साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३२ सम्पन्न

  • १६ मंसिर २०८०, शनिबार २३:३१ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    सुन्तला
    कारिगरीको निशान
    मनमोहक अद्भुत कला !

    • वसन्त अनुभव

    [२]
    फल
    खाने हेर्ने
    कला हेरी अलमल !

    • इन्दिरा देवकोटा

    [३]
    सुन्तला
    स्वास्थ्यलाई राम्रो
    कलाकारिता छ हाम्रो !

    • सम्झना थापा मगर

    [४]
    सिप
    आहा दामी
    विचार कला अद्भुत !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [५]
    कला
    गोलो पृथ्वी
    बोकेको जस्तै सुन्तला !

    • सरिता सेढाई, धादिङ

    [६]
    सुन्तला
    छ सम्मान
    कलाकारको अद्भुत कला !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [७]
    सुन्तला
    अद्भुत कलाकारिता
    सुन्दर सिर्जनात्मक नमुना !

    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ

    [८]
    कलाकारिता
    सुन्तलामा कला
    पृथ्वी बाेकेकाे मानवाकृति !

    • नारायण प्रसाद उपाध्याय, कैलाली

    [९]
    सुन्तला
    बहु गुणकारी
    पहेँलै देखिने सुन्तलाघारी !

    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी

    [१०]
    सुन्तला
    रसिलो फल
    कलाकृति अद्भुत बल !

    • जमुना कायस्थ, पोखरा

    [११]
    सुन्तला
    हाम्रो देशमा
    छ अद्भुत कला !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [१२]
    सुन्तला
    रसिलो फल
    कलाकारिता देखियो झलमल !

    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल

    [१३]
    सुन्तला
    विश्व अटाउने
    कला सिर्जना सजाउने !

    • ढकाल कवि दत्त

    [१४]
    कला
    गला भला
    नभए परिन्छ थला !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१५]
    सुन्तला
    पृथ्वीको आकृति
    कलाकारकाे अद्भुत कला !

    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर

    [१६]
    सुन्तला
    बाहिर बोक्रो
    बोक्राले हल्लाउँछ कोक्रो !

    • होम प्रसाद नेउपाने, धरान, सुनसरी

    [१७]
    सुन्तला
    गुलियो फल
    देख्ने बित्तिकै तलतल !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती-३, काभ्रे

    [१८]
    हाँसेकाे
    उत्कृष्ट कला
    अन्ततः अविस्मरणीय सन्तुष्टि !

    • त्रियुगा नगरपालिका-११, उदयपुर

    [१९]
    माया
    भेट्न आउँदैछ
    लिएर रसिलो सुन्तला !

    • ध्रुव श्रेष्ठ

    [२०]
    कलाकार
    सन्तुष्टिको संसार
    मनोरञ्जन ज्ञानको आधार !

    • पृथक प्रकृति, झापा

    [२१]
    सुन्तला
    बाहिर बोक्रा
    भित्र जीवन्त रस !

    • आर्त अकुलीन

    [२२]
    सुन्तला
    नछुट्याई बोक्रा
    बोकेको पृथ्वी कलाकारिता !

    • मङ्गला आचार्य (उपाध्याय)
      बारा, कलैया-१

    [२३]
    सुन्तला
    प्रतीक एक
    जीवात्माको प्रतिबिम्ब अनेक !

    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी

    [२४]
    सुन्तला
    प्राकृतिक फल
    रस मिठो झलमल !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [२५]
    सुन्तला
    कलाकारको दृष्टि
    आखिर बेजोड कलाकृती !

    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८

    [२६]
    सुनौलो
    बाहिरी पत्र
    केस्रामा रस भरेको !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [२७]
    सुन्तला
    छुच्चाे जात
    सबैकाे मुख रसाउने !

    • बलराज गिरी, कैलाली

    [२८]
    सुन्तला
    कहिले गला
    कहिले सुन्दर कला !

    • घनश्याम पौडेल, पोखरा

    [२९]
    फल
    मानिसले खान्छ
    अनेक कला जान्छ !

    • सविता के.सी.

    [३०]
    बोक्रा
    मानचित्र झल्काउने
    भित्री रसले पल्काउने !

    • चक्र शाही, कैलाली

    [३१]
    फल
    हुँदैन निस्फल
    बोक्राकै यति बल !

    • पशपती राई, खोटाङ

    [३२]
    सुन्तला
    रसिलो फल
    बोक्रामा सृजनात्मक कला !

    • घनश्याम पौडेल
      गौरीगंगा नपा -९, कैलाली

    [३३]
    सुन्तला
    मौसमी फल
    कलाकारितामा मिठो रस !

    • सीता पाण्डेय मरासिनी
      तम्घास, गुल्मी

    [३४]
    सिर्जना
    मानिसको कला
    पाएमा सुन्तलाको बाेक्रा !

    • पागल भिक्षुक, कैलाली

    [३५]
    हस्तकला
    देखिन्छ चर्तिकला
    फल बोक्रामा मानव !

    • कमला देवकोटा, पाल्पा

    [३६]
    तलतल
    मेट्दछ सुन्तला
    स्वादिष्ट रसिलो फल !

    • विवश पारदर्शी, झापा

    [३७]
    सुन्तला
    अत्यन्त मीठो
    गुलिलो रसिलो फल !

    • शारदा आचार्य

    [३८]
    लजर
    हर मनैनके
    बुझाइ फरक फरक !

    • सागर कुस्मी, कैलाली

    [३९]
    कला
    देख्छन् सुन्तला
    विचित्र एक सुकला !

    • म्यामराज राई, भोजपुर

    [४०]
    आकृति
    बेजोड कलाकृति !
    मानव जीवन प्रकृति !

    • प्रभा देवी पौडेल, चितवन

    [४१]
    लीला
    आवरणमा कस्ने
    जुनेलीको मायाले बस्ने !

    • ईश्वरी अधिकारी, लमजुङ

    [४२]
    मानव
    अद्भुत कला
    सुन्तलाकाे सुन्दर आकृति !

    • श्रद्धा आचार्य, पोखरा

    [४३]
    कला
    मानव मस्तिष्क
    विश्वको होस् भला !

    • गोपेन्द्र रिजाल, पाँचथर

    [४४]
    सुन्तला
    सुन्दर कला
    उच्च सम्मान सीपको !

    • समुन्द्रा शर्मा, सुनसरी

    [४५]
    सुन्तला
    आहा सुन्दर
    कलामा सजाउँदै मानिस !

    • नारायण कोइराला
      तानसेन, पाल्पा

    [४६]
    आकृति
    पृथ्वी बिम्बित
    सुन्तला दानाबाट निर्मित !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४७]
    कला
    सर्वव्यापी कला
    दक्षता हेराइमा कला !

    • गोपालप्रसाद पौड्याल

    [४८]
    सुन्तला
    अद्भूत कला
    कलाकारिताको उत्कृष्ट नमुना !

    • राजाराम रत्गैंया, अमौरा, कैलाली।

    [४९]
    सुन्तला
    अनौठो आकृति
    मानिसको अद्भुत कला !

    • मिलन के. सी.(थापा), पोखरा

    [५०]
    सुन्तला
    बन्न सक्ने
    मान्छेको विचित्र कला !

    • विवश पारदर्शी, झापा

    [५१]
    सुन्तला
    प्रकृतिको उपहार
    दुष्टको गरौँ संहार !

    • अम्विका अधिकारी
      झापा, बिर्तामोड

    [५२]
    सन्तला
    रसदार खोला
    मधुर स्वादको ढोला !

    • अच्युत घिमिरे, सर्पाङ, भुटान

    [५३]
    सुन्तला
    पहेँलो बोक्रा
    रसपूर्ण मानवको भला !

    • बेदु न्यौपाने, काठमाडौँ

    [५४]
    सुन्तला
    पहाडी फल
    देखिन्छ विचित्र चित्र !

    • धनमाया चौधरी, कैलाली

    [५५]
    सुन्तला
    रसिलो फल
    कलाकृती बेजोड अनमोल !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [५६]
    सुन्तला
    पाकेर पहेँला
    मुख भएका रसिला !

    • कविता आचार्य

    [५७]
    सुन्तला
    देख्दा पहेँलो
    खाँदा मुखै रसिलाे !

    • सहयात्री शाेभा अर्याल
      रुपन्देही, बुटवल

    [५८]
    धरणी
    चुस्दै रस
    सम्झेर पाकेको सुन्तला !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [५९]
    सुन्तला
    मान्छेलाई उपहार
    प्राकृतिक कलाकाे बहार !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [६०]
    विचित्र
    हेर्दा सुन्तला
    हिँड्छ हेर खुड्किला !

    • दुर्गा भट्टराई, माेरङ

    [६१]
    अनुपम
    विचित्र चित्र
    सुन्तलाको बनावटको भित्र !

    • रिता खराल, रूपन्देही

    [६२]
    सुन्तला
    राम्रो फल
    जाडोको अमृत जल !

    • शोभा आचार्य गौतम, काठमाडौँ

    [६३]
    प्यारो
    लागेर आफ्नै
    तन मन झनै !

    • नागेन्द्रप्रसाद यादव, दाङ

    [६४]
    सुन्तला
    वनस्पति रुख
    खाउँ आफैलाई सुख !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [६५]
    सुन्तला
    केस्रा सुनौँला
    रसपूर्ण छन् बनौँला !

    • सरिता काफ्ले
      कोहलपुर ८ पिपरी

    [६६]
    सुन्तला
    देख्दा पहेँलो
    खाँदा मुखै रसिलाे !

    • सहयात्री शाेभा अर्याल
      रुपन्देही, बुटवल

    Leave a Reply