
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १२६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
दसैँ
पावन पर्व
मनाऔँ है सगर्व !
- वसन्त अनुभव
[२]
दसैँ
सद्वभावकाे चाड
नहाेस् कसैमा अफाप ! - राेशन पराजुली, धरान
[३]
दसैँ
आफन्तको मेल
नहोस् कतै झेल ! - गोपेन्द्र रिजाल, पाँचथर
[४]
भावना
बडा दसैँको
सबै जनालाई शुभकामना ! - दुर्गा आचार्य, मोरङ
[५]
जित
नराम्रोमा राम्रोको
बनेर मित एकअर्काको ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[६]
दसैँ
नबनाेस् दशा
देखाउँदा ठूलाे तमाशा ! - निरज कोइराला
बेलका-१, उदयपुर हालः इटहरी
[७]
दसैँ
छाओस् खुसी
नबनाेस् काेही दु:खी ! - राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[८]
दसैँ
पवित्र चाड
नगराैँ हिंसात्मक प्रहार ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटु्जे
[९]
दसैँ
आशिषको पर्व
गर्नुपर्छ सबैले गर्व ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[१०]
दसैँ
बनोस् मस्त
नहोस् है अस्तव्यस्त ! - भगवती दवाडी, दमक, झापा
[११]
कालरात्री
कालहरूकी काल
जगत सम्हाल्ने सिद्धिदात्री ! - घनश्याम पौडेल, पोखरा
[१२]
नवदुर्गा
दिनहुँको पूजा
सुख शान्ति समृद्धि ! - सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[१३]
दसैँ
एक पर्व
हिन्दुत्वको महान गर्व ! - तोया नाथ चापागाईं
दमक, झापा, नेपाल
[१४]
दसैँ
भेटघाटको पर्व
गरौँ मितव्ययी खर्च ! - कमला देवकोटा, पाल्पा
[१५]
चाड
मनाउने सधैँ
रमाइलो पर्व दसैँ ! - सरिता काफ्ले
कोहलपुर-८, पिपिरी, बाँके
[१६]
चाडपर्व
हाम्रा पहिचान
संस्कृति अनुरुप नाचगान ! - तेजप्रसाद खनाल
लमही, दाङ
[१७]
दसैँ
माटो टीका
सबैभन्दा महान् जननी ! - आर्त अकुलीन
[१८]
दसैँ
उमङ्ग छरोस्
आपसमा सद्भाव भरोस् ! - इन्दिरा देवकोटा
कपिलवस्तु नपा-३
[१९]
दसैँ
बोकेर सफलता
भेटोस् गन्तव्यको मार्ग ! - प्रेम थापा “मन”, बागलुङ
[२०]
परदेशी
सम्झन्छ सधैँ
गाउँघर दसैँ तिहार ! - अबोध निर्मल, कैलाली
[२१]
दसैँ
महान पर्व
गरौँ आफैमा गर्व ! - सुस्मिता अधिकारी, काठमाडौँ
[२२]
दसैँ
खुबै हर्ष
आशिर्वाद थाप्ने चाड ! - भवानी घिमिरे, सर्लाही
[२३]
दसैँ
नवरात्री पूजा
हिन्दुको महान पर्व ! - बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई-४, झापा
[२४]
चम्पन
गाउँघर अंगना
खुसयाली भरल मान्यवर ! - सागर कुस्मी, कैलाली
[२५]
नवदुर्गा
कानमा जमरा
निधारमा रातो टीका ! - पागल भिक्षुक, कैलाली
[२६]
दसैँ
संस्कृति हाम्रो
नहोस् खुबै चाम्रो ! - नागेन्द्रप्रसाद यादव , दाङ
[२७]
दसैँ
रमाइलो पर्व
मनाउँदा लाग्छ गर्व ! - नारायण कोइराला
तानसेन, पाल्पा
[२८]
दसैँ
रमाइलो भेटघाट
गरौँ सफलताको कामना ! - धनमाया चौधरी, कैलाली
[२९]
दसैँ
मनाऔँ उत्सव
गरेर राैद्रको नाश ! - श्रद्धा आचार्य, पोखरा
[३०]
महाकाली
शक्ति स्वरूपा
अत्याचारमा विजयकाे पर्व ! - नारायण प्रसाद उपाध्याय, कैलाली
[३१]
दसैँ
महान पर्व
मनाऔँ मानेर उत्सर्ग ! - मिलन के. सी. थापा, पोखरा
[३२]
देवीपूजन
प्राणिक़ो दशा
हेर्दै बुद्धका आखा ! - कण्ठराज गिरी, टीकापुर
[३३]
दसैँ
कला संस्कृति
सुध्रियोस् मानव प्रवृत्ति ! - बुद्धिप्रसाद लामिछाने
घोडाघोडी नपा-८, कैलाली
[३४]
दसैँ
महत्त्व धेरै
टीका जमरा आशिर्वाद ! - शोभा आचार्य गौतम
काठमाडौँ
[३५]
दसै
खुसीको पर्व
ठूलालाबडाले दिन्छन् आशिष ! - धर्मी शाक्य, बुटवल, रुपन्देही
[३६]
दसैँ
आफ्नो संस्कृति
जोगाउनु हाम्रो कर्तव्य ! - दुर्गा भट्टराई, मोरङ
[३७]
पर्व
खुसीका रङ्गहरू
मनमा अनेकौँ उमङ्गहरू ! - कविता आचार्य, कैलाली
[३८]
दसैँ
चारैतिर हर्षोल्लास
हिन्दुहरुको पर्व खास ! - पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३, काभ्रे
३९.
दसैँ
आशिर्वादको आशा
गरिबीको नबुझिने भाषा ! - अम्विका अधिकारी
झापा, बिर्तामोड
४०.
दसैँ
जमरा टीका
परम्परा संस्कार फिका ! - कमला देवकोटा, पाल्पा