“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अठसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६८ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/०७/२०गते
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
दुनियाँले छुरा हान्दा पनि ढलेको छैन मेरो शरीर।
दुष्टले जति गलाए पनि गलेको छैन मेरो शरीर।
यस्ता दुष्टको सामु काँडे तार बनेर उभिने छु सधैं,
कसैले इर्ष्याले जलाउँदा जलेको छैन मेरो शरीर।
कुनै अहंकारको लेपन दलेकाे छैन मेराे शरिर।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
आधुनिक तरिकाले काम गर युवा।
हलो बाउसो कोदालो राख पर युवा।
कहाॅबाट कहाॅ पुग्यो बाहिरी संसार,
जे गर्दछौ सारा तिम्रे लाग्छ भर युवा।
देशभित्रै केही गर्न अघि सर युवा।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०३
गरेर खाएको देख्नेले डाहा गरेको छ।
राम्रो गर्दा आफन्तले त आहा गरेको छ।
अरुले जे सोचेनी आफैँ ठिक पर्छ हुन,
आफूभन्दा माथ्लोले चै चाहा गरेको छ।
कोही कोहीले हेर्दाहेर्दै हाहा गरेको छ।
-बेदु न्यौपाने, काठमाडौँ ❤️
पञ्चाङ्ग:०४
कुन बेला भत्कने हो घरको के भर भयो यहाँ।
आफैँलाई थिच्ने ढुङ्गामाटो अनि खर भयो यहाँ।
प्रकृतिलाई जित्दै विजयको माला लगायो मान्छे,
तर पनि भूकम्पको मात्रै ज्यादा डर भयो यहाँ।
हुँदाखाँदाको शरीर मार्ने आफ्नै घर भयो यहाँ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०५
हेर जे काममा पनि राजनीति नै हुल्ने बानी पर्यो।
स्वार्थमा त दल पनि एकैठाउँमा घुल्ने बानी पर्यो।
बेला बेला भुकम्प गइरहन्छ ,कोरोना आइरहन्छ,
बाड्नु पर्ने राहत आफ्नै गोजीमा पो, भुल्ने बानी पर्यो।
काम भन्दा नि हल्ला ठुलो मिडियाको डुल्ने बानी पर्यो।
पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६
तिमीलाई सम्झिएर पलपल रुन मन लाग्छ
तिमीलाई पाए आकाशकाे जून छुन मन लाग्छ
मठ मन्दिरमा फूल चढाई तिमीलाई नै मागि
जुनी जुनी भरीनै तिम्रै समिप हुन मन लाग्छ
हातमा हात समाई त्याे शिखर चुम्न मन लाग्छ
उर्मिला के.शी.
धनकुटा
पञ्चाङ्ग:०७
प्राण रहुन्जेल शरीर अनिश्चित घर हो।
स्थायित्व नै नभएको चल्ने श्वासको भर हो।
अनिश्चित चोला चलिरहेछ प्रभुकै भर,
थाहा छ फुट्छ जीवन बेलुन रुपी चर हो।
ईश्वर स्वचालित संवेदनशील धर हो।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०८
कहिले तर्साउँछ मान्छेलाई।
कहिले बर्षाउँछ मान्छेलाई ।
भिरै भिरकाे जिन्दगीमा सधैँ,
राम्ररी दर्शाउँछ मान्छेलाई ।
उसैले फर्साउँछ मान्छेलाई ।
भवानी घिमिरे
सर्लाही ।