पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ७२

  • २१ मंसिर २०८०, बिहीबार २२:२१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बहतरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७२ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०८/१८ गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    रंगिन फूलका थिए पात थरीथरीका।
    पन्छाइदिए भनेर जात थरीथरीका।
    मानवका मानवता हराए कता तिर,
    भाेक त एउटै थियाे भात थरीथरीका।
    थालमा पातमा दिने हात थरीथरीका।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    जिन्दगी हाँसेर बिताउनु छ।
    दुश्मन मासेर बिताउनु छ।
    अपनत्वका ती सम्बन्धहरू,
    छातीमा टासेर बिताउनु छ।
    मित्रता गाँसेर बिताउनु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०३
    बोट बिरुवाका पात फरक।
    मान्छे पिच्छे हुन्छ जात फरक ।
    विभेद नहोस् सबै एउटै हो ,
    अलिनो स्वादको भात फरक ।
    बनाउने पारा हात फरक ॥

        सहयात्री शोभा अर्याल 

    पञ्चाङ्ग:०४
    जहिले पनि जहाँ पनि मौकै छोप्ने कस्तो हराम।
    जसलाई भेट्यो उसलाई नै कोप्ने कस्तो हराम।
    मानवताको भन्ने त अलिकति पनि नभएको,
    आदर्शको माटोमा अहंकार रोप्ने कस्तो हराम।
    अमृत भरेको घडामा बिष चोप्ने कस्तो हराम।
    -पशपती राई खोटाङ ।
    रुपन्देही , बुटवल

    पञ्चाङ्ग:०५
    देश एउटै हो तर जात थरीथरीका।
    फूलफल, कोपिला र पात थरीथरीका।
    मान्छे एउटै हो तर मौसम झैँ बदल्ने,
    अपत्यारिला उसका बात थरीथरीका।
    एकै पानीले हुने बर्सात थरीथरीका ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०६

    रगत एउटै तर जात अनेक।
    एउटै बनावट छ हात अनेक।
    अनेकतामा एकता नै हुन्छ राम्रो,
    विभिन्न विचार अनि बात अनेक,
    गर्छन् यहाँ सक्नेहरु घात अनेक ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    सुरुमा आफैँ सम्बन्ध जाेड्याै तिमीले
    के भयाे कुन्नि बिचमा ताेड्याै तिमीले
    खै गुनासो गरेर पनि केही नहाेला
    माैका पाउँदा त हिरा फाेड्याे तिमिले
    हिंँड्दाहिंँड्दै बाटाे माेड्याै तिमीले

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग:०८

    मनमा राखेकी छु तिमीलाई भुलेकी छैन हेर।
    तिमीलाई छाडेर अन्त कतै डुलेकी छैन हेर ।
    टाढा छु मेरो बिवसता बुझ्नु नबुझ्नु तिम्रो कुरा,
    डाली डाली छानेर कहिँ कतै झुलेकी छैन हेर।
    देखाउँ कसरी अरुको साम्न्ने खुलेकी छैन हेर।

    दुर्गा आचार्य
    मोरोङ

    Leave a Reply