पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ७१

  • १५ मंसिर २०८०, शुक्रबार ०८:०७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकहत्तरऔमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७१ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०८/११ गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    जिउँदै मार्नेको औकात हेर्नु छ।
    खाल्डोमा पार्नेको औकात हेर्नु छ।
    अरूलाई दास बनाई राखेर,
    कुरामा टार्नेको औकात हेर्नु छ।
    बोलीले झार्नेको औकात हेर्नु छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    फूललाई फुल्न सिकाउनु पर्दैन आफैँ फुलेकाे छ ।
    सिकाउनु पर्दैन बालीलाई आफैँ फली झुलेकाे छ ।
    हिँड्दैछ प्रकृति एक एक विधान त्याे पालना गरी,
    कर्तव्यमा चुकेर आजकाे मान्छेले बाटाे भुलेकाे छ ।
    विचार नगरी यत्रतत्र सर्वत्र टेक्दै डुलेकाे छ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३

    एउटा सुन्दर घर बनाउनु छ।
    खुशीका पलहरू त्याँ मनाउनु छ।
    माया गरेर आफ्नाे मान्छेहरूलाई
    आफ्नाे अधिकार भनि जनाउनु छ।
    सबैतिरबाट राम्रो भनाउनु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०४
    कमाएको केही अंश दिएर दानी बन।
    मेलमिलाप गराऊ जहिल्यै पानी बन।
    जिन्दगी दुईदिने चोला न हो घरबार,
    चलाउन स्वयम् आफैँ मायाको खानी बन।
    घर दरबार हुनेछ तिमी रानी बन।
    भगवती दवाडी ,झापा

    पञ्चाङ्ग,:०५
    गोजीमा दाम छैन।
    गतिलो खाम छैन।
    कता पठाऊॅ चिठ्ठी,
    कसैको नाम छैन।
    लैदिने ठाम छैन।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०६

    के हुन लाग्यो यस्तो अन्धकार हेर प्रकृतिमा।
    अनेक उतारचढाव हुन्छ धेर प्रकृतिमा।
    उनकै रङ्ग ढङ्गमा चल्नु छ यो मानव चोला,
    उथलपुथल नि हुन्छ कति खेर प्रकृतिमा।
    बाच्नु छ प्रभुकै तालमा केही बेर प्रकृतिमा।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    दिन हुन मन थियो रात बिनाको।
    निशा भएँ सुनौलो प्रभात बिनाको।
    चाहे जस्तो जिन्दगी भएन कहिल्यै,
    शरीर छ यो दुइटै हात बिनाको।
    रुख बनेँ म कसरी पात बिनाको।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०९

    सेतोलाई सेतै भन्न सक्नु पर्छ।
    कालोलाई कालै गन्न सक्नु पर्छ।
    सबै मिलेर काम गर्ने हो भने,
    माटो मै कोदालो खन्न सक्नु पर्छ।
    देश समय मै बन्न सक्नु पर्छ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग :१०
    हुस्सु कुइरो पो लाग्न थाल्यो छिनमै यहाँ।
    रात परे जस्तो भान हुन्छ दिनमै यहाँ।
    हेमन्त ऋतुले अलि जाडो लिएर आयो ,
    चाडले नै डुबाएर गयो रिनमै यहाँ।
    काम छैन व्यबहार भयो घिनमै यहाँ।
    बेदु न्यौपाने
    काठमाडौँ ✍️🇳🇵

    पञ्चाङ्ग११
    कस्तो हुन गयो सहर कसैको वास्ता बिनाको घर ।
    गगन छुनेगरि नै तल तेल माथि पिनाको घर ।
    मयुर जुरेली गैँडा र हात्तीका बासस्थान हराए,
    वनजङ्गल भन्दा डेराले पुरिएर किनाको घर ।
    तिम्रा मेरा भन्दै जाँदै एक अर्कालाई चिनाको घर ।
    जमुना आचार्य सिन्धुपाल्चोक

    Leave a Reply