
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११० औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
के भयो त ? ए आरिसे ! थोरै अश्लील बोल्दा,
ह्वारह्वार्ती नै गिफ्ट झर्थ्यो, भित्री वस्त्र खोल्दा ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१)
छाडा अश्लील भिडियोमा हुन्छ साह्रै दम,
तुरुन्तै भाइरल बन्छ हुन्न भ्यूज कम ।
– वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
२)
छोप्ने अङ्ग चट्ट छोप, ढाक्ने ठाउँ ढाक,
सभ्य बन्दा गाह्रो हुन्न, टार्नलाई छाक।
– मन्दिरा सेढाई
मलेखु,धादिङ
३)
केस सारा लुकाएर चोखिनु छ सधैँभरि,
सबै पोल खुले हाम्रो टिक्छ सत्ता कसोगरी?
– रामशरण न्यौपाने, भक्तपुर
४)
जमाना पनि यस्तै भएछ अश्लील चित्र हेर्ने,
भ्युज सङ्गै गिफ्ट बढ्दा सबैले उसलाई घेर्ने।
– तोया नाथ चापागाईं
दमक,झापा,नेपाल
५)
बिचार गरी चलाउनु सामाजिक सन्जाल,
उत्ताउलो बन्न खोजेमा, हुन्छ धेरै जन्जाल।
– नागेन्द्रप्रसाद यादव , दाङ
६)
अश्लील भिडियो बनाउँछन्, हेर्नेलाई कति मजा,
बल्ल टिकटक बन्द हुँदा झेल्दैछन् कतिले सजा।
– कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
७)
अश्लील भिडियो हालेर बहाना पाइने भ्यूज,
भाइरल त भइयो तर राम्रो होला यो न्युज?
– अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
८)
अश्लील भिडियो बनाइहाल भ्यूज आउँछ धेरै,
भाइरल हुने बाटो यही हो नभए हेर मेरै ।
– अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
९)
अश्लीलताको त भयो जताततै धेरै कारोबार,
हमाममा सबै नाङ्गा कस्लाई गरौँ खबरदार ?
– सुरेशकुमार पाण्डे दाङ घोराही १८
१०)
प्रतिभालाई टिकटकबाट प्रदर्शन गरी छिटै भाइरल बन्ने,
अश्लील अङ्गहरू हेर्न पाए मात्रै यो जमानाकाे मान्छेले आहा भन्ने।
– राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।
११)
सभ्य बनौँ शिष्ट बनौँ बनौँ हामी ज्ञानी,
असभ्य हुँदा बर्बाद हुन्छ जिन्दगानी ।
– बाबुराम पाण्डे
अर्घाखाँची
१२)
कस्तो विकृति आयो भाइरल हुन शरीर बेच्नु पर्ने,
उज्यालो छोडी अध्यारोमा अश्लील भिडियोले पैसा झर्ने ।
– अम्विका अधिकारी
झापा बिर्तामोड
१३)
जमानाले पनि कस्तो कस्तो चलन ल्यायो नि हे शङ्कर भोला !
सबैले अश्लील र जङ्गलीपन देखाए समाज कस्तो होला ?
– सुशीला शिखा
काठमाडौं कागेश्वरी
१४)
शरीर मेरो, उपहार मलाई; तिम्रो टाउको किन दुखेको?
मन लागे खोलन तिम्रा कपडा, आरिस गर्दै किन भुकेको?
– राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
१५)
नग्न तन देखाई अश्लीलता छर्ने,
भन्दा धेरै दोषी हेरी लाइक गर्ने।
– बिके मुखिया
दार्जिलिङ भारत।
१६)
मैले अङ्ग देखाउँदा खै उसलाई गाह्रो पर्यो,
सातो गयो सरकारको, टिकटक बन्द गर्यो !
– विवश पारदर्शी
झापा
१७)
अरूले छोटा लाउँदा संस्कृति बिग्रियो भन्छौ,
फेरि अघि सरी किन विकृतिको बाटो खन्छौ ?
– अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
१८)
अश्लील टिकटक बनाउँने दियाै अधिकार,
माेजमस्तीमा रमेकाको कसरी पो होला पार ?
– जी.वि.चिन्तन घाेराही-१४ दाङ
१९)
गुम्सिएका कुण्ठा पाेख्न टिकटक लाइभ जाने,
विकृतिले सिमा नाघ्याे अङ्ग देखाई मागी खाने ।
– ताराप्रसाद चापागाईँ
धुनिबेसी
२०)
छोप्ने अङ्ग छोप्नुनै पर्छ सभ्य बन्ने गर,
सभ्यता हुँदा गाह्रो हुन्न छाक टार्न तर ।
– बेदु न्यौपाने काठमाडौँ ✍️🇳🇵
२१)
मर्यादाको पालन गरे, सबैलाई नै राम्रो हुन्छ,
स्वाभिमान ओझेल पर्दा, देख्नेको मन कति रुन्छ।
– सञ्जना शर्मा
२२)
आउँदै थियोे बुढ्यौँलीमा जवानीको रङ्ग,
अब कसले हेर्ला नि! चाउरिएका अङ्ग ?
– होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
२३)
किन आरिस गर्छौ, अर्काले कमाउदा?
हाँसखेल गर्दै साथीभाइ रमाउदा ।
– बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
२४)
आओ हेर भनी भनी गोप्य अङ्ग देखाएका थिए,
गोप्य अङ्ग भङ्ग गरेर नै जिन्दगीमा मस्ती लिए ।
– समुद्र
जल्जला ७ गण्डकी
२५)
अश्लीलता बाटो रोज्नेहरू हुन् गतिछाडा र घाँडा
कुसन्देश दिनेलाई भनिनेछ समाजका काँडा ।
– प्रेम थापा “मन”बागलुङ
२६)
खुशी भएकी छु टिकटक मरेकाेमा,
मागी खाने मान्छेहरू पछि परेकाेमा।
– सविता पाण्डे
२७)
हेर्नेकै चाहनामा देखाउँदै सम्पत्ति आर्जन हुन्छ भने हाँसेर,
प्रदर्शनबाटै नाम र दाम कमाउने थलाे हुँदैनथ्यो मासेर ।
– रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
२८)
अश्लील तस्वीर पाेस्ट्याएर लाइक कमेन्ट हेर्ने,
असभ्यताकाे बिल्ला भिरी कस्ताे कामुक स्वाद फेर्ने ?
– त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
२९)
चालीस कटेपछि मेरो, जवानी आउँदै थियो,
कुन पापीको आँखा लाग्यो, टिकटक खोसी दियो।
– एवाइ प्रभात
३०)
विकृतिले सीमा नाघ्दा टिकटक पनि बन्द भयो,
विकृतिको व्यापार गरी कमाउनेको धन्दै गयो ।
– ध्रुव श्रेष्ठ
खोटाङ, हाल काठमाडौँ ।
३१)
सहिद घोषणा टिकटकको नै हुने भयो,
सारा नेपाली दुखी छन् खुसी जति सबै गयो ।
– कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी
३२)
टिकटक बन्द भयो, नत खति नत क्षति,
टिकटकले बिगार्दैथ्यो मान्छेको बरु मति ।
– चिरञ्जीवी श्रेष्ठ
धनकुटा ।
३३)
जवानी सबैलाई आउँछ नाङ्गो तन नदेखाउनू,
मौका अवसर आउँछ उच्छृङ्खलता नलेखाउनू ।
– चुडामणी देवकोटा
चनपा १३ काठमाडौ
हाल सिमरा बारा
३४)
गाेप्य अङ्ग प्रदर्शन गरी नपर दङ्ग,
कदापि हजुर मान्न सकिन्न सभ्य ढङ्ग ।
– प्रद्युम्न चालिसे ,
भक्तपुर कटुञ्जे।
३५)
कति बेला के देखाउँछन् हुदैनथ्यो टुङ्गो,
देख्नासाथ उफ्रिहाल्थ्यो भए नि पातेबुङ्गो l
– बाबुराम गौतम, गुल्मी
३६)
अनुशासित सभ्य भई बोल्ने गर नानी,
इज्जतसँग पैसा साट्ने आजै छोड बानी ।
– पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
३७)
गर्न त गर मानव अति साह्रो नगर,
अश्लील शब्द व्यवहारले खल्ती नभर।
– शोभा आचार्य गौतम
काठमाडौँ
३८)
देखाउँदा अश्लीलता गडगडाहट ताली आउँथ्यो,
देखाउनेको लाजभन्दा नि हेर्नेलाई लाज लाउथ्यो।
– यामनाथ आचार्य🇳🇵
पर्वत
३९)
झुठो बाेल्दैन भन्छन् सत्य देखाउँछ ऐेनाले,
केही दिन पख खुलिहाल्छ भन्नुभा’छ बाले ।
– दिनेश कोइराला
४०)
कहिले कोही देखिए हेर सबैमा त्यो बाधा,
आखिरी किन मानिसलाई बनाए लौ आधा ।
– आर्त अकुलीन
४१)
अर्को आउँछ हेरिराख एउटा टिकटक गए,
सबै पाप नै सफा चट्ट हुन्छ साथमा धन भए !
– इन्दिरा देवकोटा
४२)
राम्रा कुरा समेट्नु है सामाजिक सञ्जाल भित्र,
लाज पचाउन थालेपछि यस्तै हुन्छ बिचित्र।
– पुष्पा राई, खोटाङ।
४३)
जवानीमा लगाम लगाऊ हैन सोझालाई मोस्ने,
टिकटक हटाई नागरिकको हक किन खोस्ने ?
– इन्दु श्रेष्ठ
४४)
दुरूपयोग गर्नुहुन्न पाएँ भनी ठाउँ,
मर्यादालाई बुझ्नसके पो चम्किन्छ नाउँ ।
– पद्मा काश्यप पाण्डे, मोरङ
४५)
विकृति छाडी संस्कृति पनि हेर,
टिकटके मनलाई आजै फेर ।
– नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर ।
४६)
तस्बीरहरू अश्लील राख्दा अति भाइरल हुने ठान्यौ,
इज्जतको सवाल छैन हराएको पो आज बल्ल जान्यौ ।
– जमुना आचार्य सिन्धुपाल्चोक
४७)
छोटामोटा कुरा गरी समय नफालौँ,
टिकटक बिर्सेँ आगोमा घिउ नहालौँ ।
– लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी
४८)
गिफ्ट पाए जानीजानी खुस्काउने बस्त्र,
आजभोलि ङिच्च परे मुस्काउने अस्त्र ।
– निरज कोइराला, इटहरी
४९)
भुइँकाे टिप्न खोज्दा गाेजीकाे पाेखिन्छ,
बिचार नगरेमा पाइला राेकिन्छ ।
– रबि पाैडेल,दक्षिण भारत पाण्डेचरि ।
५०)
लाज नै पचाएर देखायौ गोप्य अङ्ग,
मजाले चलेको टिकटक भयो भङ्ग ।
– बिके माकजू ,भक्तपुर ।
५१)
देखाउँछु खोलेर अङ्ग छैन डराउनु,
लुकीलुकी हेर्नेहरूले किन कराउनु ?
– प्रदीप के रिमाल
५२)
आफ्नो नाङ्गो शरीर देखाई पैसा तान्नुपर्ने,
टिकटक नै बन्द भयो अब कसो पो गर्ने ?
– सरिता सेढाई, धादिङ
५३)
उम्लिएकाे जवानीको रङ्ग,
टिकटकमा देखाए अङ्ग ।
-सहयात्री शाेभा अर्याल
बुटवल , रुपन्देही