चाङ्ग:०३
    हिमाल र पहाडका पाखा राम्रो।
    झरना खोला नदी नाला शाखा राम्रो ।
    प्राकृति सुन्दरता मनमोहक,
    डाँफे मुनाल गाएको भाखा राम्रो।
    मयुरको प्वाँख राम्रो आँखा राम्रो ॥
    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०४
    अक्षर-१७

    सुन्दर अनि प्रकृतिको प्रिय हुन्छ कति राम्रो।
    सबैको मनमा बस्ने त्यो ठाउँ छुन्छ कति राम्रो ।
    भगवान देखि मानवीय स्वभाव प्रिय लाग्ने ,
    एक नासले नै सबैको कुरा सुन्छ कति राम्रो ।
    जंगलको सौर्न्दर्य बढाउन गुन्छ कति राम्रो ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    कलकल खोला झरझर झर्ना कति सुन्दर गीत छ।
    लगाम छैन समयरुपी घोडाको चल्ने आफ्नै रीत छ।
    हरेक प्राणीको आँखा त छनि तर देख्दैन आफुलाई,
    हेर्ने आँखा सुन्दर भएदेखि संसारमा सबै मीत छ।
    प्रकृतिमा भएका जति सबै रङहरु आफैं सित छ।
    पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६

    बादलसँगै उडी हिड्ने चरी देखेर ।
    स्वर्गका ती अप्सरा अनि परी देखेर ।
    मन चञ्चल बनायौ लाेभमा परेर ,
    टलक्क टल्किने सारीका जरी देखेर ।
    उदेक लाग्छ अनेकन थरी देखेर ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०७
    मयूरको आङ्गफाट खसेको यो कल्की।
    श्रीकृष्णको शिरमाथि बसेको यो कल्की।
    आहा! कति सुन्दर छ मनै लोभ्याउने,
    लाग्छ सोह्र श्रृङ्गार नै घसेको यो कल्की।
    रूप रङ्ग सौन्दर्यले कसेको यो कल्की।।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग ०८
    मयूर कल्की लिला नै अपरम्पार छ
    मितव्ययीपन आफ्नै ढङ्गमा सार छ
    प्यारा सबैका अनगिन्ति संगिनी साथ
    रङ्गीन जीवन यसको छुट्टै धार छ
    गोपिनीका गोपाल प्रेरणाको तार छ

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:०९
    मयूर प्वाँखमा अनेक रङ्गले भरिएको हुन्छ।
    शरीरकाे साैन्दर्यता यत्रतत्र छरिएकाे हुन्छ।
    इन्द्रेणी लाग्दा फरर नाच्ने स्वभाव भएकाे पन्छी,
    झट्टै प्वाँख झर्न नसक्ने गुणले दरिएकाे हुन्छ।
    घरमा शाेभा बनाउन सम्मान गरिएकाे हुन्छ !
    सुरेश चन्द्र घिमिरे

    पञ्चाङ्ग:१०

    अनेकन रुपरङ्ग पन्छीमा भरिएका हुन्छन्।
    उडेर संसारको आकाशमा छरिएका हुन्छन्।
    मयूर पंख अति सुन्दर प्रकृतिको रचना,
    पंख पंखमा ईन्द्रेणी रङ्गले दरिएका हुन्छन्।
    खोलेर पंख उड्दा नभमा फर्फरिएका हुन्छन्।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    Leave a Reply