
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १३० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
टिकटक
प्रयोगमा रोक
समर्थन कतै बिरोध !
- वसन्त अनुभव
[२]
टिकटक
कतै कला
कतै विकृतिको विकास ! - गोपेन्द्र रिजाल, पाँचथर
[३]
टिकटक
कलाको भेल
विसङ्गतिले भएछ फेल ! - तोयानाथ चापागाईं
दमक, झापा
[४]
टिकटक
भावनाको मेल
अझ उस्तै जालझेल ! - नागेन्द्रप्रसाद यादव
[५]
समाप्त
टिकटकको खेल
जनजीवनमा भयो अनमेल ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[६]
विकृति
जन मनमा
हटेको सरल स्वीकृति ! - जमुना कायस्थ, पोखरा
[७]
टिकटक
भएको अनमेल
शरीर नङ्ग्याउने खेल ! - सरिता सेढाई, धादिङ
[८]
कला
नराम्रो होइन
सरकारलाई भयो आपत्ति ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[९]
टिकटक
स्थगित प्रयोजन
अध्यादेश थेग्ला जन ? - अगस्टीन राई
पूर्व सिक्किम, भारत
[१०]
टिकटक
प्रतिभाकाे प्रस्तुति
सुदुपयाेग नहुदा विकृति ! - राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[११]
टिकटक
सामाजिक विकृति
सरकारबाट मिलेन स्वीकृति ! - घनश्याम पौडेल, पोखरा
[१२]
टिकटक
अनुपम बगैँचा
फूलहरूको अनेक प्रस्तुति ! - आर्त अकुलीन
[१३]
टिकटक
कला प्रदर्शन
लुप्त प्रतिभा प्रस्फुटन ! - धनमाया चौधरी, कैलाली
[१४]
टिकटक
प्रविधिको निकट
चलाउन नजान्दा विकट ! - पशपती राई, खोटाङ
[१५]
टिकटक
प्रविधिको ज्ञान
बाठो हुँदा तानातान । - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[१६]
टिकटक
विकृति फैलिएर
जीवनलाई खेलौना सम्झेर ! - अम्विका अधिकारी
झापा, बिर्तामोड
[१७]
टिकटक
फस्टाएको सीप
विकृतिले निभायो दीप ! - पृथक प्रकृति, झापा
[१८]
टिकटक
आँखाकाे दाेष
उड्याे सबैकाे हाेश ! - खुनराज काेईराला
सिद्धलेक-३, गैरीगाउँ, धादिङ
[१९]
टिकटक
भएन सदुपयोग
उपयोगभन्दा धेरै दुरुपयोग ! - चक्र शाही, लम्की, कैलाली
[२०]
टिकटक
हुँदासम्मकाे विकृति
सिर्जना दशमलव संस्कृति । - पागल भिक्षुक, कैलाली
[२१]
टिकटक
विकाससंँग विकृति
दुरुपयोगले बिग्रियो आकृति ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[२२]
टिकटक
चस्काउँछ पटकपटक
मुटु घोच्छ सटकसटक ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[२३]
समाज
टिकटकका दृश्य
विकृतिले गर्दै राज ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२४]
प्रविधि
टिकटककाे उपयोग
दुरुपयोगले बिग्रेको समाज ! - नारायण प्रसाद उपाध्याय, कैलाली
[२५]
बन्देज
सञ्जाल ज्यानमारा
टिकटक रै’छ भ्रष्टाचार ! - विवश पारदर्शी, झापा
[२६]
टिकटक
रमाउने थलो
प्रतिभा पस्किने सञ्जाल ! - बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई-४, झापा
[२७]
टिकटक
समयको बर्बाद
मानिसकै मस्तिष्कको खेल ! - प्रेम थापा ‘मन’, बागलुङ
[२८]
टिकटक
न्यायालयकाे पर्खाइ
समर्थन कतै विराेध ! - बलराज गिरी, कैलाली
[२९]
सञ्जाल
दुरुपयोग बढ्दो
टिकटकमा प्रतिबन्ध राम्रो ! - रिता खराल, रूपन्देही
[३०]
टिकटक
उच्छृङ्खलले गर्दा
बन्द धेरैलाई मर्का ! - मङ्गला उपाध्याय
[३१]
टिकटक
बुझ्नेलाई श्रीखण्ड
नबुझ्नेलाई खुर्पाको बीँड ! - राजाराम रत्गैंया, अमौरा, कैलाली
[३२]
टिकटक
सामाजिक सञ्जाल
कमाए सबैले मालामाल ! - सहयात्री शाेभा अर्याल, रुपन्देही
[३३]
टिकटक
भुल्ने नाममा
विकृति छायो काममा ! - शोभा आचार्य गौतम, काठमाडौँ
[३४]
खेल
दिमागी बेमेल
बालबच्चा हुँदै हायलकायल ! - राेशन पराजुली, धरान
[३५]
टिकटक
औँलामा घाउ
काटिएको ज्यानको हातपाउ ! - जिज्ञासु पन्त, लमजुङ
[३६]
टिकटक
प्रविधिको दुरुपयोग
बाध्यताले प्रयोगमा रोक ! - रेनुका मरासिनी, अर्घाखाँची
[३७]
टिकटक
अप्रत्याशित रोकावट
बेरोजगार क्षणिक चोट ! - तोया घिमिरे
शंखमुल, काठमाडौ
[३८]
बबुरो
नटोक्ने टिकटोक
उसैमाथि टोक्नेहरूको रोक ! - युगल त्रिन
[३९]
टिकटक
परिवेश नाङ्गिदै
सामाजिक विकृती झाङ्गिदै ! - मन्दिरा सेढाई
मलेखु, धादिङ
[४०]
टिकटक
सबै ठीकठाक
कहिले नगर्नू ठोकठाक ! - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
[४१]
प्रविधि
खुल्ला दुरुपयोग
समाजमा छताछुल्ल विकृति ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[४२]
टिकटक
मनोरञ्जन विकृति
दुवैको खेल समाप्त ! - सुशीला पाैडेल
[४३]
टिकटक
अभिनय कला
लतमा हुन्थे लालाबाला ! - भगवती दवाडी
[४४]
टिकटक
मनोरञ्जनको साधन
अश्लील दृश्यको विज्ञापन ! - पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
[४५]
बन्देज
भावमा विकृति
सारमा अकर्मण्यताको आकृति ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[४६]
टिकटक
गाउँ सहर
कला देखाउने रहर ! - भवानी घिमिरे, सर्लाही
[४७]
टिकटक
चरम दुरुपयोग
हुनुपर्छ जीवनकाे सदुपयोग ! - बाबुराम आचार्य
धनगढी, कैलाली
[४८]
टिकटक
प्रविधिको दुरुपयोग
अज्ञानताको रोइलो पसारिँदै ! - गुणराज पौड्याल गुराभस
बागलुङ
[४९]
लाज
बिक्री गरेर
सकिएन टिकटके बनेर ! - लक्ष्मी रिजाल
कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी
[५०]
टिकटक
नवीन प्रविधि
ओखती नजाने विषादी ! - कविता आचार्य, कैलाली
[५१]
टिकटक
बाँदरको पुच्छर
लौरो न हतियार ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[५२]
टिकटक
घाँटीको गलगाँड
बिरालोको घाँटीमा घण्टी ! - देवी पन्थी
[५३]
टिकटक
सुन्दर बगैंचा
बाँदरले बनायो नरिवल ! - दुर्गा अधिकारी भमरकोटे
[५४]
टिकटक
उपयाेग नजानेर
आफैमा नराम्रो हैन ! - सुधा बाँस्कोटा ढकाल
[५५]
टिकटक
चारैतिर कटकट
निन्याउराे सञ्चारकाे संसार ! - टीकाराम जाेशी, टीकापुर
[५६]
टिकटक
अश्लील सन्जाल
बन्दै समस्याको जञ्जाल ! - रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि ।
[५७]
टिकटक
प्रयोगमा विकृति
ल्याएन सामाजिक जागृति ! - तेजप्रसाद खनाल दाङ।