साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२७

  • ११ कार्तिक २०८०, शनिबार २२:०४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    जोडी
    असिम प्यार
    प्रकृतिको सुन्दर उपहार !

    • वसन्त अनुभव
      [२]
      युगल
      आनन्द आभास
      अनमोल प्रणय विश्वास !
    • पृथक प्रकृति, झापा
      [३]
      ढुकुर
      प्रेमालापमा रम्दै
      जीवन नयाँ सिँगार्दै !
    • जमुना कायस्थ,पोखरा
      [४]
      आनन्दित
      यस्तो माया
      पाइदैन कहिँ पनि !
    • प्रेम थापा “मन”, बागलुङ
      [५]
      जोडी
      अमुल्य सम्बन्ध
      आनन्दको आभास दिने !
    • दुर्गा आचार्य, मोरङ
      [६]
      सुन्दर
      ढुकुरको जोड़ी
      अनन्त प्रेम वार्तालाप !
    • डुकछिरिङ लेप्चा
      डुप्टिन, भारत
      [७]
      जोडी
      भाग्दैन कोही
      प्रकृतिको नियम तोडी !
    • पशपती राई, खोटाङ
      [८]
      प्रेम
      अटल निस्चल
      कतै देखिंदैन छल !
      -:सरिता सेढाई, धादिङ
      [९]
      जीवन
      असिम प्यार
      प्रकृतिको मीठो उपहार !
    • बेदु न्यौपाने, काठमाडौँ
      [१०]
      जीवनसाथी
      जिन्दगीको प्राण
      सहारा सबैभन्दा माथि !
    • तेजप्रसाद खनाल, दाङ
      [११]
      सम्बन्ध
      मीठो पल
      माया सधैँ अटल !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१२]
      आजभोलि
      सस्तो मोल
      यद्यपि प्रेमालाप अनमोल !
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      [१३]
      दम्पती
      घरिघरि कुटाकुट
      मनभित्र सधैँभरि प्रेमलुट !
    • निरज कोइराला
      बेलका-१, उदयपुर, हालः इटहरी
      [१४]
      प्रणय
      जीवनको यात्रा
      बिना कुनै भय !
    • गङ्गा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [१५]
      दिव्य
      कपोत संयोग
      प्रेम अटल अनमोल !
    • पं ज्यो. तोयनाथ सुवेदी, हेटौंडा -८, मकवान्पुर
      [१६]
      सहयात्री
      हुन् जीवनसाथी
      सुख शान्ति दात्री !
    • विवश पारदर्शी, झापा
      [१७]
      अनुराग
      अनुपम नाता
      जीवनको उत्कृष्ट छाता !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [१८]
      एउटै
      तस्विर छाया
      मनभित्र प्रेमिल काया !
    • राेशन पराजुली
      [१९]
      जीवन
      अमुल्य उपहार
      मायाप्रेम हुन्छ सदाबहार !
    • मङ्गला उपाध्याय, बारा
      [२०]
      पन्छी
      मान्दैनन् कत्ति
      माया साट्न अल्छी !
    • घनश्याम पौडेल, पोखरा
      [२१]
      परेवा
      प्रेमिल जोडी
      सौम्य आत्मिक पिरती !
    • आर्त अकुलीन
      [२२]
      पिरती
      आत्मिक बन्धन
      सुन्दर परेवा जोडी !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२३]
      परेवा
      सुन्दर अनुभूति
      शान्ति प्रेम सद्भाव !
    • समुन्द्रा शर्मा, इटहरी
      [२४]
      प्रेयसी
      मिलनको क्षण
      गर्दछ जीवन समर्पण !
    • भगवती दवाडी, झापा
      [२५]
      जाेडी
      अटुट माया
      जग अखण्डित विश्वास !
    • टीकाराम जाेशी, टीकापुर
      [२६]
      पिरती
      विपरित सम्बन्ध
      परेवाको जोडी जस्तो !
    • गुणनिधि घिमिरे, अमेरिका
      [२७]
      जोडी
      प्रेमको प्रतीक
      जीवन कटाउने माध्यम !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [२८]
      सिकौँ
      प्रेम पाठ
      हेरेर जोडी परेवाबाट !
    • अर्जुन प्रसाद चौलागाई
      रामेछाप, सुनापति-१
      हालः अमेरिका, बोस्टन
      [२९]
      प्रेम
      आपसी सद्भाव
      एकताको दर्बिलो प्रतीक !
    • सरस्वती श्रेष्ठ इटहरी
      [३०]
      जीवनसाथी
      अभिन्न अङ्ग
      मिलेमा छ रङ्ग !
    • तेजप्रसाद खनाल
      [३१]
      परेवा
      प्रेमको प्रतीक
      पुग्दैन मानव नजिक !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [३२]
      सम्बन्ध
      बिग्रिए फसाद
      मिलेमा दैवी प्रसाद !
    • प्रभादेवी पौडेल,चितवन
      [३३]
      प्रेम
      बिचार एउटै
      मिलनकाे दर्बिलाे आधार !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [३४]
      प्रेमिल
      परेवा जोडी
      सिकाउँदै प्रेमको परिभाषा !
    • गोपालप्रसाद पौड्याल
      [३५]
      प्रेम
      शाश्वत प्राकृतिक
      अनन्त काल पर्यन्त !
    • सुधा बाँस्कोटा ढकाल
      [३६]
      प्रेम
      जिउने आधार
      मनको भित्र उमङ्ग !
    • धनमाया चौधरी, कैलाली
      [३७]
      प्रेम
      मिलन गाँठो
      भावना साट्ने थलो !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [३८]
      जीव
      गहिरो मायाप्रेम
      सृष्टिको सुन्दर उपहार !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३९]
      प्रेम
      जोडी परेवा
      शाश्वत मायाको प्रतीक !
    • श्रीकृष्ण शर्मा, पोखरा
      [४०]
      मुटु
      जीवनको आधार
      माया मिल्यो सदाबहार !
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      [४१]
      माया
      परेवाको कस्तो
      मानवले बुझेको सस्तो !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [४२]
      सप्रेम
      ममता सम्मान
      प्रकृतिको अनुपम उपहार !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [४३]
      परेवा
      प्रेमको प्रतीक
      मायाको मीठा संसार !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [४४]
      जोडी
      मगन प्रेममा
      दिदैछ प्रकृतिले साथ !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४५]
      ढुकुर
      प्रेमिल जाेडी
      युगलकाे आत्मिय सम्बन्ध !
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [४६]
      चखेवा
      अनौठो प्रीति
      अचम्म संसारको रीति !
    • भवानी घिमिरे, सर्लाही
      [४७]
      आनन्दित
      प्रेमिल जोडी
      प्रकृतिको उपहारको सदुपयोग !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४८]
      सुन्दरम्
      प्रियतम जोडी
      रहुन् नाता नतोडी !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [४९]
      प्रेमिल
      परेवा जाेडी
      खुसीले पकृतिसँग रमाउँदै !
    • बलराज गिरी, कैलाली
      [५०]
      मिलन
      माया एकअर्कासँग
      युगको युगल उमङ्ग !
    • पागल भिक्षुक, कैलाली
      [५१]
      माकाघुर
      कपोत जोडी
      प्रेमको अनुपम प्रतीक !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [५२]
      प्रेमिल
      जोडी परेवाको
      साहारा सधैँँ हाँगाको !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [५३]
      चरी
      प्रकृतिसँग मनपरी
      माया प्रेम अजम्बरी !
    • बिपी खनाल
      लम्की, कैलाली
      [५४]
      परेवा
      शान्तिको प्रतिक
      सफल प्रेमको नमुना !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु न पा-३
      [५५]
      पारावत
      उभयचरमा श्रेष्ठ
      सुन्दर प्रेमको प्रतीक !
    • कण्ठराज गिरी, टीकापुर
      [५६]
      परेवा
      प्रेमको प्रतिक
      आपसी सद्भाव अधिक !
    • दुर्गा भट्टराई, मोरङ
      [५७]
      सृष्टि
      चल्छ तबसम्म
      प्रेम रहन्छ जबसम्म !
    • बालकृष्ण खनाल, टीकापुर
      [५८]
      जोडी
      प्रेम बन्धन
      एक अर्काको सहारा !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, कैलाली
      [५९]
      प्रेम
      परेवा जोडीको
      निस्कपट अमरत्वको परिचायक !
    • कमला देवकोटा, पाल्पा
      [६०]
      प्यार
      जीवनको नाम
      सुख शान्ति आनन्द !
    • तिला लेकाली
      [६१]
      प्रेम
      आत्मा मिलन
      एक अर्काको परान !
    • म्यामराज राई, भोजपुर
      [६२]
      उदाहरण
      प्रीतिको चरण
      जीवन र मरन !
    • रामप्रसाद पुरी
      बादेल, खाेटाङ
      [६३]
      जोडी
      मायाको डोरी
      आखिर दुवैतर्फ बराबरी !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [६४]
      पन्छी
      प्रेमको रङ्ग
      छैन मानिसमा ढङ्ग !
    • नागेन्द्र प्रसाद यादव
      [६५]
      सुन्दर
      जोडी परेवा
      कति मिलेको वाह !
    • रिता खराल, रूपन्देही
      [६६]
      पिरती
      जोडी परेवा
      मनको आत्मिक भावना !
    • कविता आचार्य, कैलाली

    Leave a Reply