
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १३३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
दिमाग
भेडाको बास
तीक्ष्ण ज्ञानको चिराग !
- वसन्त अनुभव
[२]
दिमाग
भएन भने
बिगार्छ सानो कुरा !
- शोभा आचार्य गौतम, काठमाडौँ
[३]
बुद्धिहिन
अस्तव्यस्त सधैँ
मात्र कुकर्ममा तल्लीन !
- कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[४]
दिमाग
ज्ञानको भण्डार
थेग्न नसके अनकन्टार !
- ढकाल कवि दत्त
[५]
बुद्धि
विकासको पाटो
एकोहोरो खोज्दछ बाटो !
- पृथक प्रकृति,झापा
[६]
दिमाग
भेडाको सोँच
दैनिक ज्ञानको अभाव !
- बेदु न्यौपाने, काठमाडौँ
[७]
भेडाे
एकाेहाेराे जात
नाम जस्तै काम !
- प्रद्युम्न चालिसे
[८]
बुद्धि
भेडाको तर्क
दिमागमा राख्छ खर्क !
- पशपती राई, खोटाङ
[९]
हिसाब
परिणाम उल्टो
बुद्धिमा बिर्को लागेपछि !
- डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा
[१०]
भेडा
भिरको बाटो
चरण समथर पाटो !
- सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[११]
बाध्यता
जर्जर परिवेश
सत्य दूर भएपछि !
- निर्मला सुवेदी
[१२]
भेडा
बुद्धिहिन किन
बद्नाम गर्ने लक्षण !
- सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[१३]
हिसाब
नमिलेपछि दाँजियो
भेडाको बुद्धिसँग बिचार !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[१४]
अघोर
बनियो फोहोर
शिक्षालय भेडाको खोर !
- विवश पारदर्शी, झापा
[१५]
जनता
भेडो चाल
हरामी नेता मालामाल !
- म्यामराज राई, भोजपुर
[१६]
भेडा
नेपालका नेता
पशु न मानव !
- इन्दिरा देवकोटा
[१७]
मस्तिष्क
प्रवाहित चेतन
चौतर्फी विवेकहिन भेडा !
- आर्त अकुलीन
[१९]
भेडा
उनको स्रोत
संज्ञा दिइयो विवेकहिन !
- धनमाया चौधरी, कैलाली
[२०]
भेडा
बुद्धिहिन जनावर
मु्र्खको जीवन्त पुच्छर !
- कमला देवकोटा, पाल्पा
[२१]
गलत
हिसाब दोषी
जनावरले पाउने भेडा !
- चक्र शाही, कैलाली
[२२]
सरकार
भेडाको बास
छैन विकासको आश !
- सरिता काफ्ले
कोहलपुर-८, पिपरी, बाँके
[२३]
कुचेष्टा
गलत आचार
पशुको जस्तै व्यवहार !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२४]
एकोहोरो
आफ्नै सेरोफेरो
बुझ्दै ऊ तेरोमेरो !
- गोपेन्द्र रिजाल, पाँचथर
[२५]
भेडा
हामी जनता
फाइदा स्वार्थी नेतालाई !
- दुर्गा भट्टराई, मोरङ
[२७]
लेखपढ
जो कोहीले
सिक्दा भयो सबैले !
- लक्ष्मी रिजाल
कञ्चनरूप-१२, रूपनगर, सप्तरी
[२८]
परिवर्तन
भेडाको विशेषता
नक्कल गर्दै मानव !
- सुस्मिता अधिकारी, काठमाडौँ
[२९]
चिराग
बल्दैन दिमाग
पिए सबैले सराब !
- नागेन्द्रप्रसाद यादव, दाङ
[३०]
जिद्दीपन
पढाको पाठ
भेडाकाे जस्तो दिमाग !
- श्रद्धा आचार्य, पोखरा
[३१]
जनता
विवेकमा अल्प
कराउन बाहेक निर्विकल्प !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[३२]
भेडा
आफ्नै चाल
बेलाबेलामा बज्दै मादल !
- सहयात्री शोभा अर्याल
रुपन्देही, बुटवल
[३३]
बुद्धि
शुद्धीकरण कता
भएछ भेडा समानता !
- भगवती दवाडी, झापा
[३४]
विचारहिन
भेडाको दिमाग
स्मरण शक्ति शून्य !
- सरिता सेढाई, धादिङ
[३५]
भेडा
एकोहोरो दिमाग
बिवेक नभएको जस्तो !
- बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई-४, झापा
[३६]
भलो
पढाइको चाला
कसले भत्ता खाला ?
- नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
[३७]
समय
मान्छेको मति
भेडा गएका सती !
- अम्बिका अधिकारी
झापा, बिर्तामोड
[३८]
जो
बुझ्दैनन् कुरा
उसैलाई भन्छन् भेडा !
- पारस अधिकारी
[३९]
दिमाग
ज्ञानको भण्डार
उज्ज्वल बन्दछ संसार !
- सम्झना थापा मगर, स्याङ्जा
[४०]
वर्तमान
भेडाझैँ बुद्धि
हराउँदै गए सुद्दी !
- भुपेन्द्र राना मगर
[४१]
विकास
मानिस बुद्धि
विभिन्न तरिका खाेज !
- टीकाराम जाेशी, टीकापुर
[४२]
दिमाग
ज्ञानकाे भण्डार
शिक्षित बनाउँछ मानिसलाई !
- केसर बाेहरा ‘सङ्घर्ष’
सुदूरपश्चिम, अछाम
[४३]
दिमाग
चमत्कारको घेरो
बल्दा उज्यालिन्छ सेरोफेरो !
- तोया नाथ चापागाईं
दमक, झापा, नेपाल
[४४]
भेडा
विवेक शून्य
उस्तै मेरो वर्तमान !
- कविता आचार्य, कैलाली
[४५]
कार्यकर्ता
भेडा जस्ता
कुरै नबुझी कराउने !
- ऋषिकेश बराल
[४६]
झेल
नेताको खेल
जनलाई मेल नबेमेल !
- बिके माकजू,भक्तपुर
[४७]
भेडो
सधैँको टेढो
शिक्षाको पाटो अप्ठेरो !
- अच्युत घिमिरे, सर्पाङ, भुटान
[४८]
सिकाइ
ज्ञानको भण्डार
नजाने संसार अन्धकार !
- सुरेश न्यौपाने
लम्की, कैलाली
निक काज । https://youtu.be/8ms-RA1dG3M?si=ZJIHyhIci6LU6uOc