“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सत्तरीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७० ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/०८/०४ गते
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
अरूलाई देखाउन अघि बढ्ने धेरै छन्।
मुखले ठिक्क पारेर बुई चढ्ने धेरै छन्।
कोही कसैको भर पर्नु हुँदैन हजुर,
मनगढन्ते कुराहरू मै गढ्ने धेरै छन्।
आफूले गरेको राम्रो भनि पढ्ने धेरै छन्।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
विशाल हात समायौ तिमीले।
आनन्दसाथ रमायौ तिमीले।
फेरि मैले के भन्नु बाँकी रह्यो,
निर्दोष डाम डमायौ तिमीले।
पवित्र नाम कमायौ तिमीले।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३
आफूले गरेको त्याे कुकर्मले जलाउँछ एकदिन।
अरूले गरेको व्यवहारले छलाउँछ एकदिन।
निकै ठूलो महान नठाने हुन्छ आफूले आफैलाई,
अरु माथि लगाएको दाेषले गलाउँछ एकदिन।
तिम्रो अहमताले तिमीलाई ढलाउँछ एकदिन।
ह्यारिस
पञ्चाङ्ग:०४
मान्छे चाहन्छ समय पनि आफ्नै अधीनमा चले हुन्थ्यो।
आफु कहिल्यै पनि नथाकुँ तर अरु सबै गले हुन्थ्यो
सारा शक्ति हातमा लिई भू-लोककै शासन गरिरहुँ,
नमरुँ म कहिल्यै नि कालले पनि मलाई छले हुन्थ्यो।
मैले रोपेको एकै बोटमा सबै खाले फल फले हुन्थ्यो।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५
जल्ने छन् यहाँ जलाउने छन्।
ढल्ने छन् यहाँ ढलाउने छन् ।
सदैव अरूकै इशारामा,
चल्ने छन् यहाँ चलाउने छन् ।
गल्ने छन् यहाँ गलाउने छन् ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
२०८०/८/५
पञ्चाङ्ग:०६
तिमी पराई जस्तै बन्छौ भने के भनूँ।
मलाई नि शत्रुमा गन्छौ भने के भनूँ ।
एकोहोरो रोटी पाक्दैन के गरूँ मैले,
मेरै खेदो यसरी खन्छौ भने के भनूँ ।
अर्कैसँग छु खुसी भन्छौ भने के भनूँ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०७
समय र म सँगै चल्दैछु बाध्यताले।
अनेकौँ कठिनाई छल्दैछु बाध्यताले।
आफू अनुकुल परिस्थिति नबन्दिँदा,
बरफ जस्तै भई गल्दैछु बाध्यताले।
अशान्तिको आगोमा जल्दैछु बाध्यताले।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग:०८
मेराे याे दिल भित्रकाे पनि खास हाै तिमी।
पलपल हरेक पलकाे सास हाै तिमी।
आधी यात्रामै छाेडेर जाँदैनाै बिश्वास छ,
सात जुनी सम्म सँगै बाँच्ने आश हाै तिमी।
मैले दिने मायाँकाे मिठाे आभास हाै तिमी।
उर्मिला के.शी.
धनकुटा
पञ्चाङ्ग:०९
संघर्षकाे मैदानमा पाइला चाल्दै गर्दा ।
सपनाले सजाइएकाे आशा पाल्दै गर्दा ।
बस्दैन अर्जुन माछाकाे आँखा मात्रै हेरि ,
लाउँछ निशाना मनले राँकाे बाल्दै गर्दा ।
जिन्दगीका अनेकौ कठिनाइ टाल्दै गर्दा ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:१०
बाटो हिँड्दा अघि पाइला चाल्नु पर्छ।
मनमा सजाएको आशा पाल्नु पर्छ।
कदर गर अनि अघि बढ्न जान,
निसाना लाग्न त्यो उज्यालो बाल्नु पर्छ।
आएका कठिन हामीले फाल्नु पर्छ।
-बेदु न्यौपाने, काठमाडौँ ✍️🇳🇵