रुपेश स्वर्णकारको हत्यामा संलग्न मुख्य सुटरलाई गोली हानि प्रहरीद्वारा पक्राउ

  • ११ पुष २०८०, बुधबार १९:४७ मा प्रकाशित
  • बीरगंज- बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न मुख्य सुटरलाई आज प्रहरीले पक्राउ गरेको छ ।

    गत कार्तिक १३ गते बाराको कलैयामा प्रधानाध्यापक स्वर्णकारलाई गोली हानी हत्या गर्ने मुख्य सुटर भारत बिहार छौडादानो तिनकोनीका सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको हो । विश्रामपुर गाउँपालिकाको सिमानामा लुकिछिपी बसेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले सिंहलाई पक्राउ गरेको हो ।

    भाग्न खोज्दा प्रहरीले सिंहको खुट्टामा २ राउन्ड गोली हानेको छ । प्रहरीले सिंहको दुवै खुट्टामा गोली हानेको छ । गोली लागेर घाइते भएका सिंहको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताएका छन् ।

    प्रहरीले सिंहको साथ बाट एक थान पेस्तोल र त्यसमा लाग्ने ४ राउन्ड गोली पनि बरामद गरेको छ ।

    Leave a Reply