
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १३१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
अपाङ्ग
पौरखी हात
छन् आत्मनिर्भर क्याबात !
- वसन्त अनुभव
[२]
असक्त
लाग्ने विरक्त
उत्साहकाे पलायाे मुना !
- भवानी घिमिरे, सर्लाही
[३]
मस्तिष्क
उर्जाकाे स्रोत
गर्दछ अनेक अठोट !
- केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[४]
शरीर
लाग्ने अशक्त
मानसिक उत्साह सशक्त !
- दुर्गा भट्टराई
[५]
अपाङ्ग
उत्कृष्ट मस्तिष्क
गर्दैछ देशको विकाश !
- डुकछिरिङ लेप्चा
मिरिक डुप्टिन, भारत
[६]
अपाङ्ग
देख्दा अशक्त
मानसिक साेच सशक्त !
- राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[७]
ससक्त
परिश्रमी हात
मिठो कर्मको फल !
- आर्त अकुलीन
[८]
स्वाभिमान
परिश्रमी मन
पौरखी कमाउँछ धन !
- सविता के.सी.
[९]
अपाङ्ग
महान साहस
गर्दै परिश्रमको विकास !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[१०]
अपाङ्ग
दृढ इच्छाशक्ति
मजबुरी कि साहस ?
- इन्दिरा देवकोटा, कपिलवस्तु
[११]
साहस
मानिसको हरवक्त
बनायो अपाङ्ग शक्त !
- सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
[१२]
अपाङ्गता
फरक क्षमता
छ सम्मान, ममता !
- प्रेम थापा’मन’, बागलुङ
[१३]
प्रबल
कर्मलाई कबल
अपाङ्गलाई उमङ्गको सबल !
- अच्युत घिमिरे, सर्पाङ, भुटान
[१४]
अडान
आफ्नो काममा
खुट्टा रहेको जडान !
- चक्र शाही ,लम्की, कैलाली
[१५]
अपाङ्ग
मन सबल
स्वराेजगारमा बन्याे अब्बल !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[१६]
असक्त
शारीरिक अपाङ्गता
विवेकशील वौद्धिक सशक्त !
- विवश पारदर्शी, झापा
[१७]
अपाङ्गता
देखाउँदा उदारता
झल्किन्छ मानव सभ्यता !
- पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३, काभ्रे
[१८]
पाैरख
फरक क्षमता
उत्प्रेरक जीवन सङ्घर्ष !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[१९]
संसार
पौरखीको दरबार
अल्छीको हो कहर !
- नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, उदयपुर
[२०]
पौरख
अद्भूत शक्ति
हेर्ने दृष्टि फरक !
- धनमाया चौधरी, कैलाली
[२१]
अशक्त
मानसपटल सबल
इच्छाशक्ति देखिँदैन ढलपल !
- पृथक प्रकृति, झापा
[२२]
अपाङ्ग
प्रवल इच्छा
बनाउन पौरखी हात !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[२३]
अशक्त
अभाव थक्क
भित्री शक्ति शसक्त !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[२४]
भावना
आत्मामा आउने
समावेशी हुँदै जाने !
- ढकाल कवि दत्त
[२५]
स्वाभिमान
जाँगर महान्
परिश्रमको उच्च सम्मान !
- तोया घिमिरे
शंखमुल, काठमाडौ
[२६]
अपाङ्ग
सक्रिय दिमाग
विचार झन सशक्त !
- पशपती राई खोटाङ्ग
[२७]
स्वाभिमान
चलाएको जीवन
अशक्त कसरी भनुँ ?
- भगवती दवाडी
[२८]
अपाङ्ग
भौतिक शरीर
मेहनत मजदुर अजङ्ग !
- जमुना कायस्थ, पोखरा
[२९]
सशक्त
शारीरिक अपाङ्ग
प्रेरणाजनक शक्तिशाली मस्तिष्क !
- श्रद्धा आचार्य, पोखरा
[३०]
अपाङ्ग
काम सपाङ्ग
सपार्छन् जीवन साङ्गोपाङ्ग !
- जमुना आचार्य, सिन्धुपाल्चोक
[३१]
पौरख
विशेष इच्छाशक्ति
कर्मशील हातमा गौरव !
- म्यामराज राई, भोजपुर
[३२]
लगनशीलता
मिल्छ सफलता
मनमा भए धैर्यता !
- घनश्याम पौडेल, पोखरा
[३३]
अपाङ्गता
दैवको सृष्टि
पुगेन राज्यको दृष्टि !
- मन्दिरा सेढाई
मलेखु, धादिङ
[३४]
साहस
अपाङ्ग आत्मनिर्भर
कर्मको सुन्दर सन्देश !
- बेदु न्यौपाने, काठमाडौँ
[३५]
अशक्त
शरीरले काम
पालनलाई चाहिन्छ दाम !
- सरिता सेढाई, धादिङ्ग
[३६]
पौरख
आत्मनिर्भरको पाटो
दिगो जीविकोपार्जनको माध्यम !
- अम्बिका अधिकारी
झापा, बिर्तामोड
[३७]
एउटै
भएर काफी
यो जीवन एउटालाई !
- युगल त्रिन
[३८]
जिन्दगी
परिश्रमको आधार
जिउने अथक प्रयास !
- गुणनिधि घिमिरे, अमेरिका
[३९]
जीवन
कुनै सबलाङ्ग
कुनै जन्मँदै अपाङ्ग !
- ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[४०]
अशक्त
नदीको गति
गन्तव्य उही सागर !
- कविता आचार्य, कैलाली
[४१]
अपाङ्गता
शक्ति महान
सुन्दर मानव सभ्यता !
- सहयात्री शोभा अर्याल
[४२]
अपाङ्ग
शरीर लाचार
स्वाभिमान मन सपाङ्ग !
- बृन्दा बगाले, काठमाडौँ
[४३]
कर्म
हुँदा अङ्गभङ्ग
विकल्प छ साहसीसँग !
- अमृत सुवेदी
रूपा सात, कास्की