साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०१

  • २५ आश्विन २०८०, बिहीबार ००:४० मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    महिनौँ बित्यो दर खादैमा, मासु रक्सी चिउरा,
    नाङ्गो तन यो कम्मर मर्काई, —–गाउँदै बेसुरा ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    वर्ष दिनको तीज पर्व, दर नखाई भएन,
    ऋण काढेर खादा हजुर ! घरबासै रहेन ।
    🔹वसन्त अनुभव
    [२]
    जहाँ पनि देखिन्छन् त नेताकै मान्छे,
    बाँडहरू अघि सर्छन् बनेर भान्छे ।
    🔹पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [३]
    तीजको नाममा मात्तिएर रक्सी बोतल,
    यसैगरी तिम्रा आन्द्रा भुँडी सबै खोतल ।
    🔹प्रेम थापा “मन”बागलुङ
    [४]
    धनाढ्यहरूले महिनौँदेखि मनाउँदैछन्, नाचगान गर्दै तीज,
    ऋण काढेर खाँदाखेरि तिर्ने छैन, घरमा अन्न एक पाथी बीज।।
    🔹कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५]
    जिन्दगानी पाएको हो रमाइलो गर्न,
    जे जे खाउँ के खाँचो हौ आफ्नो पेट भर्न ।
    🔹गुणनिधि घिमिरे, अमेरिका
    [६]
    पैसासँग बिक्न थाल्याे माैलिक संस्कृति हाम्राे,
    विदेशीकाे अन्धानुकरण विकृति भाे राम्राे ।
    🔹निरज कोइराला
    [७]
    दर पनि कस्तो आउन थाल्यो बोतल भित्रमा,
    हेरेर नि के भनौं खै, अचम्मै लाग्ने यो चित्रमा।
    🔹अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [८]
    पहिलेको जस्तै न तिज आयो न भेटियो दर,
    मेला पर्वको पनि कहाँ रह्यो पहिले झैँ भर ।
    🔹सुरेशकुमार पाण्डे ०९-०९-२०२३
    [९]
    पैसासॅंग तुलना गर्दै मनाउॅंदा तीज,
    पछि एक गेडा नरहॅंला घरमा बिज।
    🔹अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    [१०]
    मौलिकतामा भित्रिएको विकृतिले आकाश छोयो,
    संस्कृति हराउला कि भन्ने सन्तापले मन रोयो ।
    🔹गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    [११]
    दुईदिनको जिन्दगी हो मोजमस्ती गर्छौं,
    आज पनि दर खान अर्को टोलमा सर्छौं ।
    🔹सरिता सेढाई धादिङ
    [१२]
    पहिला पहिला एकदिन मनाउने तिज अहिले महिनौँ मनाउने,
    रेष्टुरेन्टमा गई दर खाएर निस्कदाखेरि डुङ्डुन्ती हुन्छ गनाउने।
    🔹राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    १३)
    न कसैको डर छ यिनीलाई, आधुनिक दर खान,
    गरिब माइती छाडा छन् चेली, खोज्दैनन् माइत जान ।
    🔹सरस्वती भट्ट
    १४)
    तिजको नाउँमा फैलिएको छ शैली पाश्चात्य,
    पुरुषभन्दा बढी नारीहरू बने अमात्य ।
    🔹समुद्र
    जल्जला७गण्डकी
    १५)
    महिनौँदेखि दर खाने यो कस्तो चलन आयो,
    रक्सी, बियर ह्विस्कीसँगै, बेसुरमा नाँच्न पायो ।
    🔹एवाइ प्रभात
    धनकुटा छेन्ताङ सहिदभुमि-३,कोङ्लाङ
    हाल मोरङ
    १६)
    पहिलेझैँ कहाँ छ, नारीको दर खाने तरिका,
    आजकल त वाइन पो पिउछन् थरीथरीका।
    🔹शंकर कार्की, थाहा नगरपालिका ३ मकवानपुर।
    १७)
    आधुनिक तिज भन्छन् स्वतन्त्रताकाे दुरुपयाेग भयाे,
    ह्विस्की वाइन डिस्काेमा तिज डुब्याे विकृती छाउँदै गयाे ।
    🔹ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    १८)
    महिनौँ दिन भोज, मदिरापान, यो कस्तो संस्कृति ?
    सच्याइदेऊ शिव ! तिमीले हरे, तिजको विकृति ।
    🔹ध्रुव श्रेष्ठ,
    खोटाङ वजार,
    हाल नरेफाँट,काठमाडौ ।
    १९)
    चाडबाड भन्दै नसा र रक्सी धेरै खायो,
    सन्चै नहुने रोग लागेपछि होश पायो ।
    -चन्द्रप्रकाश `कमल´
    तिनाउ-१ कचल,पाल्पा।
    २०)
    रक्सी मासु बियर हातमा दर खान बसेका,
    तिजमा नाँच्न गाउन भन्दै डिस्काे बार पसेका।
    🔹भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    २१)
    दिनभरि होटलमा मदिराले नुहाउँछन्,
    मिलिजुली टिकटक खोली तिज मनाउँछन्
    🔹गम्भीर दुवाडी
    गजुरी-५, धादिङ्ग
    २२)
    आधुनिक जमाना छ, दर त जताततै खानै पर्‍यो,
    एकछाक मात्रै माइत अरू सबै होटलमा टर्‍यो ।
    🔹राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ
    २३)
    हुने कुरा हुँदै गर्छ मन बहलाउनुपर्छ,
    अभिनय होला हजुर तन तन्काउनुपर्छ ।
    🔹नन्दलाल आचार्य, उदयपुर ।
    २४)
    बल्ल बल्ल पाएका छौँ रक्सी र चिउरा खान,
    जिउँदो छँदै मोज गर्ने हो, मरे के छ लान ?
    🔹बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २५)
    तिजको दर महङ्गो भो मासु र बियर,
    शरीरलाई हानी गर्छ नखाऊ डियर !
    🔹कमला देवकोटा ,
    पाल्पा
    २६)
    छाडा भयाे तिजकाे मर्म हुन्छ के के घरमा ?
    बधुलाई त लाग्छ मजा हुन्छ लाज वरमा ।
    🔹जी.वि.चिन्तन दाङ
    २०८०/०५/२३ बिहान ७:३३
    २७)
    फेसन भयो तिज र दरखाने पर्व,
    गर्न छोडे भयो अब संस्कृतिमा गर्व ।
    🔹मन्दिरा सेढाई
    मलेखु,धादिङ
    २८)
    नारीको हाँसो खुशी, समाजलाई सैह्य छैन,
    दुःख र पीडा पोख्नु मात्रै गीत सङ्गीत हैन ।
    🔹पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    २९)
    तिज भनेर नाच्ने सेता साप्रा देखाएर,
    सकियो थिति विकृतिको नाम लेखाएर ।
    🔹नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    ३०)
    कस्तो तिज मनाउँदैछौ संस्कृति माथि गरी अत्याचार,
    यही स्वाङले पुरुषहरू वाध्य हुन्छन् गर्न भ्रष्टाचार ।
    🔹चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    ३१)
    आयो है परिवर्तित समाजमा दरको अनौँठो रुप,
    लाएनन् दुःखीमा मलम देखाएनन् स्वतन्त्रताको धुप
    🔹सुस्मिता अधिकारी ,काठमाडौँ
    ३२)
    ईर्ष्या गर्ने गर्दै गरुन्, दर खाने हो ठोकेर,
    खुट्टा टेक्नै नसकिएमा, लैजाने छन् बोकेर।
    🔹होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ३३)
    खाने चिज हैन मदिरा आवश्यक पनि छैन – यसैको छ विश्वबजार,
    नखानुस् भन्दा कसैले टेर्दैन आजकल फेसनालिटी देखियो हजार ।
    🔹चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    ३४)
    रहरले याे जिन्दगी कहाँ पुरायो नारी,
    संस्कृति बचाऊ, नल्याऊ विकृतिका भारी।
    🔹शोभा आचार्य गौतम
    ३५)
    छाडा प्रवृत्तिले समाजमा नसोचेको अड्डा जमाइयो,
    चाडपर्वमा सर्वत हैन मदिरा बोतल समाइयो ।
    🔹अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ३६)
    एकरात खाने दर त भयो महिनौँ पाटी,
    रम, बियर चलाइदिने चेली कति आँटी ।
    🔹त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ३७)
    दरकाे नाउँमा वर जाला कि तिजमा यसपालि,
    देखासिकी गर्ने हुँदा घरै अब हुने भयो खाली ।
    🔹रामप्रसाद पुरी,बादेल खाेटाङ
    ३८)
    संस्कृति र संस्कार बिर्सिएर कोही होटल गए,
    देखासिकी गर्न खोजेर हेर ऋणका भागि भए।
    🔹दुर्गा आचार्य
    मोरङ
    ३९)
    कस्तो रीति आयो अचेल चाडपर्व बेढङ्गी,
    रक्सी चुरोट मदिराले बढा’को छ महङ्गी ।
    -पद्मा पाण्डे
    पथरी मोरङ
    ४०)
    नयाँ नेपाल सारै राम्रो महिनौँ तिज मान्न पाइन्छ,
    निर्धक्कसँग नाँच्दै गाउँदै मात्दै दर रक्सी खाइन्छ !
    🔹विवश पारदर्शी
    झापा
    ४१)
    तिज आयो अब खानु छ दर,
    रक्सी पिउनेको के छ र भर ?
    🔹नागेन्द्रप्रसाद यादव , दाङ
    ४२)
    वर्षदिनको चाड तिज, संस्कृति हाम्रो,
    मदिरा पिउने चलन , होइन राम्रो ।
    🔹बिके मुखिया
    दार्जीलिङ, भारत।
    ४३)
    महिलाहरू खुम्चिएर बस्ने दिन गयो,
    नारी पुरुष समानता आयो राम्रै भयाे ।
    🔹केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ४४)
    दर स्थलमा भएतापनि झिलिमिली झिल्ला,
    नसाको तालमा मिचिन्छ कि आबरुको किल्ला ।
    🔹बाबुराम गौतम, गुल्मी
    ४५)
    न नियन्त्रण छ, न त बन्द छ बजार व्यवस्था ,
    श्रम विदेश यहाँ मोजमस्ति नाजुक अवस्था।
    🔹मनोहरी पौडेल
    गैडाकोट १
    ४६)
    हिँडेका सबै जीवन मार्ग हृदय सिएर,
    बिग्रेका हेर मानिस धेरै मादक पिएर !
    🔹आर्त अकुलीन, कैलाली
    ४७)
    तिमी पुरुष रमाउँदै वर्षैदिन भट्टी तिर जाने,
    मैले पनि तिजको दरमा रक्सिसँगै चुरोट ताने ।
    🔹सुशीला शिखा
    काठमाडौं, कागेश्वाेरी ..
    ४८)
    पुर्खाले बसालेकाे संस्कार , सन्ततिकाे नासाे ,
    माैलिक संस्कृतिलाई भुल्दै गए पर्ला पासाे ।
    🔹प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ४९)
    नेपाली संस्कृति बचाउन गुहार,
    त्यति धेरै नलाउनु गहना हार।
    🔹भगवती दवाडी ,झापा
    ५०)
    दरसँग रक्सी मासु खाइकन तिज पर्व मनाउँछौ,
    आधुनिक फेशनमा विकृति हाली संस्कृति जनाउँछौ ।
    🔹राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ ।
    ५१)
    विकृति नै विकृति छायाे तिजकाे पर्व,
    लाग्दैन हाे कहिल्यै पनि मनैमा गर्व ।
    🔹सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही
    ५२)
    विकृति पनि कतिसम्म बढेको छ भन्न कठिन भयो,
    बियरको बोतलसँग रमाउन पर्ने बाध्यता भयो।
    🔹नारायण कोइराला
    तानसेन,पाल्पा
    ५३)
    एक सालपछि आएको तिज मज्जाले पियौँ
    स्वतन्त्रताको प्रतीक झैँ खुल्ला रुपले जियौँ ।
    🔹प्रदीप के रिमाल
    इटहरी, सुनसरी।
    ५४)
    अब यस्ताे विकृती नगराैँ सबैलाई हटाऊँ,
    महिनाैँ दिनकाे तिजलाई एकैदिन अटाऊँ।
    🔹कल्पना भण्डारी
    सिन्धुपाल्चोक जिल्ला हाल (काठमाडौँ )

    Leave a Reply