Shares 82
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १३४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] बाध्यता तुइनको भर जिन्दगी साह्रै कष्टकर !
वसन्त अनुभव [२] अप्ठ्यारो बाटो ओहो गर आफैँ जोहो ! शोभा आचार्य गौतम, काठमाडौँ [३] जीवन तुइनकाे जाेखिम दुर्गममा पुलकाे अभाव ! नारायणप्रसाद उपाध्याय , कैलाली । [४] बाध्यता कठिन सत्यता विकासमा पलायो दुःसाध्यता ! अच्युत घिमिरे, सर्पाङ, भुटान [५] जीवन सङ्घर्षको बाटो सिक्काको दुई पाटो ! आर्त अकुलीन [६] मानिस तुइनको जीवन हरेक यात्रामा दोमन ! कविता आचार्य, कैलाली [७] दुर्गम मेराे घर वारिपारि गर्न डर ! प्रद्युम्न चालिसे भक्तपुर, कटुञ्जे [८] तलास सरकार विलास जनता भयौँ हतास ! भगवती दवाडी [९] सरकार निस्फिक्री भत्ता जनता दुर्गममा झुण्डेर ! जमुना कायस्थ, पोखरा [१०] सुदूर जोडिएन देश अभावमै फुल्यो केश ! पशपती राई, खोटाङ [११] तुइन जोखिमपूर्ण जीवन गन्तव्यको अनिश्चित यात्रा ! गोपाल प्रसाद पौड्याल [१२] चुनौती बाध्यताको स्थिति नालायकी सरकार पनौती ! विवश पारदर्शी, झापा [१३] बाध्यता तुइनकाे यात्रा मानव चाेला जाेखिम ! राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५,संगम काेलाेनी, भक्तपुर [१४] जिन्दगी तुइनको भर नहुने कालको डर ! सुरेशकुमार पाण्डे दाङ, घोराही-१८ [१५] गफ दिए शासकले व्यथा उस्तै अचाक्ली ! अमृत सुवेदी, रुपा सात, कास्की [१६] तुइन नपर्नु भर बोकेर मनमा डर ! अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [१७] सहयोग एक भोट पाएको वास्तविक चोट ! सविता के.सी. [१९] जिन्दगी जिउनलाई कहिले नपरोस् पापको कमाई ! मङ्गला उपाध्याय, बारा [२०] यात्रा जीवन मरण राखेर हिँडेकी पात्र ! सरिता सेढाइ, धादिङ [२१] सृष्टि सबैको एउटै लगाऊ सरकार दृष्टि ! डम्बर थामी ‘अनुपम’ कालिन्चोक गापा-६, दोलखा [२२] जीवन तुइनको सहारा पीडामा देशका सर्वहारा ! राजाराम रत्गैंया, अमौरा, कैलाली [२३] तुइन डोरीको भर चुँडी जिन्दगी मर ! धनमाया चौधरी, कैलाली [२४] कष्टकर जीवनको बाटो मागेर खाने भाडो ! भुपेन्द्र राना मगर, धादिङ [२५] जोखिम ज्यानको बाजी यात्राको लागि राजी ! पृथक प्रकृति, झापा [२६] सङ्घर्ष जीवनकाे रित सदैव हुँदैन जित ! केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा [२७] यात्रा कष्टकर यात्री एउटै डोरीको भर ! चक्र शाही, लम्की, कैलाली [२८] तुइन पुलको विकल्प पार गर्दा नचुँडिउन् ! घनश्याम पौडेल, पोखरा [२९] किन झुन्ड्या बाबु ? देशै झुन्ड्या क्यार्ने ! युगल त्रिन [३०] तुइन जोखिम यात्रा अनिश्चित गन्तव्य मेरो ! इन्दिरा देवकोटा [३१] बाध्यता जीवन धान्न खुकुरीको पीरमा अचानो ! नन्दलाल आचार्य सिद्धार्थ टोल, उदयपुर [३२] मनोविज्ञान तुइनको जीवन भक्कानिएको छ मन ! प्रेम थापा “मन”, बागलुङ [३३] बाध्यता कष्टकर यात्रा गरिबलाई लासाको सुन ! बुद्धिप्रसाद लामिछाने, कैलाली [३४] जिन्दगी तुइनको भर नेताको चुनावी गफ ! बुद्धिप्रसाद लामिछाने, कैलाली [३५] सङ्घर्ष योजना हजार तुइनको सेतु पानामा ! कमला देवकोटा , पाल्पा [३६] बाध्यता अन्धो सरकार जनतालाई भयो कष्टकर ! बृन्दा बगाले काठमाडौ, सामाखुसी [३७] जनता सङ्घर्ष जीवन नेताजी कुर्सी तानातान ! शारदा गौतम आचार्य लालितपुर [३८] बाध्यता विकल्प खोजौँ निकास सुरक्षित रोजौँ ! कार्की डिबी माकुम सुनवल, नवलपरासी [३९] तुइन हेर्दै डरलाग्दो जोखिम पूर्ण जिन्दगी ! सरस्वती श्रेष्ठ, इटहरी [४०] जीवन आज हाँसेर कठिन यात्रामा बाँचेर ! अम्बिका अधिकारी झापा, बिर्तामोड [४१] जीवन सङ्घर्षकाे काम रमेर पाइन्छ माम ! ढकाल कवि दत्त [४२] तुइन जोखिम यात्रा सधैँ हत्केलामा जीवन ! समुन्द्रा शर्मा, सुनसरी [४३] पारी जानुछ मैले जीवन बन्धकी राखी ! ध्रुव श्रेष्ठ [४४] विवशता मान्छे हुनुको तुइनको बाटो खनेको ! भगवती दवाडी [४५] आलटाल जनताका लागि धनराशी नातिनीको भोज ! हरिप्रसाद गौतम [४६] गन्तव्य तुइनको भर जीवन मृत्युको डर ! बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई-४, झापा [४७] सरकार कान खाेल आँखा खाेलेर हेर ! चन्द्रावती अधिकारी, कोहलपुर [४८] धराप पुलपुलेसा नबनाउनेलाई आखिरीमा जनताको सराप । बिके माकजू, भक्तपुर [४९] जीवन साहसको बाटो जात्रा आफ्नै माटो ! एवाइ प्रभात, धनकुटा [५०] तुइन सर्वसाधारण छात्रछात्रा बाध्यतामा जीवनको यात्रा ! ‘जिज्ञासु’ पन्त, मोरङ [५१] जिन्दगी तुइनमा तर्नु जिउदै हाे मर्नु ! कृष्ण रेग्मी, पाल्पाली [५२] जिन्दगी कोहीको पजेरो कसैको कष्टकर तुइन ! शारदा दाहाल भण्डारी [५३] दैनिकी तुइन साथी वारपार गर्ने परिस्थिति ! म्यामराज राई, भोजपुर [५४] बाँच्ने जिउने घर नदीमा तुइनकाे डर ! कृष्ण धामी, बझाङ [५५] जीवन हत्केलामा राखी बाँचिरहेका ईश्वर भाकी ! रामप्रसाद पुरी, बादेल, खाेटाङ [५६] समय जीवन गाथा यात्रा तुइनकै नाता ! Yal bee square, Pyuthan [५७] तुइन विवश जनता छैन दु:ख कम ! नागेन्द्रप्रसाद यादव, दाङ [५८] जीवन सङ्घर्षै सङ्घर्ष , तुइनको भर नहुने ! त्रिलोक रामदाम, रुपन्देही, भैरहवा [५९] समृद्धि तुइनको यात्रा फोस्रो आश्वसानको जात्रा ! ऋजु दिल्पाली ईटहरी-१, सुनसरी [६०] निर्भय बाध्यताले निर्भयता निर्भयता मनबाट निकाल्नुपर्ने ! दीपा गुरुङ्ग बुनपा, कपन, काठमाडौ [६१] जीवन तुइन तार कल्पना केबुल कार ! टीकाराम जाेशी, इमाडाेल [६२] अवसर नेपाली बाँच्ने देखिन्छ औकात हरपल ! दाहाल कल्पना रातोपुल, काठमाडौँ [६३] तुइन गाह्रो जिन्दगी बनाएको बाध्यताको साह्रो ! बेदु न्यौपाने, काठमाडौँ [६४] जोखिम ज्यानकाे खतरा जीवन चलाउने बाटाे ! सहयात्री शोभा अर्याल रुपन्देही, बुटवल [६५] नाबालक खोटो नियति कसैले मेटेनन् दुर्गति ! लक्ष्मी स्मृति [६६] जीवन कठिन यात्रा तुइनको भर बाध्यता ! दुर्गा भट्टराई, मोरङ