
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १२४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
ममता
ज्यानको बाजी
हुन्छिन् हरदम राजी !
- वसन्त अनुभव
[२]
आमा
राखेर ध्यान
हुर्काउँछिन् बच्चाको ज्यान ! - सरिता सेढाई, धादिङ
[३]
आमा
ममताको काख
हजारौंमा हुन्छ लाख ! - सम्झना थापा मगर, स्याङ्जा
[४]
आमा
स्पर्शकाे अनुभूति
जीवनसँगै जिउन सिकाउने ! - राेशन पराजुली, धरान
[५]
आमा
ममताकी खानी
ढाकीमा सुन्दर रानी ! - डुकछिरिङ लेपचा, भारत
[६]
खोलो
जसोतसो तरियो
देख्तिनँ आमालाई कतै ! - युगल त्रिन
[७]
आमा
साहसकी खानी
सन्तान सुरक्षा कवच !
सुस्मिता अधिकारी, काठमाडौँ
[८]
आमा
आफू मरेर
बचाउँछिन् खोला तारेर ! - अम्विका अधिकारी
झापा, विर्तामोड
[९]
आमा
सृष्टिको रचना
मेटिन दिन्न सिर्जना !
-पशपति राई, खोटाङ
[१०]
आमा
आफू मारेर
सन्तान खाेली तारेर ! - निरज कोइराला, इटहरी
[११]
नि:स्वार्थ
हुन्छन् आमा
औलादको लागि त्यागी !
- सुरेशकुमार पाण्डे
दाङ, घोराही - [१२]
- आमा
- माया अपार
- जोखिम मोल्न तयार !
पृथक प्रकृति, झापा
[१३]
आमा
महिमा अपरम्पार
एकमात्र जिउने आधार !
रिता खराल, रूपन्देही
[१४]
आमा
निस्वार्थ माया
दिन्छिन् हरदम छाया !
सरस्वती श्रेष्ठ, इटहरी
[१५]
आमा
ममताकी खानी
उनैमा रहन्छ जिन्दगानी !
घनश्याम पौडेल, पोखरा
[१६]
जननी
बरसँगै पीपल
चौतारीको सौम्य शीतल !
आर्त अकुलीन
[१७]
आमा
महान कति
अलौकिक सशक्तिकी खानी !
इन्दिरा देवकोटा, कपिलवस्तु
[१८]
निश्चल
आमाको माया
ज्यान जाेखिममा राखेर !
प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[१९]
ममता
सकिन्न देख्न
बाहिरी नजरले आमाको !
ध्रुव श्रेष्ठ
खोटाङ बजार, हाल: काठमाडौ
[२०]
आमा
सृजनाकाे खानी
सन्तानको हुन सिरानी !
राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी-५, संगम काेलानी, भक्तपुर
[२१]
आमा
शर्तहीन ममता
खतरा मोड्ने क्षमता !
अगस्टीन राई
पूर्व सिक्किम, भारत
[२२]
आमा
सन्तानको खुसीमा
लाग्छिन् जस्तोसुकै जोखिममा !
केन्द्रप्रकाश बराल, इलाम
[२३]
आमा
ममताकी खानी
सृष्टिकी हुन् रानी !
धनमाया चौधरी, कैलाली
[२४]
माया
आफ्नोभन्दा धेरै
सन्तानको गर्छिन् आमा !
बि के विरही, टीकापुर
[२५]
महतारी
ममताको फुलबारी
धर्तीकी उत्कृष्ट नारी !
तोया नाथ चापागाईं
दमक, झापा
[२६]
आमा
हिँड्दै कठिनाईमा
बचाउँदै सन्तान पानीमा !
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६ सन्खु
[२७]
ममता
आमाको जस्तो
पाइदैन कतै पनि !
प्रेम थापा “मन”, बागलुङ
[२८]
आमा
सन्तानको द्वार
जोखिम मोल्न तयार !
बेदु न्यौपाने, काठमाडौँ
[२९]
आमा
ममताकी खानी
सन्तानको दिलकी रानी !
गोपेन्द्र रिजाल
मेची, पाँचथर
[३०]
भविष्य
दृष्य, बालकको
जीवन आमाको सेरोफेरो !
पागल भिक्षुक, कैलाली
[३१]
विधाता
आमाको माया
ज्यानभन्दा सन्तानको ममता !
विवश पारदर्शी, झापा
[३२]
आमा
लगाइदियौ जामा
स्कुल जान तामझाम !
चक्र शाही, लम्की, कैलाली
[३३]
आमा
एक सृष्टिकर्ता
सन्तानको सधैँ छाया !
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाइ-४, झापा
[३४]
चोखो
निस्वार्थ माया
आमा बनेर हेर्दा !
गुणनिधि घिमिरे, अमेरिका
[३५]
मातृत्त्व
निस्वार्थ सेवा
फलाउँछिन् आमाले मेवा !
ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[३६]
शास्त्र
भन्छ यसरी
यमुना तारे वासुदेवले !
अमृत सुवेदी
[३७]
बालक
सुरक्षित हुने
साथमा हुँदासम्म आमा !
नारायणप्रसाद अम्मै
घोडाघोडी-१, कैलाली
[३८]
माया
आमाको छाया
बिचल्ली छैन सम्भावना !
नारायण कोइराला
तानसेन, पाल्पा
[३९]
बाँच्न
संसार जगाउन
काफी मन लोभ्याउन !
नन्दलाल आचार्य, उदयपुर
[४०]
खुसी
तिम्रो काँध
मेरो सुन्दर भविष्य !
हिमाल अम्मै, घोडाघोडी, कैलाली
[४१]
ममता
हृदयको टुक्रा
यो संसार विचित्र !
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[४२]
आमा
जोखिममा परी
सन्तानलाई बचाउँछिन् सधैँभरि !
योगेन्द्र भट्टराई, खोटाङ
[४३]
आमा
सृष्टिकै जननी
ममताकी हुन् खानी !
त्रिलोक रामदाम
सि.न.न.पा-८, भैरहवा, रुपन्देही
[४४]
आमा
हत्केलामा ज्यान
रक्षार्थ बचाउँछिन् सन्तान !
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ
[४५]
काख
अरूको लाख
पाइन्छ आमाको एकमा !
जमुना आचार्य
[४६]
आमा
तर्दै खोला
पार्दै जीवन जोखिममा !
कमला पौडेल
बरेङ-१, उर्लेनी, बाग्लुङ
[४७]
आमा
सदैव माया
सन्तानकाे हितमा धामा !
सुरेश चन्द्र घिमिरे
[४८]
आमा
हरेक परिस्थितिमा
सधैं रहन्छिन् साथमा !
समुन्द्रा शर्मा, सुनसरी
[४९]
सन्तान
सुरक्षा खातिर
माता सर्वोपरि आखिर !
मङ्गला उपाध्याय, बारा
[५०]
डालीमा
बसेको बालक
अपार ममता आमाको !
धर्मी शाक्य बुटवल, रुपन्देही
[५१]
माता
अतुलनीय देवी
हरपलको न्यानो आश्रय !
एस बी देशभक्त, लमही, दाङ
[५२]
बचाउने
सृष्टिको चक्र
आखिर हिड्नुपर्ने बक्र !
रामप्रसाद पुरी, बादेल, खाेटाङ
[५३]
माता
जगत् जननी
अनन्त साश्वत सौदामिनी !
शारदा गौतम आचार्य, ललितपुर
[५४]
शक्ति
आमाको अपार
मान्दिनन् कहिले हार !
दुर्गा आचार्य, मोरङ
[५५]
लाख
आमाको काख
बचाउने हरदम खास !
सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[५७]
आमा
ज्यानको बाजी
सन्तती बचाउन राजी !
कमला देवकोटा, पाल्पा
[५८]
आमा
भगवानकी रूप
सृष्टिकी हुन् सम्बाहक !
देवी पन्थी
[५९]
आमा
धर्तीकी रानी
सम्मान गरौँ जानी !
तेजप्रसाद खनाल
दाङ।
[६०]
जननी
ममताकी धनी
बचाउँछिन् डुबेर पनि !
अच्युत घिमिरे, सर्पाङ, भुटान
[६१]
आमा
ममताकी खानी
जिन्दगी सन्तानमा लगानी !
मन्दिरा सेढाई
मलेखु, धादिङ
[६२]
आमा
संसार सारा
बुढेसकालमा हुन्छिन् बेसहारा !
साहित्य प्रेमी सलिन
[६३]
आमा
असीमित अपार
सन्तानका लागि देवतुल्य !
गोपालप्रसाद पौड्याल
[६४]
मातृत्व
ईश्वरकाे रूप
निस्वार्थ सन्तानको माया !
श्रद्धा आचार्य, पोखरा
[६५]
आमा
ममताकी खानी
सधैँ सन्तानको निगरानी !
नागेन्द्रप्रसाद यादव, दाङ
[६६]
बाटाे
जीवन सङ्घर्षकाे
ममताको साथमा भयरहित !
टीकाराम जाेशी, टीकापुर
[६७]
आमा
सन्तानकी रानी
सदा ममताकी खानी !
मिलन के. सी.(थापा), पोखरा
[६८]
आमा
सर्वस्वसहित नानी
करुणाकी बन्दछिन् खानी !
भगवती दवाडी, झापा
[६९]
माया
आमा हुन्
शक्तिशाली शितलु छाया !
शोभा आचार्य गौतम, काठमाडौँ
[७०]
माता
ममताकी खानी
दु:खसुखमा एक साहारा !
कविता आचार्य, कैलाली