पञ्चाङ्ग चित्रपट भाग- ५५

  • १० मंसिर २०८०, आईतवार १२:२९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचपन्नौं हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०८/०७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५५[ पचपन्नाैं]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~
    पञ्चाङ्ग:०१
    गाउँ  र बस्तीहरू  चिहाउन  थालेकै छन्
    घरघरमा   पाइला   हालेकाे  हालेकै छन्
    हामीले   यस्तो  गर्यौ  भनी  देखाउन सबै
    संजालका भित्ताहरूमा फोटा टालेकै छन्
    धेरैले  त आफ्नाे  पेट  यसरी  पालेकै छन्।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    आहा कति राम्रो ठाउँ त्यहाँ।
    सुन्दर पक्कै छ गाउँ त्यहाँ।
    सुन्दर दृश्य, काठको घर,
    कुनै दिन घुम्न जाउँ त्यहा।
    डर छैन कुनै हाउँ त्यहाँ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०३

    प्राकृतिक दृश्यको गाउँ रहेछ।
    घुम्नलाई नि जाऊँ जाऊँ रहेछ।
    यहीँ बसेर जिन्दगी बिताऊँ कि,
    आहा! कति सुन्दर ठाउँ रहेछ।
    सुख स्वर्गको अर्को नाउँ रहेछ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४

    देख्दा केही छैन जस्तो ,तर कस्तो राम्रो।
    आहा हेर सजिएको ,घर कस्तो राम्रो।
    जाडो याम आगो, ताप्न पाईने रहेछ,
    बस्नलाइ कुर्सीको नी ,भर कस्तो राम्रो।
    सुन्दर दृष्य त्यो वर ,पर कस्तो राम्रो।

    सरिता सेढाई धादिङ्ग

    पञ्चाङ्ग:०५

    सुन्दर एउटा गाउँ रहेछ।
    प्रकृति प्रेमील ठाउँ रहेछ
    लाग्छ यही नै रमाएर बसु,
    स्वर्गको परि पो नाउँ रहेछ।
    पीडा बिसाउन जाऊँ रहेछ।
    ह्यारिस

    पञ्चाङ्ग:०६

    आहा!कति रमणीय प्राकृतिक दृश्यको गाउँ भन्छन्।
    कतैबाट हेर्न आउने पर्यटकीयको ठाँउ भन्छन्।
    कठाङ्ग्र्‍रिएको जाडोमा बलेको त्यो आगो ताप्न जाउँ की,
    वरिपरि हरियाली छ मनोरञ्जन हुन जाऊँ भन्छन्।
    हेर्दा सुन्दर घरभएको दोस्रो स्वर्गीय नाउँ भन्छन्।
           बेदु न्यौपाने
                काठमाडौँ ✍️🇳🇵

    पञ्चाङ्ग:०७
    हिउँ परी झर्ने छानो रहेछ ।
    चिटिक्क यो घर सानो रहेछ।
    प्रकृतिले भरीपूर्ण ठाउँ   यो ,
    अर्गानिक  अन्न दानो रहेछ ।
    उत्पादित पाथी मानो रहेछ ।

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०८
    मिठो बाणी बोलौ सधैं हामी सबै प्रकृतिकै यौटा रुप हौँ।
    किन बोल्नु प्याच्च रीस उठ्दा बरु एकछिनआफैं चुप हौंँ।
    पञ्चतत्वले    बनेको   यो   प्रकृतिमै   रम्नुछ,  रमाउनुछ,
    प्रकृति बचे मात्रै हामी त बाँच्न सक्छौ होशियारी खुप हौंँ।
    हामी त केही  होइनौं  जलेको  अग्निमा एकथोपा धुप हौंँ ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९

    हिउँद जाग्दा धरामा  जतातै जाडाे पलाउने दिन आयाे।
    पातलाे लुगा  थन्क्याएर बाक्लाेलाई चलाउने दिन आयाे ।
    हुनेले    लगाए गमक्क  नहुनेकाे साथी हुने भयाे आगाे,
    बलियाे मस्त छ बृद्ध असक्तलाई गलाउने  दिनआयाे ।
    रूख बिरुवा   कक्रक्क पारी ठण्डीले  थलाउने दिन आयाे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग १०
    प्राकृतिक मनोरम दृश्य छटा भएको धरा छ ।
    बस्नलाई योग्य पवित्र वातावरणीय गरा छ ।
    मनमोहक चाल लता वृक्ष र कन्दरा कुनामा ,
    बोलिरहेका साथमा मन बहलाउने चरा छ ।
    बिरुवाको सहायता मूल उमार्ने भित्र जरा छ ।
    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग ११
    कति  सुन्दर  दृश्य आनन्द छ ।
    स्वच्छ मौसम छ हावा मन्द छ ।
    हेर  सर्वत्र  स्वर्ग झैँ  छ भूमि,
    नत  चक्काजाम  नत बन्द छ ।
    जिन्दगीको सुर आफ्नै छ्न्द छ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    Leave a Reply