साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०२

  • २४ आश्विन २०८०, बुधबार २३:४५ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    उनकै हितमा लडेको छु, खोज्दै बाल अधिकार,
    बालमजदुर —–थोरै नि ! राख्न नपाउनु त यार ?
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    गर्ने नै त्यही हो हेर ! मजाले काममा जोत,
    यो कुरा राजनीतिको सिँढी बनाउने पो त !
    -वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    २)
    बाल अधिकार खोजेर राख्ने गर्छौ रे नाम,
    भन अहिलेसम्म तिन्को लागि के गर्यौ काम ?
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ३)
    बालबालिकाको समय गा’को छ खेर,
    बालशोषण देख्दा नि मनै दुख्छ हेर ।
    -भेष कुमारी लामिछाने
    देवदह खैरेनी ०५ रुपन्देही
    ४)
    आफ्नो र अर्काको नचिन्ने भए जो जो पढे लेखेर ठुलाठुला पदमा गए,
    सामान्यका केटाकेटी त तिनै ठुलाबडाका छोराछोरीका भारी बोक्ने भए !
    -पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    ५)
    बालबालिकाहरू नै हुन्, भोलीका सुनौलो भविष्य,
    आमाबुबा तथा गुरु भन्दा नि विद्वान हुन्छन् शिष्य।।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ६)
    बालबालिकाहरू हुन् भविष्यका कर्णधार,
    नदिनु तिनीहरूलाई काँधमा ठुलो भार ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    ७)
    बालकलाई फुच्चे नाथे भन्दै गर्छाै सधैँ हेला,
    कानुनलाई चेपिरा’छाै भविष्यमा पर्छाै फेला ।
    -निरज कोइराला, इटहरी
    ८)
    जब कानुनले राेकेपछि किन यसाे गर्नु,
    यस्ता काममा कहिले पनि झमेला नपर्नु ।
    -भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ९)
    जानेर पनि बुझ पचाउनेहरूलाई के भन्नु र खोइ ?
    बालबालिकालाई हेप्ने प्रवृत्ति देख्दा आउँछ मन रोई ।
    -गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    १०)
    आजका बालबालिका, भोलीका सुनौला कर्णधार,
    राम्रा शिक्षा पाए भने हुन्छ भविष्य यी होनहार ।
    -एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा । हाल मोरङ
    ११)
    मञ्चबाट चर्को स्वरमा बाल अधिकारका कुरा,
    उस्कै घरमा काम गर्ने श्रमिक साना साना भुरा ।
    -विवश पारदर्शी
    झापा
    १२)
    संविधानमा लेखियो बालअधिकारकाे राम्रा कुरा,
    बाल उत्थान भनी काम लगाउँदै इच्छा भयो पूरा ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर
    १३)
    यत्रतत्र बाल शोषण छ, ठुला हुन्छन् अधिकारका ती कुरा,
    न्यायको त भजन गाउँदै, पैसा कुम्लाई बस्ने के सारै सुरा।
    -शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    १४)
    बालकलाई दिन्छु काम थाहा हुन्न कसै,
    आय उसको परिवारमा खाँचो छ जसै ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    १५)
    भनिन्थ्यो त बालबालिका भविष्यका तारा,
    आज मजदुर भोलि बन्दैछ सर्वहारा ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    १६)
    अधिकारको माला जपेर मसला तयार बनाऊ
    गुन निखारेर बच्चा बेची सुनको कपडा लगाऊ ।
    -नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
    १७)
    उमेर बुढो भएपनि मन चन्चल बालक सरि,
    कुनैपनि अधिकार पा’को छैन मैले जीवनभरि ।
    -समुद्र
    जल्जला७गण्डकी
    १८)
    भाषण र नारामा पाे बालअधिकार,
    घरमा त आफ्नै कानुन चल्छ नि यार !
    -माधवप्रसाद पाैडेल, अर्घाखाँची
    १९)
    राजनीतिमा अगाडि बढ्न बाल श्रमिकको अधिकारका कुरा,
    नेताका घरमा भने तिनै बालबालिका काममा लगाऊ पूरा ।
    -राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ
    २०)
    आफ्नै छ ताल यो देशको आफ्नै छ सुर हजुर,
    कोही डनबस्को स्कुल, कोही चैँ बाल मजदुर !
    -बि.कुलुङ”रंगबूले”
    दार्जिलिङ, भारत
    २१)
    भनिन्छ आजका बालबालिका हुन् भविष्यका कर्णधार,
    लगानी बिनाको बालकले कसरी पाउँछ रोजगार ?
    -पद्मा पाण्डे
    पथरी मोरङ
    २२)
    गर्छौ एकदिन तिमीले बाल अधिकारका कुरा,
    बाँकी दिनहरूमा के गर्नसक्छन् होला नाथे भुरा ।
    -बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २३)
    मीठा गुलिया भाषण दिन्छन् मन छुने नारा,
    ठेक्का लिन्छन् बालअधिकार टार्छन् मात्र ढारा ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    २४)
    भोगियो अधिकार देखियो अधिकार त्यो बाल मुद्दामा उन्कै कारैकार,
    नुनको नाममा गुण खाएर ठुलाबडा लाए सुन हिराको हारैहार ।
    -टिकाराम पुन टिपु
    सल्यान छत्रेश्वरि गाँउपालिका २
    २५)
    तिम्रै लागि नियम कानुन बालमैत्री बनाइदियौँ,
    नसम्झ तिम्रो हकको विपरीत हामीले श्रम लियौँ !
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    २६)
    रूप बालबालिका बुद्धि देश चलाउने,
    के दिनु अधिकार उनीहरूसँगै हुने ।
    -लक्ष्मी रिजाल
    कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।
    २७)
    मनोविज्ञान के हो, श्रमशोषण गर्दै हिँड्छौ चुस्तै,
    अधिकारका नारा जति आएपनि समस्या उस्तै ।
    -प्रेम थापा “मन”बागलुङ
    २८)
    जुन देशमा वालकहरू दिनरात काममा जोतिन्छ्न्
    त्यही देशमा अधिकारकर्मी नामका डलरे भेटिन्छन् ।
    -ध्रुव श्रेष्ठ,
    खोटाङ वजार, हाल काठमाडौ ।
    २९)
    पढाउने कर्तव्यबाट टाढा नहुनू,
    बालअधिकार हनन् गरेर नछुनू ।
    -अम्विका अधिकारी
    झापा विर्तामोड
    ३०)
    जहाँ छैन सुनिश्चित बाल अधिकार,
    हुन्छ त्यो देशको भविष्यनै अन्धकार ।
    -चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    ३१)
    जसले बनायो कानुन, नियम उसैले जानुन्
    आफ्नो र अरुको सन्तानलाई बराबर मानुन् । -मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ३२)
    दिवा खाजा सरकारी स्कुलमा दिन्छन् तर मिठो लागेन मामा,
    कोदो मकै फापरको पिठो मिठो मलाई पठाइदिनुस् आमा ।
    -चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    ३३)
    मञ्चमा चढेर बालअधिकारको भाषण गर्दैमा पूरा हुँदैन कुरा,
    आफ्नो देशको शिक्षा दीक्षा र बालशोषण रोक्ने कुरा चैँ कैले गर्छौ पुरा ।
    -बेदु न्यौपाने
    काठमाडौँ
    ३४)
    बालअधिकारका भाषण छाँट्दै हिड्छ जो जो नेता बनी,
    हिंसा शोषण उसैबाट, दुरुत्साहित हुन्छन् जति पनि ।
    -यामनाथ आचार्य
    पर्वत
    ३५)
    दिवस आउँदा भन्ने गर्छौ सुन्दर भविष्य बालबालिकाको पाटो,
    उज्यालोको आँखा नखुलेसम्म धकेलिरहन्छौँ अन्धकारको बाटो ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ३६)
    समस्या जहाँको तहीँ छ, कार्यक्रममा हो बालअधिकार,
    आफ्नो पासा नपल्टिएसम्म दल आफैँले बनायाै सिकार ।
    -रामप्रसाद पुरी,बादेल खाेटाङ
    ३७)
    आजका साना बालबालिका नै हुन् भोलिका चालक,
    अधिकारको हनन् नगरौँ है यिनै हाम्रा पालक !
    -कमला देवकोटा, पाल्पा
    ३८)
    बालअधिकार चाहियो भन्छौ बसी उच्च आसन,
    आफ्नै घरमा बालशोषण गरेर ठुलो शासन ।
    -सरिता सेढाई धादिङ
    ३९)
    बालअधिकारका कुरा यहाँ भाषणमा मात्र सीमित भयो,
    बाबाआमाविहीन बालबालिका सडकमा भौँतारिन गयो ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    ४०)
    वर्षको एकदिन गर्दै हिँड्छन् बाल अधिकारको खोजी,
    अरुबेला परवाह हुन्न के छ उनीहरूको रोटीरोजी ।
    -Shukra raj kunwar
    ४१)
    बालबालिकाहरूले पाउँनुपर्छ आफ्नो मौलिक अधिकार,
    मजदुर बनाई शोषण गर्नेलाई पार्नुपर्छ नाङ्गोझार ।
    -राजेन्द्र प्रधान ‘ पासा,’ दार्जिलिङ ।
    ४२)
    लिइरहेछन् सधैँभरि दुष्टहरूले लाभ भरपुर,
    निमुखाका सन्तानहरूलाई राखेर बाँधा मजदुर l
    -बाबुराम गौतम, गुल्मी
    ४३)
    केटाकेटी भनी नहेप बालबालिकालाई,
    भविष्यका कर्णधार हुन् उठ्छ्न् देश बनाई ।
    -भाेलामान बर्देवा धरान ८ सुनसरि
    ४४)
    आज हामी बालबालिका गिलो काँचो माटो,
    भोलि देश बनाउनु छ बिगार्नुको साटो ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    ४५)
    जतासुकै बालअधिकार नारामा मात्रै सिमित भयाे,
    हेप्छन् बालबालिकालाई बाँच्ने अधिकार कता गयाे ।
    -उर्मिला के.शी.
    धनकुटा !
    ४६)
    बालबालिका हाम्रा आँखाका नानी,
    आफैँले बनाऊ राम्रो आनीबानी ।
    -भगवती दवाडी
    ४७)
    जसले राखेकाे छ आफ्नैँ घरमा शाेषण गरी बालबालिकालाई,
    ताली पायाे उसले नै बालअधिकारकाे पक्षमा भाषण सुनाई ।
    -रामकृष्ण रिजाल
    बागलुङ
    ४८)
    तिमी सर्वेसर्वा छौ आफैँ नियम बनाऊ आफैँ भाषण गाऊ,
    आफ्ना छोराछोरी पढाई गरिबलाई शोषण गरी कमाऊ ।
    -सुशीला थापा
    काठमाडौं कागेश्वरी मनाेहरा
    ४९)
    उता बाबाले मञ्चमा भाषण गरेर,
    यता छोराले पसिना बेच्दैछ मरेर !
    -आर्त अकुलीन, कैलाली
    ५०)
    खान लाउन दिएर राखेकाछौँ काम,
    बसेका छौँ भरेर हातमा पनि दाम ।
    -जमुना आचार्य सिन्धुपाल्चोक

    Leave a Reply