
वरिष्ठ साहित्यकार नारायण नेपालको गीत तथा गजल सङ्ग्रह ‘माया’को आज एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद, दाङजिल्ला शाखाको आयोजनामा घोराहीस्थित होटेल माला इनको सभाकक्षमा भएको कार्यक्रममा प्रथम नारी महाकवयित्री बुनू लामिछानेले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको थियोे ।
लोकप्रिय दङ्गाली सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध सङ्ग्रहमा चारवटा गीत/गजलहरू रहेका छन् । जसमा रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य र राज सिग्देलको सुमधुर आवाज रहेको छ । उक्त गीतहरूका म्युजिक भिडियो/लिरिकल भिडियो कार्यक्रममा बजाएर सुनाउँदा उपस्थित दर्शक/श्रोता मन्त्रमुग्ध हुन पुगेका थिए ।
कार्यक्रममा विमोचित कृतिको समीक्षा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा. टिकाराम उदासी र सुबोध रेग्मीले गर्नुभएको थियोे । उक्त अवसरमा बोल्दै गीतकार नारायण नेपालले अब उक्त गीतहरू सार्वजनिक सम्पत्ति भएको र त्यसलाई चर्चित बनाउने, भाइरल बनाउने जिम्मा दर्शक/श्रोताको रहेकोे बताउनुभयो । कार्यक्रममा नारायण नेपाल लगायत बुनू लामिछाने, सन्तोष श्रेष्ठले बोल्नुभएको थियोे ।
परिषदका दाङ जिल्ला अध्यक्ष दीपक शर्मा “समीर”को अध्यक्षतामा भएको कार्यक्रममा परिषदका सदस्य हरिप्रसाद पौडेल “स्वर्णशिखा”ले सम्पूर्ण अतिथिहरूलाई शब्दगुच्छाले स्वागत गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण परिषदका सचिव प्रकाश के सीले गर्नुभएको थियोे ।
लोकार्पणको समाचारको संक्षेपमा समग्र देखेर खुसी लाग्यो ।