साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५६

  • १७ मंसिर २०८०, आईतवार २२:०२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छपन्नौमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०८/१४गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५६[ छपन्नौ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    पञ्चाङ्ग:०१
    जिन्दगी दिन्छ सलेदाे घटाउन अध्याराे।
    उज्यालाेसँग सम्बन्ध सटाउन अध्याराे।
    दृढ सङ्कल्प लिएर त्याे झिलमिलाउछ,
    समय सँगै जलेर कटाउन अध्याराे।
    याैटा दिप बल्छ सधैं हटाउन अध्याराे।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    जहाँ दियो बालीन्छ, उज्यालो छरिन्छ त्यहाँ।
    दियो बाल्न कै लागि त तेल भरिन्छ त्यहाँ।
    अध्यारो चिर्न दियोकाे कति महत्त्व हुन्छ,
    थाहा हुन्छ जब अन्धकार हरिन्छ त्यहाँ ।
    जहाँ उज्यालो प्राप्त छ,अनि सरिन्छ त्यहाँ ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०३

    कहिले गर्छौ राता गालाकाे कुरा ।
    बैँसालु चुलबुले चालाकाे कुरा ।
    अन्धकारमा साथ दिने उज्यालाे ,
    तेलमा बल्ने उही पालाकाे कुरा ।
    सुनका सिक्री अनि बालाका कुरा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    आत्मज्ञानको गरियो बनाऊ प्रभु।
    निरन्तर बल्ने दियो बनाऊ प्रभु।
    धेरै त केही गर्न नसकुँला तै तै,
    सम्बन्धको नयाँ सियो बनाऊ प्रभु ।
    श्रीकृष्ण नै उच्च थियो बनाऊ प्रभु।

    ✍️ श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०५
    दीप जस्तै जलेर उज्यालो छर्नु छ।
    दुःख र पीडा जति सबैको हर्नु छ।
    भनिन्छ मानिसको जुनी एकबार,
    खुसी बनाउन आफ्नै भर पर्नु छ।
    सबैको कल्याण हुने काम गर्नु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०६

    जिन्दगी त जसोतसो चलेकै हुन्छ।
    रोगी मन सँधैभरि गलेकै हुन्छ।
    जलिरहेको दीपको बाती अगाडि,
    आसाहरूको प्रकाश फलेकै हुन्छ।
    यसरी नै जिन्दगी यो ढलेकै हुन्छ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०७

    दीपक बत्ति तेल सलेदो छउञ्जेल त बल्ने हो।
    हावाहुरी नचलुञ्जेल त अँध्यारो चिर्दै चल्ने हो।
    अवश्य निभ्न लागेको बत्ति जस्तो धिपधिप गर्दै,
    हाम्रो शरीर पनि प्राण छोडी जमिनमा ढल्ने हो।
    दीपक जस्तै पञ्चतत्वमा मिली माटोमा गल्ने हो।

                             गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०८
    आफू जलेर उज्यालो छर्ने दियोले।
    आफूमुनि त आध्यारो गर्ने दियोले।
    रहेसम्म तेल यो दियो बल्दै जान्छ,
    अँध्यारोमा त प्रकाश भर्ने दियोले।
    जलेरपनि जीवन्त दिनुपर्ने दियोले ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:०९
    दियो बालेर नै उज्यालो छरिन्छ यहाँ।
    दियोमा बाती अनि तेल भरिन्छ यहाँ।
    गाउँतिर थाहा हुन्छ बत्तीको महत्त्व ,
    बत्ती बालेर नै अध्यारो हरिन्छ यहाँ।
    जहाँ उज्यालो हुन्छ त्यतै सरिन्छ यहाँ।

    दुर्गा भट्टराई

    पञ्चाङ्ग:१०
    पालामा वर्तन छउन्जेल त हो उज्यालो बल्छ खास।
    यहाँ बत्ती भएसम्म अँध्यारो हटाउँदै चल्छ खास।
    उज्यालोले नै अँधेरोलाई चिर्न प्रकृतिको देन छ,
    हाम्रो प्राणले शरीर छोडे पछि धर्तीमा ढल्छ खास।
    हावापानी मिलेर नश्वर देह माटोमा गल्छ खास।
    बेदु न्यौपाने
    काठमाडौँ ✍️🇳🇵

    पञ्चाङ्ग:११
    वर्तन हालेपछि त दियाे पनि बल्नु पर्छ।
    परिश्रम गर्दै जाँदा मिठाे फल फल्नु पर्छ।
    उज्यालाे छर्दै चारैतिर नै प्रकाश छाउँदा,
    बिहान आउनलाई रातहरु गल्नु पर्छ।
    सफलता पाउन समयसँगै चल्नु पर्छ।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१२
    अन्धकारमा लड्दै छ संसार।
    अज्ञानताले ढल्दै छ संसार।
    ज्ञान विज्ञानकाे कमी हजुर,
    दुष्ट सत्ताले गल्दै छ संसार।
    असन्तुष्टिले जल्दै छ संसार ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:१३
    यता सर्यो उता सर्यो फेरि अध्यारोमै सर्नु परेको छ।
    खै कति दिन पो बाँच्नु सधैं अध्यारोमै मर्नु परेको छ।
    जति तेजिला भए नि बिना प्रकाश यी आँखाको के काम?
    काम सधैं छामछाम छुमछुम गरी गर्नु परेको छ।
    आउ आफैं जलौं दीप झैं आज उज्यालो छर्नु परेको छ।
    -पशपती राई खोटाङ ।

    Leave a Reply