साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३५

  • ८ पुष २०८०, आईतवार २३:१६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    मस्त 
    हाम्रा महामहिम
    गिदी खानमै व्यस्त !
    - वसन्त अनुभव 
    [२]
    अनेक
    मिलेछ कहानी
    मनुष्यको बित्यो जवानी !
    - अम्बिका अधिकारी 
        झापा, बिर्तामोड
    [३]
    काण्ड
    अनेकन् काण्ड
    कहिल्यै नसकिने भूखण्ड !
    - प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे 
    [४]
    मनुष्य
    खाइरहेछन् गिदी
    अचम्म भयो जातिबित्ती !
    - सरिता सेढाई, धादिङ
    [५]
    मस्तिष्क
    चेतन प्रवाह
    आखिर भुटेर खाँदै !
    - आर्त अकुलीन
    [६]
    नतमस्तक 
    सम्पूर्ण सज्जन
    दिमाग खान तल्लिन !
    - पृथक प्रकृति, झापा
    [७]
    मस्तिक
    उब्जाएको कथा
    साध्य छैन व्यथा !
    - सुरेशकुमार पाण्डे 
    घोराही-१८, दाङ
    [८]
    मस्तिष्क
    जीवनको गाेरेटाे
    भैराखेकाे छ सिरेटाे !
    - कविदत्त ढकाल 
    ताँजाकाेट-४, हुम्ला
    [९]
    खप्पर
    खाएका गिदी
    गरेका आफ्नै जातिबित्ती ! 
    - बेदु न्यौपाने 
    [१०]
    मानव
    पारेर प्रभाव
    आफैँ बन्छ खराब !
    - पूर्णबहादुर श्रेष्ठ 'हदयङकृत'
       पनौती न.पा.-३, काभ्रे
    [११]
    मनुष्य
    आउने जाने
    गिदी भुटेर खाने !
    - अच्युत घिमिरे, भुटान
    [१२]
    खाेेपडी
    दानवीय राज
    कदर हराएकाे संसार !
    - भवानी घिमिरे, सर्लाही
    [१३]
    मानव
    मस्तिष्कको प्रयोग
    सकारात्मक नकारात्मक दुबै !
    - प्रेम थापा 'मन', बागलुङ
    [१४]
    संसार 
    सँगैको चित्र
    देखिन्छ अनेक विचित्र !
    - अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [१५]
    मस्तिष्क 
    केन्द्रीय कार्यालय
    सम्पूर्ण अङ्ग चलायमान !
    - सविता के.सी.
    [१६]
    गिदी
    मुख्य चालक
    शरीरकाे राजा पालक !
    - नवराज भट्ट, कञ्चनपुर
    [१७]
    दिमाग 
    चलाउने मैले 
    खराब गर्दिने अर्कैले !
    - मधुसूदन अधिकारी, खुंग्री-५, रोल्पा
    [१९]
    परतन्त्र 
    विधर्मी शासक 
    गणतन्त्र नामको मन्त्र !
    - विवश पारदर्शी, झापा
    [२०]
    शासन 
    फेरिएको व्यवस्था
    जीवन नफेरिएको अवस्था !
    - हिमाल अम्मै, घोडाघोडी, कैलाली
    [२१]
    चुस्त 
    राज्य व्यवस्था 
    कथा हैन आवश्यकता !
    - केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [२२]
    नेता
    देश सकेका
    जनताको मस्तिष्क खाएका !
    - भगवती दवाडी, झापा
    [२३]
    भोज 
    निर्धालाई तोप
    बलवानलाई छ मोजैमोज !
    - दीपा गुरुङ्ग 'समभाव'
    बुनपा-१२, कपन, काठमाडौँ
    [२४]
    मान्छे 
    धेरै दिमाग 
    झिकेर खान्छ आफैँ !
    - पशपती राई, खोटाङ 
    [२५]
    मस्तिष्क 
    सुझाव मान्दैन 
    असल काम जान्दैन !
    - रामप्रसाद पुरी, बादेल, खाेटाङ 
    [२६]
    गिदी
    मानव हतियार 
    नष्ट गर्दै मतियार !
    - गोपेन्द्र रिजाल, पाँचथर 
    [२७]
    ल्याउनुपर्ने
    मस्तिष्कले सुविचार
    दिव्यज्ञानले अघि सारिने !
    - कार्की डिबी माकुम
     सुनवल-४, नवलपरासी
    [२८]
    मस्तिष्क 
    चेतनाको भण्डार 
    मानव दानव बन्दै !
    - राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
    मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर 
    [२९]
    अन्जान
    प्रविधि व्यापार 
    आफ्नै गिदी उपहार !
    - सुस्मिता अधिकारी, काठमाडौँ
    [३०]
    गिदी 
    भुटेर खाने
    दानवीय मानिसको विधि !
    - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
    [३१]
    विकृती 
    अनौठो देखियो 
    मस्तिष्क खाएको भेटियो !
    - रिता खराल, रूपन्देही
    [३२]
    अनेकौँ
    चलेका कहानी 
    यस्तैमा बित्यो जिन्दगानी !
    - दुर्गा भट्टराई, मोरङ
    [३३]
    पढेको 
    दिमाग सडेको 
    खोपडीमा किरा भरेको !
    - जमुना कायस्थ, पोखरा
    [३४]
    मस्तिष्क 
    चिन्तन हरायो 
    खप्परले संसार सजायो !
    - सरस्वती वली
      बर्दिया, नेपाल
    [३५]
    खप्पर 
    विचारकाे आवास
    आवश्यकता सद्बुद्धिकाे प्रवाह !
    - नारायणप्रसाद उपाध्याय , कैलाली 
    [३६]
    सचित्र
    देखियो विचित्र
    कस्तो यो चित्र ?
    - कमला पौडेल 
    बरेङ-१, उर्लेनी, बागलुङ
    [३७]
    बकम्फुसे 
    बोलिले तिम्रो 
    मगज खायो मेरो !
    - मङ्गला उपाध्याय
    [३८]
    अनौठो
    आपसी सम्बन्ध
    गिदीको मोल भाउमा !
    - समुन्द्रा शर्मा, सुनसरी
    [३९]
    खोपडी 
    गिदी भरिएको 
    त्यही निकाली भुट्दै !
    - धनमाया चौधरी, क‌ैलाली
    [४०]
    प्रयोगशाला 
    विज्ञानको खेल
    त्यसैले ल्यायो झेलैझेल !
    - नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर 
    [४१]
    खप्पर
    भिडन्तै भिडन्त 
    समयको आश्चर्यजनक अवतार !
    - लक्ष्मी रिजाल
    कञ्चनरूप नगरपालिका-१२, रूपनगर, सप्तरी 
    [४२]
    गिदी
    यति अविधि
    सङ्कुचित सोच परिधि !
    - म्यामराज राई, भोजपुर 
    [४३]
    अन्धविश्वास
    महाजालमा भुलाउने
    ठगहरूको व्यापारिक परिपञ्च !
    - उर्मिला पन्त पाण्डेय
     ज्ञानेश्वर, काठमाण्डौँ 
    [४४]
    विवशता
    हुनेखानेको राज
    बढ्दै गरिबको पीडा !
    - कविता आचार्य, कैलाली
    [४५]
    मस्तिक
    खाइसकेको सबै
    सामाजिक सञ्जालले भुटेर !
    - दुर्गा आचार्य, मोरङ
    [४६]
    मानव
    चित्र हजारौँ
    देखाउँछन् अनेक विचित्र !
    - सहयात्री शोभा अर्याल

    Leave a Reply