
काठमाडाैँ,
हामी सबै समान भन्ने आव्हान गर्दै टुक्का साहित्य समाजकाे आयाेजना २०८० मङ्सिर १० गते टुक्का कविता लेखन श्रृङ्खला १०१ सम्पन्न भएकाे छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ४९ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले “हामी सबै समान” भन्ने विषयमा केन्द्रित भई सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।
टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले
प्राणिहरू सबै ईश्वरका अंश हुन । सबै मानिसकाे हक अधिकार समान हुन्छ । धर्म, वर्ण, लिङ्गकाे आधारमा मानिसलाई भेदभाव गर्नु मानव अधिकार विरुद्धकाे कार्य हाे । अहिले विश्वका धेरै देशहरूमा लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान चलि रहेकाे छ । हामीले पनि हाम्राे समाजलाई सुसूचित र जागरुक गराउनु पर्छ भन्दै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
[१]
१.
तिमी हामी उनी हेर सबै समान हाैँ मानव
आपसमा भेदभाव गर्दै किन हुनु दानव ?
२.
जात धर्म र लिङ्ग हैन मानवता हेराैँ
लैङ्गिक हिंसा बन्द गर्न अाजै मन फेराैँ ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
१.
लिङ्गकै आधारमा भेदभाव किन होला ?
आखिर तन मन उस्तै हो मानव चोला ।
२.
बन्द गरौँ लैङ्गिक हिंसा हत्या बलात्कार
मानवता नै हो धर्म हाम्रो बाँच्ने आधार ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[३]
१.
काटे रगत सबैको उस्तै, व्यवहार फरक किन
हामी सबै एकै परिवार हौँ, एक अर्कालाई चिन ।
२.
मानव हामी किन तुच्छ, कुरामा जातजातिका
सबै एकै हौँ बुझौँ, पाइन्छन् यहाँ भाँती भाँतिका ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौँ
[४]
१.
जात धर्म तथा लिङ्ग, हुन्न भेद कतै अब
सृष्टिका फूल हौँ हामी, रङ्गीचङ्गी खुदै सब।
२.
सिङ्गो विश्व बनोस् साझा, सबैको घर सुन्दर
सबै मानवले पाउन् अधिकार बराबर।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[५]
१
जात धर्म र लिङ्गलाई नबनाउँ आधार
आजको वैज्ञानिक युगमा यो सबै वेकार।
२
क्षेत्रिय र जातिय उस्तै धर्म भाषाको राजनीति
सबैभन्दा हुनेछ खराब यो देशमा रीतिथिती।
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[६]
मान, मन सबै दिई भाव छरौँ समान
सेवा, प्रेम बाँडी पाऔँ सम्मान साथ ज्ञान ।
✍️ रचना शर्मा प्रतीक्षा
डटिडोल, महालक्ष्मी नपा, ललितपुर ।
[७]
१.
सबै हामी एक हौँ छैन कुनै फरक
एकताको जालो बुन्ने र फ्याँक्ने नरक ।
२.
अजम्बरी नाता हाम्रो कसी लाउनेमा डोरी
एक हात तिमी मेरो एक हात छोराछोरी ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[८]
१.
भेदभाव गर्नु हुन्न प्रकृति प्रिय प्राणीलाई
आफ्नो आफ्नो जीवन चक्र चल्न देउ दाजुभाइ ।
२.
सन्तति हुन् समाजका प्रेमभाव समान होस्
बराबर अधिकार हाँसीखुसी बाँच्न परोस् ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[९]
१.
छोरा छोरी समान हुन् किन गर्ने हेला
नगर्नु विभेद अवसर दिने बेला ।
२.
बन्द गर्नु नि छोरीको भ्रुण हत्या गर्न
हल्लाउँछन् विश्व नपरोस् अकालै मर्न।
✍️ पुष्पा राई
खाेटाङ।
[१०]
१.
सानो ठुलो को ? यहाँ रगगत उस्तै रातो हुन्छ
यो जाती र त्यो जाती भन्ने दमनले मन रुन्छ।
२.
हामी सबै समान हो पाइँदैन भेदभाव गर्न
बिरामी पर्दा रगत चल्छ किन पर्यो पछि सर्न।
✍️ सञ्जना शर्मा
लमही, दाङ
[११]
१.
जातले हुँदै हुन्न मान्छे सानो या ठुलो
कर्मले छुटिन्छ धुलो या ओखतीमुलो।
२.
उद्देश्यतिर निरन्तर लागिराख्दा राम्रो
आफ्नै हातमा रहन्छ मानसम्मान हाम्रो।
✍️ म्यामराज राई
भोजपुर
[१२]
१.
नारी पुरुष एकै हुन् दुई दम्पती
प्रकृतिको यिनै छन् अमूल्य सम्पति।
२.
आफैँ बुझ प्राणी जगत हिंसा कसैलाई नगर
विज्ञानले छुट्याउँन्न सानो ठुलो शिक्षा भरपर।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[१३]
१.
हामी सबै एकै, किन भेदभाव गर्छौ
दुःखीलाई सेवा गर्न पछि किन सर्छौ।
२.
जात यहाँ दुई मात्र पुरुष र महिला
महिला जननी हुन स्थान देउ पहिला।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[१४]
१.
आफ्नो जस्तै अरूको पनि हुन्छ मन
यो बुझेर हिंसा त्याग्नु नै ठुलो धन।
२.
मानिस सबै आफ्नो ठाउँमा सत्य हुन्छन्
सात्विक स्वभावले नै मन मुटु छुन्छन् ।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹
[१५]
जो जहाँ जस्तो भएपनि हामी सबै समान
मद्दत नै हाम्रो आधार, सधैँ राखौँ अडान ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[१६]
१.
जुनसुकै जाती लिङ्ग हामी सबै मानव
आपसमा सद्भाव राखौँ नबनौँ दानव ।
२.
छाला मात्र कालो गोरो एउटै हुन्छ रगत
हामी सबै समान हौँ नरनारीको जगत ।
✍️ अम्बिका गिरी
बिराटनगर
[१७]
१.
जातपात छुवाछूत हैन, हामी सबै नेपाली
संस्कार फरक भए पनि, एकता हाम्रो माली।
२.
अशान्ति हटाउनु छ, देशबाट अब
मेची काली किल्ला भित्र बस्छन् बुद्ध तब।
✍️ एवाइ प्रभात
पाचथर
[१८]
१.
समान छौ हामी यति कुरा जान
नारी र पुरुष अलग नठान ।
२.
धर्ती एउटै हाम्रो सृष्टि समान
समान हौँ हामी यति कुरा जान ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु
[१९]
१.
रगत सबैको रातो हुन्छ, पुरुष हुन कि नारी
गरिब धनी विभेद नगरौँ चक्रव्यूहमा पारी ।
२.
पालना गर्न जाने संविधानमा स्त्री पुरुष समान अधिकार
नेताको छोराले मात्र हैन क्रमबद्ध पाउनुपर्छ रोजगार ।
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाडौ
हाल सिमरा बारा
[२०]
१.
मानव हामी सबै एकै समान व्यवहार गरौँ
हिंसा विरुद्वको अभियानमा हामी अघि सरौँ।
२.
काटे रगत सबैको रातो नै आउँछ
भेदभाव गरेर आखिर के पाँउछ ?
✍️ सरिता सेढाई
धादिङ्ग
[२१]
१.
काटे रगत एउटै आउँछ सबै हाैँ हामी मानव
लडाइँ झगडा भेदभाव गरी किन बन्छाै दानव ?
२.
याे संसारमा नारी पुरूष मात्रै हाे नि दुई जात हुन्छ
काटे रागत रातै आउँछ भेदभाव गरे मन रुन्छ ।
✍️ सहयात्री शोभा अर्याल
बुटवल, रुपन्देही
[२२]
१.
मानिसमा अलिकति मानवता हुनुपर्छ
ईर्ष्या गर्नेलाई एक दिन पक्कै रुनुपर्छ ।
२.
नगरौँ भेद लिङ्ग जाति भाषाका आधारमा
बोलेर हुन्न देखाउनु पर्छ व्यवहारमा ।
✍️ बाबुराम पाण्डे
शीतगंगा १० अर्घाखाँची
[२३]
मानवता हराएको देशमा
निक्लिन्छन् मान्छे अनेकौँ भेषमा ।
✍️ दुर्गा भट्टराई
माेरङ्ग
[२४]
१.
जात धर्म महिला पुरुष धनी गरिब सबैकाे सम्मान गराैँ
सबै एक आपसमा मिलेर देशकाे विकास गर्दै अघि सराैँ।
२.
दाजुभाइ, महिला पुरुष सबै नै हुन् हाम्रो
एक आपसमा मिलेर काम गरेको राम्रो ।
✍️ कल्पना भण्डारी
सिन्धुपाल्चोक हाल काठमाडौँ
[२५]
पृथ्वीको प्राणी मध्ये सर्वश्रेष्ठ मानव हौ हामी
सबैलाई सम्मान व्यवहार गरौ, आत्मा छामी ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[२६]
१
सबै प्राणी जगतभरका उही ईश्वरकै अंश
समान व्यवहार गरेर फैलाऔँ मानव वंश ।
२
रगत सबकाे राताे हुन्छ विभेद नगराैँ
असमानताकाे अशुभ गन्ध कतै नछराैँ ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[२७]
१.
हुनुहुन्न भेदभाव सबलाई बराबरी
समानता बढाउ सबले सचेतना भरि।
२.
लैङ्गिक हिंसा अपराध हो आजै बुझ्नुपर्छ
उही नै हुन्छ माहान् जसले सचेतना छर्छ।
✍️ नवशिला
बेलबारी-२, लालभित्ती, मोरङ।
[२८]
१.
महिला अनि बालबालिका कतै पुरुष पनि
हिंसा भित्र रुमल्लिँदै रुन्छन् बचाइदेऊ भनि।
२.
विश्वभरि अभियान हुन्छ सोह्र सोह्र दिनको
सबै समान अभियानले पीडा हट्ला तिनको?
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ
[२९]
१.
नारी पुरुष धनी गरिब सबै नै बराबर
कागजमा मात्र हैन व्यवहारमा लागु गर ।
२.
काटे रगत रातै आउँछ हुँदैन त्याे फरक फरक
थाहा हुँदा हुँदै पनि भेदभाव गर्नु ! त दुःख परक ।
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल, काठमाडौँ
[३०]
न रुप रङ्ग न जाती लिङ्ग न गरिब धनी
मान्छे सबै समान काटे रगत रातै छ नी ।
✍️ ध्रुव श्रेष्ठ
खोटाङ, हाल काठमाडौँ ।
[३१]
१.
प्राणी मध्ये हामी सर्वश्रेष्ठ मानव
विभेदको अन्त्य गरौँ मिलेर सब ।
२.
उच्च नीच जातले होइन हाम्रो मनले हुने गर्छ
समान व्यवहार गरौँ सबै एकदिन मर्नुपर्छ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[३२]
१.
रातो रगत हाम्रो मानव सबै समान
दुई जात स्त्री पुरुष अरू हुँदैन जान।
२.
पशु र मान्छे एउटै रातै रगत हुन्छ
विवेक विनाको मान्छे पशु बनेर रुन्छ।
✍️ समुद्र
[३३]
१.
जनावरले पनि चिन्छ आफ्नो र अर्काको भनि
मानिस आफूलाई ठान्छौँ यस कुरामा छु धनी।
२.
एकै रथका दुई पाङ्ग्रा अपमान किन गर्नु
बाँचुन्जेल सुनाम फैलाऔँ आखिरी पर्छ मर्नु।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[३४]
१.
जातपात, लिङ्ग अनि धर्मलाई मानेर समान
विभेदको दृष्टिकोणलाई राखौँ सबले कमान ।
२.
लैङ्गिक हिंसा बन्द गरौँ नारी पुरुष हुन् समान
एक अर्काको सम्मान गर्ने रहोस् सबैको जमान ।
✍️ बाबुराम गौतम
गुल्मी
[३५]
समानताको कथा लेखी केवल पाना मात्रै नभरौँ
थोरै लेखि बरु अब व्यवहारमा धेरै लागु गरौँ ।
✍️ सुशिला शिखा
काठमाडौं, कागेश्वरी
[३६]
१.
संविधान भित्रकाे समानतकाे जाल
सत्तामा आसेपासे तथा आफन्त पाल ।
२.
महिलालाई दिने समानता देखाउने दाँत
हर घरघरमा महिलाकाे हेर सुक्दै आँत ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर
[३७]
१.
सबैलाई यहाँ आफ्नो सम्झेर ल्याऊ
सबैमा माया ममता मिठो बसाऊ ।
२.
मनबाट नै सबको मान गरौँ
सबै यहाँ एउटै हाैँ भन्ने भरौँ ।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत (पश्चिम बङ्गाल)
[३८]
१.
जात धर्म उचनीच अब हामी छाेडाैँ
मानवता फुल्नेगरी मनबारी गाेडाैँ ।
२.
दाजुभाइ दिदी बहिनी एक काम गराैँ
लैङ्गिक हिंसा विरुद्धमा सचेतना छराैँ ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[३९]
१.
आफू जस्तै अर्को पनि प्राणी नै हो,भन्ने सोच मनमा भरौँ
मानव भई मानवलाई मानवताको व्यवहार गरौँ ।
२.
लैङ्गिक हिंसा र भेदभाव हटेको सब
सोच्दै आनन्द लाग्छ,त्यो दिन आउला कब ।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[४०]
१.
मानिस हामी समान सबै रातो छ रगत
यो छुवा छुत जात र भात व्यर्थ छ फगत।
२.
हुदैन कोही अछुत यहाँ दैवको सृष्टिमा
यो भेद भाव रचियो खालि मान्छेको दृष्टिमा ।
✍️ विवश पारदर्शी
झापा
[४१]
१.
ठुलाे र सानाे छैन काेही यहाँ मान्छे बराबरी
जात र लिङ्गमै विभेद किन गर्छन् घरीघरी ?
२.
कानुनकाे नजरमा सबै छाैँ हामी समान
कानुन मिची विभेद गरे अन्याय भाे जान ।
✍️ एस वि प्रगति
प्यूठान (हाल:पाल्पा)
[४२]
१.
बिक्री हुदैन धर्म संस्कार रगत अनि जातियतामा
समानता छ भूगोलमा छैन त केवल राष्ट्रियतामा।
२.
को छ धनी गरिब अनि गाउँले न त सहरीया उँच नीच
रगत सबैको रातै हो फरक केवल नारी पुरुष बीच ।
✍️ इन्दु श्रेष्ठ
चितवन
[४३]
१.
इमान साँचाै नहाेउँ बेइमान
झुठाे टिक्दैन सत्यकै हुन्छ सान।
२.
नगराैँ छुवाछुत हामी सबै समान
हाेला काेही निमुखा गराैँ मुठ्ठिदान ।
✍️ हरिगाेपाल प्रधान
बनेपा १४ साँगा बजार
[४४]
१.
तँ गोरो म कालो तँ होचो म ठुलो ठालो केटा छ धेरै भेद
जन्मदै कोखबाट, हेर्न रगत एउटै, नत्र मलाई खेद ।
२.
छैन भेद शरीरको उही पञ्चतत्व कै भर जीवित
एकै त छ संसार आऊ मिली बसौ हामी सबै मिश्रित।
✍️ मुक्ति काफ्ले
भारत, असम ( कोक्राझार)
[४५]
१.
किन मानिसमा छ असमानता ?
हराएछ किन आज मानवता ?
२.
जनावरमा पनि एकता देखिन्छ
हेय दृष्टि छ किन पछि त हेरिन्छ ?
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[४६]
१.
हावा, पानी, आकाश, आगो, माटो ईश्वरका रहे सृष्टि
आपसमा उच नीच भावनाले किन राख्छौं? कुदृष्टि।
२.
संसारमा ईश्वरका रचनामा सबै छन् समान
अछुत भनि छिमेकीलाई नगर्नु है अपमान।
✍️ माेती सुब्बा
दार्जिलिङ,भारत।
[४७]
१.
सबैजना मिले पो प्राणीमा मानिस राम्रो
लैङ्गिक हिंसा अन्त्य होस्, समाज बन्छ हाम्रो।
२.
महिला पुरुष बराबरी भेदभाव चैँ नगरौँ
लैङ्गिक समानता कायम गर्न सबै अघि सरौँ।
✍️ अजय दनुवार
धनगढीमाई न.पा.-४,
जयपुर, सिराहा
[४८]
ठुलो जात लिङ्ग होइन इमान ठुलाे जान
सुन्दर हुन्छ हाम्राे धर्ती सॊचौँ सबै समान।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[४९]
१.
नारी पुरुष ति हुन सृष्टिका खानी
सम भावले जाग सुधारेर बानी ।
२.
हाे सृष्टिकाे याेगदान स्त्री पुरुष दुबै
भेदभाव किन गर्ने? समान छन सबै ।
✍️ जी.वि.चिन्तन
घाेराही, दाङ
::::: जय टुक्का! जय साहित्य :::::