साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५१

  • १३ कार्तिक २०८०, सोमबार ११:१३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचासौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०७/०९गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५१[ एकाउन्नौं] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    पञ्चाङ्ग:०१
    कञ्चन झरनासँगै बस्न मन छ मलाई।
    दरिलो लगनगाँठाे कस्न मन छ मलाई।
    प्रकृतिको अनुपम उपहार अँगालेर,
    जानी नजानी प्रेममा फस्न मन छ मलाई।
    जिन्दगीको सपनामा पस्न मन छ मलाई।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    नयनभित्र संसार अट्ने नानी बनूँ आमा।
    दया र मायाले भरिएको खानी बनूँ आमा।
    लक्ष्य चुम्न सङ्कल्पित दृढ सधैँ रहूँ यस्तो,
    सेवा गर्न दधिचिझैँ महा–दानी बनूँ आमा।
    पहराको छहरा झैँ सफा पानी बनूँ आमा।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३
    झरना हेर्दै मूल नै हेर्न मन लाग्यो।
    रहर बेर्दै पुलले घेर्न मन लाग्यो।
    सम्पूर्णको वेदना बगोस् झरनासंगै ,
    विचार फेर्दै रचना केर्न मन लाग्यो।
    असत्य घेर्दै शान्तिले बेर्न मन लाग्यो।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०४
    झरना जस्तै जिन्दगी झर्न सकौँ।
    नाउ बनेर माझीको तर्न सकौँ।
    सिँचाइ गर्ने जमीन पानीले नै,
    मानव वेदना कष्ट हर्न सकौँ।
    उत्कृष्ट कर्म र धर्म गर्न सकौँ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०५

    म त के भनौ कोही झरनाबाटै खस्छन् अरे।
    कोही कोही रमाउँदै पृथ्वीतिरै बस्छन् अरे।
    झरनालाई पुलले घेर्ने हिम्मती पनि छन् ,
    त्यसैले धेरै साथी यतै कम्मर कस्छन् अरे।
    दुःखसुख खप्दै स्वकर्ममा घुँडा धस्छन् अरे ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०६
    झरना झैं चञ्चल हुनु तिमी।
    प्रकृति झैं अटल बुनु तिमी।
    कसैको रिस छैन तिमी भित्र,
    निल‍ो आकाश माथि छुनु तिमी।
    सेतो बादल भित्र घुनु तिमी ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०७

    रङ्ग छैन स्वाद छैन नाम हाे पानी मेराे ।
    बग्दै जाँदा काेही भन्दछन् आई सानी मेराे ।
    नदी ताल समुद्र झरना छाँगाे छहरा,
    जन्मथलाे हिमाल हुँदा त्यहीँ खानी मेराे ।
    ठाेस तरल ग्यास बन्ने छ है बानी मेराे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०८
    आहा! कति रमाइलो हेर्नै पर्ने ठाउँ लाग्छ।
    कति सुन्दर त्यहाँको दृश्य अनि गाउँ लाग्छ।
    झर्ना पहरा हरियो वन नेपालको धन,
    आफै उत्पादन देशको प्रकृति नाउँ लाग्छ।
    त्यस्तो हेर्दै मोहक र लोभ्याउने जाउँ लाग्छ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग :०९

    प्रकृतिकी छाँगा झरनाजस्तै बनूँबनूँ लाग्यो ।
    मनका हरेक रहरहरू भनूँभनूँ लाग्यो ।
    हराएर छालकै कन्दरामा लुकिछिपी खेल्दै,
    भूमि वाहन लुकाउने ठाउँ खनूँखनूँ लाग्यो ।
    बाल्यकाल सँगीसाथी बटुली गनूँगनूँ लाग्यो ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:१०
    यही झरनासंग रमाउन मन छ मलाई।
    एक अर्कोको हात समाउन मन छ मलाई।
    प्रकृतिको अनुपम छटा मनमा सम्हालेर,
    यो प्रकृतिमा केही कमाउन मन छ मलाई।
    यही नै घरबार जमाउन मन छ मलाई।
    ह्यारिस

    पञ्चाङ्ग:११

    कतै सललल बगेर जान्छ त कतै झरना बनेर झर्छ
    अडिदैन पानी र जवानी पलपल समय गनेर झर्छ
    कतै सुसेल्छ जवानी त कतै झरझर गर्दै बग्छ झरना
    पानीले नदि हुँदै त्यो सागर भेट्न हतार छ भनेर झर्छ
    जवानी चाहि मर्दिन भन्दै पलपल चिहान खनेर झर्छ।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:१२

    मनुष्य जीवन कञ्चन झरनाको जस्तै पानी बनु ।
    मान्छे भएर नै प्राणीहरूमा सधैँ भर दानी बनु।
    स्वार्थलाई मात्र हैन सबैप्राणीको रक्षा गर्न सकुँ,
    सधैँ सधैँ दासत्व नै हट्ने आँखाको सकुँ नानी बनु।
    म सबैलाई चारैतिरबाट दिन सक्ने दानी बनु।
    बेदु न्यौपाने

    Leave a Reply