“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सचालिसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०६/११गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४७[ सचालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल

शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
चित्रमा पञ्चाङ्ग~~~~~~
पञ्चाङ्ग:०१
मानिस कला हेर्न पल्किदो रहेछ।
जता कला छ त्यतै सल्किदो रहेछ।
मानिसको कलालाई गर्छु सलाम,
आफ्नो कला आफैँमा टल्किदो रहेछ।
अशक्त हुँदा याद झल्किदो रहेछ।
पञ्चाङ्ग:०२
कसले भन्छ र थोपाथोपा नद हुँदैन।
संरचना मिले पनि राम्रो कद हुँदैन।
हेर्नुस् झिँगटा मिलाएर मानिस बनेको,
मिहिनेतको खास मूल्य र पद हुँदैन ।
नखोज्नू है कलाको अन्तिम हद हुँदैन ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०३
मान्छेको आकार बन्दो रहेछ मिलाउन सके।
जराबुटामा राम्ररी आकार दिलाउन सके।
पौरखी हातहरुलाई सलाम गर्दछु मैले,
जिन्दगी सुखी बन्छ होला खुसी पिलाउन सके।
दिन गएको पत्तो हुन्न होला कलामा बिलाउन सके।
ह्यारिस
पञ्चाङ्ग०४
एक अर्काका छन् ओखती जानेमा मलाई यहाँ।
रोपेमा फल्दछ असर्फी जोगाए भलाई यहाँ।
छहारी र सहारा बनाउँला बुढ्यौलीमा पनि ,
चरा र प्राणीको नास छ जङ्गल जलाई यहाँ।
पहिरोमा थाम्छु काँध आफैँलाई गलाई यहाँ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ:०५
सबैले चाहेको हुँदैन पद यहाँ।
स्वच्छ र निर्मल भएन नद यहाँ।
कलाकारले कला दिए अनुभूति,
मेहनती तिम्रा खै ठूलो कद यहाँ।
मानिसको छ कलाकार हद यहाँ।
भगवती दवाडी ,झापा
पञ्चाङ्ग :०६
मानव आकारको चित्र झल्केको छ।
वृक्षहरुको जरो बन्न पल्केको छ।
बोट बिरुवा जरो रहेछ सक्कल ,
रुखहरुमा जड बनी अल्झेको छ।
पुनर्जन्मको कर्म फल बल्झेको छ।
बेदु न्यौपाने
काठमाडौँ ❤️
पञ्चाङ्ग:०७
प्रकृतिको भन्दा फरक चित्र पाएँ।
हृदयेश वृत्तको रङ्ग भित्र पाएँ।
यसमा पनि सास भर्न पाए हुन्थ्यो,
चित्रैमा नै एउटा मैले मित्र पाएँ।
यसो नियाली हेर्दा आफ्नै पित्र पाएँ ।
✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०८
लगतमा दृश्य संरचनाको खाल रहेछ।
जीवनत्व अड्याउने खालको ताल रहेछ।
दाउरा छैन त पकाउने सुरसार मेटिने,
भेटिने हरेक परिकारमा झाल रहेछ।
अगाडि राम्रो देख्दा पछाडि झन् छाल रहेछ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:०९
हरेक चिज राम्रो देखिदो रहेछ मिलाउन सके।
फाटेको मन पनि जोडिन्छ राम्ररी सिलाउन सके।
यहाँ वैमनस्यता भन्ने कसैमा पनि हुने थिएन,
नराम्रो कुरा पनि राम्रो बनाएर दिलाउन सके।
विष आफैं पिइ अरुलाई अमृत पिलाउन सके।
-पशपति राई खोटाङ।
पञ्चाङ्ग:१०
मलाई पनि त यस्तै कला सिक्नु छ।
राम्राे काम गरी समाजमा बिक्नु छ।
गर्दा नहुने के छर यस धर्तीमा,
प्रतिकुल समय आए नि हिक्नु छ।
जिउने कलाकाे साथमा नै टिक्नु छ।
उर्मिला के.शी.
धनकुटा