साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०९

  • ६ मंसिर २०८०, बुधबार २३:१३ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    राहत बाड्ने बहानामा उठाएर चन्दा,
    बन्नुपर्छ है  मालामाल चलाएर धन्दा ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    खोजीखोजी आफ्नामान्छे कार्यकर्ता पोसौँ,
    वास्तविक   पीडितको    अधिकार   खोसौँ ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    वास्तविक कुरा मोडी चलाउॅंने गर्छन् धन्दा,
    सधैँ आफू नै पीडित बनी  उठाएर चन्दा ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    ३)
    तिम्रो भ्रष्ट मति पनि रहेछ है काइदा,
    अरूलाई दु:ख पर्दा उठाउने फाइदा ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    ४)
    हदैसम्मको  लालायित  नेता  पर्‍यौ गन्धा,
    कति गर्छौ कालो कर्तुत मागी मागी चन्दा ।
    बेदु न्यौपाने
    काठमाडौँ

    ५)
    उता जनता रुँदा पनि यता बसी हाँसौँ,
    काम गरे जस्तो गरी सबै नियम मासौँ ।
    ✍️
    सञ्जना शर्मा दाङ लमही न.पा.५

    ६)
    आँखा गाड्यो राहतमा विपत हुँदा चन्दामा,
    मानव हो कि दानव, निर्दयी हुन्छ धन्दामा ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    ७)
    वास्तविक पीडितले राहत पाउने हैन,
    आफ्नामान्छे पोसेर यिनले गरेका छन् चैन ।
    ✍️
    सरिता सेढाई धादिङ

    ८)
    पीडितलाई सहयोग भनी उठाएर चन्दा,
    कमाएछौ राम्रैसँग धन त गरी कालाे धन्दा ।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी  ५ संगम काेलाेनी भक्तपुर ।

    ९)
    आडभरको  उपाय  नै  हो  राहत उठाउने,
    उठाएपछि हो धेरै जसो आँफैले लुकाउने ।
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹

    १०)
    उठाएर चन्दा गरी कालो धन्दा राख कुहाएर,
    धेरै  खुशी भएको हौला पिडितलाई रुवाएर ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    ११)
    आउँछ  विदेशबाट  नि राहतको धन,
    पक्ष विपक्षको आज पनि उतै छ मन ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    १२)
    भुकम्प पीडित परे रामे श्यामे काले,
    राहत दिनेले आफ्नै पार्टी हेर्न थाले ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ

    १३)
    पीडामा पनि यहाँ राजनीति हाबी मात्रै चल्छ,
    प्रकोपले  गरिब नै  मार्ने  दिन  ठगको बल्छ ।
    ✍️
    शंकर कार्की,
    थाहा नगरपालिका ३ मकवानपुर।

    १४)
    पीडितले नि  राहत पाउने दिनहरू गए,
    चन्दा भनी उठाउनेहरू पाे धनी बन्दै गए।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    १५)
    मेरै नामको बहानाले सोर्‍यो चन्दा उसले,
    पाल्यो आफ्ना आफन्तलाई जन्ता लुटी घुसले !
    ✍️
    समुद्र
    जल्जला ७ गण्डकी

    १६)
    राहत बाँड्दा छलछाम गर्ने होऊन् रोगी,
    जाली कर्म गर्नेले जानुपर्छ फल भोगी ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १७)
    दिनेले जति दिए पनि गरिबको सधैँ छ खाली पेट र रित्तो हात,
    माया हैन पहुँचको भरमा पाइने राहत धनीकै घरमा खात ।
    ✍️
    सुशीला  शिखा
    काठमाडौं  कागेश्वरी

    १८)
    राहतको  बहानामा  भित्र्या’कोछु  पाल,
    भूकम्पमा काम लाग्ला फेरि अर्को साल !
    ✍️
    कमला  देवकोटा, पाल्पा

    १९)
    सेवा गर्नेको  हातहरूमा प्रेम चाहिन्छ,
    प्रेमको बास हुने दिल पो कहाँ पाइन्छ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    २०)
    मर्द रुन्छ नामका लागि किन काममा रुन्न ?
    नेता भए  साेचका गरिब  पढी लेखी हुन्न ।
    ✍️
    जी.वि.चिन्तन
    घाेराही-१४ दाङ

    २१)
    आँखा तानी हेर्छ पीडित राहत आउला भनी
    होहल्ला अधिक सुनिन्छ आउँदैन केही पनि ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    २२)
    राहतको प्रतीक्षा पनि कस्तो ?
    बाँचेर पनि मरेतुल्य जस्तो ।
    ✍️
    मोती सुब्बा

    २३)
    पीडामा मलम लगाऊ नछर्क खुर्सानी नुन,
    राहत पनि खान थाल्यौ नेताजी नपुगी सुन ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।

    २४)
    दुःख लाग्छ एकातिर भूकम्पले चर्केको छ घाउ,
    विडम्बना अर्कोतिर कत्तिलाई कमाउने दाउ !
    ✍️
    विवश पारदर्शी
    झापा,

    २५)
    राहत बाँड्ने सुनौलो मौका भूकम्पले ल्यायो,
    टन्न खाऊ है  दुधभात  गोरुले  बाच्छो पायो ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    २६)
    चुनावमा भोट अर्कैलाई दिएछन् क्यारे,
    त्यसैले  राहत सामग्री  अर्कोतिर सारे ।
    ✍️
    नागेन्द्रप्रसाद यादव, दाङ

    २७)
    उठाएर केवल  राहतका कुरा,
    गर्छन् आफ्ना स्वार्थ यही बेलामा पूरा ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची

    २८)
    भूकम्प पीडितलाई राहत बाँड्दै गर्दा भाडभैलो नै मचायो,
    तुच्छ नेताहरूले अनुदानलाई राजनीतिकरण बनायो।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    २९)
    परिश्रमी पसिना राहत भनी दिन्छ,
    गिन्ती छैन असलीकाे छट्टु जस लिन्छ ।
    ✍️
    निरज कोइराला
    बेलका १, उदयपुर, हालः इटहरी

    ३०)
    राहत बाड्ने निहुँमा थालेकाछाै कमाउन,
    यस्तै गरेर कहिलेसम्म सक्छौ  रमाउन ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    ३१)
    भूकम्पले बनायो गरिबलाई आहत,
    लुटे है नेताले तिनैको नामको राहत ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    ३२)
    स्वास्नी परिवार हेर्नेका झण्डा बोक्नुभन्दा आआफ्ना अधिकारका लागि लड्नू,
    बेकारमा झोले बनेर किन हा मा हा मिलाई जिन्दगीभर यहाँ नै सड्नु !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ

    ३३)
    गयाे भुइँचालाे लाैन लाै भयाे बेहाल,
    भूकम्पको नाउँमा मालामाल दलाल ।
    ✍️
    हरिगाेपाल प्राधान
    बनेपा १४ साँगा काभ्रे ।

    ३४)
    दुनियाँमा दुःख हुँदा तिनको भलो हुने,
    पीडित सारा जनताको मन चाहिँ रुने ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका

    ३५)
    अप्ठ्यारोमा परेकालाई गर्नुहुन्न घात,
    काम गरी देखाऔँ बरु छोडी चिल्ला बात ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    ३६)
    दु:खमा साथ नदिने तिमी कस्तो यो चलन,
    आर्तको मन पीडाले औधी भएछ जलन !
    ✍️
    आर्त अकुलीन

    ३७)
    भुइँचालोले घर परिवारका छोराछोरी लग्यो,
    सबैले सकेको राहत दिए चोर नेताले ठग्यो ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ हाल सिमरा बारा

    ३८)
    यसपालि पनि उठिहाल्छ सहयोग रकम फालाफाल,
    राहत बाँडफाँडको धन्दा चलाई बनिहाल्छौँ मालामाल l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    ३९)
    राहत दिने नाममा नगर पीडितमा धन्दा,
    होश गरी कदम चाल नत्र परौला नि फन्दा।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    ४०)
    मानवीयताकाे छ सर्वत्र खडेरी,
    दुष्टात्माहरूले थाले जाेड्न घडेरी ।
    ✍️
    प्रद्युम्न चालिसे

    ४१)
    भूकम्प पीडितलाई राहत पुगोस्,
    उद्दारमा श्रद्धाले तिम्रो शिर नुहोस् ।
    ✍️
    प्रेम थापा “मन” बागलुङ

    ४२)
    ए नेतृत्व ! राहतको ठाउँमा  आघात  बाँडेर ,
    सक्ने भयाै साेझा जनतालाई तिमीले भाँडेर ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ

    ४३)
    मै खाऊँ र मै लाऊँको लालचले गर्दा,
    राहत नि लुटी खान्छन् यहाँ मौका पर्दा ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    ४४)
    आफूलाई फाइदा नभए कसले गर्छ काम ?
    बारम्बार मौका मिल्दैन उठाउनु पर्छ दाम ।
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    ४५)
    स्वार्थले जित्यो हजुर मानवताको भयो हार,
    देखावटी  दयालुहरूले  भरियो  यो संसार ।
    ✍️
    बि.कुलुङ रंगबूले
    दार्जिलिङ

    ४६)
    महङ्गीले आकाश छुँदा भोको पेटले माग्छ,
    हातको कुरा बाँड्नुअघि मनमा लोभ जाग्छ ।
    ✍️
    कमला पौडेल
    चा न पा भक्तपुर

    ४७)
    खान पाउनेको रजाइँले त अरूको दुःख कहाँ लेख्छन् ?
    सम्पत्ति टाढा भएपनि टाढैबाट साना आँखाले देख्छन् ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    ४८)
    अपेक्षा थियोे रे मलमपट्टिकाे, पीडामा मिल्ला कि भन्ने राहत,
    भाेगेर  विभेदकारी  व्यवहार, सहयोगापेक्षी  झनै आहत।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही

    ४९)
    देखाउने नाटक जस्तो पो बनाइदैछ कथा,
    कुन चराको नाम हाे राहत, के हाे खाँटी व्यथा ?
    ✍️
    रामकृष्ण दवाडी

    ५०)
    पीडितको नाउँ गर्दै उठाएकाे राहत,
    पचाउने अपराधी हुनुपराेस् आहत ।
    ✍️
    शम्भु गजुरेल

    ५१)
    राहतको नाम पारी खाएँ मैले खजुर,
    मौकामा चौका दाउ त हान्नैपर्‍यो  हजुर !
    ✍️
    ईमान सिंह के.सि.
    ब्यास ९ धनुबासे,कलेस्ति,तनहुँ

    ५२)
    भूकम्प पीडितको दुःखमा दया गरिदिएँ,
    राहत नपुगेको सुन्दा मनमा कष्ट लिएँ ।
    ✍️
    भगवती दवाडी ,झापा

    ५३)
    देशको नेता  भएपछि  नखाई  कहाँ हुन्छ ?
    जति खाए पनि कानुनले कहिले पो छुन्छ ?
    ✍️
    राजेशराज गड्तौला
    काँडाघारी, काठमाडौँ

    Leave a Reply