
🌺 उदक 🌺
———– … ✍️ आर्त अकुलीन
१
लालिमा
देखेर मुसुक्क
फूल फुलेका डालीमा !
२
हावा
आउने जाने
आँधीले बिनास गर्ने !
३
विचित्र
मानव चोला
जीवन धोबेनी खोला !
४
शिशिर
चिसो बतास
आखिर न्यानोको चाह !
५
मुना
भोलिको फूल
व्युत्पन्न प्रेमको मूल !
६
सुन्तला
बाहिर बोक्रा
भित्र जीवन्त रस !
६
आँगन
फूलको बैंस
चौतर्फी मिठो सुवास !
७
भाइरस
सङ्क्रमित मन
सकारात्मक विचार नष्ट !
८
बाबा
साथमा लालु
सौम्य जीवनको आधार !
९
मस्तिष्क
प्रवाहित चेतन
आखिर बुद्धिहिन भेडा !
१०
नदी
प्रवाहित जल
जीवनको निरन्तर गति !
- आर्त अकुलीन
देवाश्रम, कैलाली