साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १११

  • ९ मंसिर २०८०, शनिबार २३:२३ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १११ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १११ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    नाँच्नुको विकल्प छैन, हामीले नचाएपछि,
    मच्चिन्छन् भेडा जनता मजाले मचाएपछि ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    छैनन् अब सोझा जनता, भन्थ्यौ टाठा भइसके,
    देखियो झल्झली नै, आफैँ प्रमाणित गरिसके ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    चाहे सत्ता पक्ष होस् चाहे बिपक्ष कुरा नबुझेर उर्लने भेडा,
    कोही पनि राम्रोमा गनिँदैन है कुरा गरेर मात्र यहाँ टेडा !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ

    ३)
    काम छैन कसैको पनि नचाएपछि त नाँचिदिन्छन्,
    धेरै हेप्दै गए कुन दिन यिनले खुट्टा भाँचिदिन्छन् ।
    ✍️
    सुशीला शिखा
    काठमाडौं कागेश्वरी

    ४)
    सिधा साधा जनता पनि अब बाठा बनिसके,
    जनविरोधी नेताको लागि चिहान खनिसके।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    ५)
    कसरी कसरी यिनीहरू बजाउँछन्,
    जनतालाई थाहै नदिई भचाउँछन् ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    ६)
    नेता टेढा जनता भेडा के चाहियो र अरू,
    यही चटक हेर्नलाई रमाइलो छ बरु।
    ✍️
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ ।

    ७)
    जति नाँच्ने नाँच नेता के नै गर्छौ हेरौँ,
    जनता अब लौ उठ, सबै मिली घेरौँ ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    ८)
    आगो धेरै नबालौँ उम्लिएर पोखिएला,
    हिँड्दा विचार गरौँ झुक्किएर ठोकिएला ।
    ✍️
    गम्भीर दुवाडी
    गजुरी – ५ , धादिङ्ग

    ९)
    जो आए नि सबै कानै चिरिएका हुन्छन्,
    भेडा भेडासँग बाख्रा बाख्रासँग रुन्छन् ।
    ✍️
    अम्विका अधिकारी
    झापा बिर्तामोड

    १०)
    भेडा हुन् नभने हुन्छ, सोझा हुन् जनता सब,
    नचाउने छलीलाई, दिन्छन् दण्ड छिटै अब।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर

    ११)
    लठ्ठ हुन्छन् मै हुँ भन्ने नि औँला चटाएपछि,
    जसाे भन्यो उसै गर्छन् हामीले खटाएपछि ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    १२)
    उनकै लागि नाँच्ने हो नि, बारुले कम्मर भाँचेर,
    हजुर कै झोला बोक्न पाउँ, भन्नुछ सधैँ हाँसेर।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १३)
    जति मच्चिन्छ उति थच्चिन्छ घमण्डले हार्छ,
    दानापानी भर्छ भेडालाई मान्छे भोकै मार्छ ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    १४)
    गणतन्त्र दमनकारी बन्नैपर्छ अरे,
    नत्र हेर ती शासकले कता भाग्नु भरे ?
    ✍️
    विवश पारदर्शी
    झापा,

    १५)
    सोझा जनता सधैँ दौडिने कस्तो यो तिम्रो चाला ?
    नेताले सुशासन नगर्ने हो ? उठाउने भाला ।
    ✍️
    भगवती दवाडी

    १६)
    रहेको यहाँ खाँचो नै गणतन्त्रको,
    चाहिएको छैन भाँजो लडतन्त्रको ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १७)
    भेडाहरूलाई घाँस अनि दिई दानापानी,
    स्वार्थको लागि तिनलाई ल्याउँछन् तानीतानी ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।

    १८)
    केही वर्ष मात्रै नचाएर हुन्न सक्नुपर्छ जहिल्यै
    बुझ्नेले बुझेपछि सायद फिर्ता नहौँला नि कहिल्यै।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।

    १९)
    एकोहोरो लागिरहन्छ टारेर टर्दैन,
    नवजातको भेडाभन्दा फरक पर्दैन ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ

    २०)
    बुद्धिहिन भए विद्वान अनपढले नचायो,
    बनायो रैती सधैँभरि मान्छे उसैले कजायो।
    ✍️
    सुरेशकुमार पाण्डे

    २१)
    उकालीको बाटो राम्रो,
    राम्रो जति सबै हाम्रो !
    ✍️
    आर्त अकुलीन

    २२)
    जनता नचाउने र झुक्याउने बानी नै हो हाम्रो
    आफ्नो दुनो सोझ्याउन हामीले जे गरेपनि राम्रो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    २३)
    तिमीलाई जसले शक्तिमा पुर्‍याए उनैलाई भन्छौ है भेडा,
    यस्तै हेप्दै गयौ भने एक दिन खोस्छन् तिम्रो मुखबाट पेडा ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज,बाँके ।

    २४)
    भेडाको बथानमा बाख्रा पनि मिसिएका,
    बैँक ब्याज मिनाहा हुन्छ भन्दै पिसिएका ।
    ✍️
    इन्दिरा देवकोटा

    २५)
    भेडाको बथानमा एउटा बाख्रो परेछ,
    त्यो असल बाख्रोमा सबै नजर रहेछ।
    ✍️
    एवाइ प्रभात

    २६)
    आखिर उही जनता नै पर्दछन् मारमा,
    आफ्नो काम भएपछि त गन्दछन् झारमा ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ

    २७)
    परिवर्तन गर्न भन्दै आन्दोलनमा गए,
    तर्सिएको भेडा बथानमा अलपत्र भए।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    २८)
    जनतालाई उल्लु बनाइकन दुनियाँको नबनाउँ हाँसो,
    त्यही हाँसो एकदिन बन्नेछ डरलाग्दो आफ्नै मृत्युको पासो।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    २९)
    नचाउँदैमा नाँच्नेहरू परदेश गए,
    सोझासाझा नचाउनेनै भ्रष्ट नेता भए ।
    ✍️
    समुद्र
    जल्जला७गण्डकी

    ३०)
    बेतालमा नचाएर अझै कति हसाउँछौ ?
    झुक्याएर पालैपालो अब कति फसाउँछौ ?
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    ३१)
    भेडी गाेठमा भेडा हेर्ने हुन्छन् कुकुरहरू,
    भेडा बथान के छुट्टेलान् र? राेज सत्य बरु ।
    ✍️
    जी.वि.चिन्तन
    घाेराही-१४ २०८०/०८/०९ बिहान ६:४६

    ३२)
    नेताजी हाम्रै मान्छे रडाको किन ?
    मच्चाउँछन् ती यस्तै हरेक दिन ।
    ✍️
    कमला देवकोटा, पाल्पा

    ३३)
    घरधन्दा केही नगरी जुलुसमा जाने,
    मान्छे जातको भेडाले हो लाठीचार्ज खाने ।
    ✍️
    बिके माकजू , भक्तपुर ।

    ३४)
    कहिले फाल्ने अनि कहिले ल्याउने खेलमा,
    मेटिएला अस्तित्व नै बगिजाउला भेलमा।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ भारत

    ३५)
    रणभूमिका नाटककारको के भन्नु गणतन्त्र,
    अस्थिरताका पात्रहरूमा जहिले छ मनतन्त्र ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    ३६)
    बाेक्राे सुनैकाे भए नि हेर केही हुँदैन,
    हुनुपर्छ सत्य कर्म असत्यले छुँदैन ।
    ✍️
    हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार

    ३७)
    भोकाको भोजन, निर्धाको आश थियोे सडक,
    जनता होइनन् क्या उल्टै बन्यो भेडो शासक ।
    ✍️
    नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।

    ३८)
    जुध्ने सोझा नै हुन् आन्दोलन चर्काएपछि,
    के विकृति हट्ला र ? पुराना तर्काएपछि।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    ३९)
    जसले पनि नचाउने जनता भेडा सुन,
    सत्र हजारले के पाए त बगाएर खुन ?
    ✍️
    सरिता सेढाई धादिङ्ग

    ४०)
    आफू टिक्न अनेक भाँती गर्छौँ हामी जोहो,
    जनता त भेडा नै हुन् हिड्छन् बनाई गोहो l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    ४१)
    सबकाे बुद्धि भुटेर मानवलाई बनाए भेडा,
    साेझा सक्षम युवा विदेशिए सत्तामा चढे टेडा ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    ४२)
    मदारीले बाँदर नचाउने, नेताले हो जनता,
    जसले जे भने पत्याउने, हिँड्दैछ समाज कता?
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४झापा

    ४३)
    जो आए पनि अब जनतालाई सधैँभरि सास्ती,
    सतिले सरापेको देश भन्थे बुद्धि सबैका नास्ती।
    ✍️
    शंकर कार्की ,थाहा नगरपालिका ३ मकवानपुर।

    ४४)
    जागे जनता अब शक्ति सडकमा हेर,
    अन्तिम युद्ध यो अब रगत जान्न खेर ।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौ ।

    ४४)
    नेताले जनता नचाउँछन् भेडा बाख्रासरि,
    जनताले उल्टै ताली पिट्छन् किन सधैँभरि ?
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची

    ४५)
    भेडा होइन है जनता तिमीले नचाउँदैमा नाँचिदिने,
    बरु शुरू भयो दिनगन्ती तिम्रो जनताले बदला लिने ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।

    ४६)
    मच्चिँदा नि लड्न सक्छ डोरी कमजोर भए,
    आखिरमा जनता मर्छन् आन्दोलनमा गए ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    ४७)
    धान काट्ने आलु रोप्ने गहुँ छर्ने सिजन छ बहुलाएर ननाचौँ,
    नारा कस्तो छ देश जनता बिरुद्ध छ भने नेताको करङ भाचौँ ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ । हाल बारा सिमरा

    ४८)
    नेता बने मदारी रम्छन् कार्यकर्ता बाँदरनाँच नाँचेर,
    उठाउँछन् फाइदा आफैँलाई जनताको कम्मर भाँचेर ।
    ✍️
    शुक्रराज कुँवर
    धरान १०

    ४९)
    नचाउँन सकुन्जेल लौ नचाउँ जनताहरू बिस्तारै कुद्नेछन्,
    पालो, समय आएपछि तिम्रो अनि बन्दुकको कुञ्जाले खुद्नेछन्।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौँ 🇳🇵

    ५०)
    सोझासाझा जनता छन्, जे भने नि मान्ने,
    ठुलाठालु बाठा छन्, गद्दार बन्न जान्ने।
    ✍️
    अजय दनुवार
    धनगढीमाई न.पा.-४
    जयपुर, सिराहा

    ५१)
    आन्दोलन पनि यहाँ कति हुन् कति,
    यो लडाइँ झगडा भयो साह्रै अति।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ -३

    ५२)
    आफ्नो विवेकले निर्णय गर्न जहाँ जनता चुक्तछन्,
    नटुवाले पनि नचाईनचाई आफू चाहिँ भुक्तछन् !
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    ५३)
    जनताको आँखामा गरी छारो हाल्ने काम,
    सयौँ काम गराएर कुम्ल्याई बसे दाम ।
    ✍️
    जमुना आचार्य सिन्धुपाल्चोक

    ५४)
    सिद्धान्तको पात्राे काखी च्यापेर जनता भुलाउने ,
    अब पालाे आयाे तिम्राे जनताले नाङ्गै डुलाउने ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।

    ५५)
    कसका लागि किन जाने थाहा छैन केही नारा ?
    मुख मिठ्याउॅंदै चिच्याउॅंछन् आबा न चाबा सारा ।
    ✍️
    म्यामराज राई, भोजपुर
    टुक्का माथि टुक्का कविता

    ५६)
    राणा, पञ्चायत वा राजतन्त्रै किन नहाेस् सबैको सत्ता टिकाउने मन्त्र,
    आफ्नो समर्थकहरूमा मात्रै सिमित थियो र छ जहिल्यै यो प्रजातन्त्र ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ । हाल बु न पा ११,फूलबारी कुवा टाेल,काठमाडौ

    Leave a Reply