साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०३

  • २१ आश्विन २०८०, आईतवार १८:३६ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०३ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    तिमी मात्र धमिल्याऊ पोखरी, म मार्दछु माछो,
    कसरी दुहुनु पर्छ थाहा छ ——-लगाएर बाछो ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    लगाऊ आफ्नै घरमा आगो सेक भिजेका हात,
    मनाऊ उत्सव आफन्तकै गराई देहपात ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    २)
    बाछो दुहुने हो र यसरी कुरा गरेको,
    पक्कै पनि मान्छे आफू दु:खमा नपरेको ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ
    ३)
    धामी आफैँ झाँक्री आफैँ चलाउ जताततै शासन,
    आफू सिरक, डसना अरूलाई काँडाको आसन ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड
    ४)
    गधाले सङ्लो पानी खाँदैन भनेर सुनेको,
    पानी धमिल्याई तर मार्नेलाई नै चुनेको ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ५)
    पानी धमिल्याउँदैमा माछो मार्ने चुक्दैन,
    खुरुखुरु हिड्नेहरूले कहिल्यै भुक्दैन ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ६)
    तिमी बजाऊ सिटी म हान्छु झटारो,
    झोलामा भरी आँप भाग्ने छ चटारो।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ७)
    ओढेर भेडाको छाला बथानमै व्वाँसाे बस्दछ ढुकेर,
    माैका पर्नासाथ झम्टन्छ अरूले नदेख्ने गरी लुकेर।
    ✍️
    मित्र `उराठी´ गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
    ८)
    नचलाऊ बोटबिरुवा नगर तिमी घात,
    शिक्षकलाई सबै वर्गले नै बढाऊ हात ।
    ✍️
    भगवती दवाडी ,झापा
    ९)
    देशको इज्जत नेपालीलाई पर्देशीको नोकरी गर्न पठाएर खसाले,
    जिन्दगीलाई राम्रो बनाउन विदेशीको नै सेवा गर्नुपर्ने थिती बसाले !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    १०)
    आकाशमा चिल देखाएर चल्ला टिप्ने दिन गए,
    लाटा सिधा सोझा भनिएका पनि ती जुझारु भए ।
    ✍️
    सञ्जयराज शर्मा
    काठमाडौ।
    ११)
    तिमी रहेछौ सवा शेर, हामीलाई सम्झन्छौ बाछो,
    एकदिन हुनेछौ तिमी पनि, पानी बिनाको माछो।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    १२)
    अगाडिको बाटो हिड्न खोज्दा खाल्डाखुल्डी बने,
    गर्न खोज्ने अगाडि बढ्दामा पछि बस भने ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    १३)
    आफैँ धामी आफैँ बोक्सी किन गर्छौ आफैँ जालझेल ,
    आफ्नै नासो शिक्षा पासो किन खेल्छौ शिक्षणमा खेल ।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौँ ❤️
    १४)
    सिधा औँलाले घिउ आउॅंदैन् भन्दथे हाम्रा बाले,
    बाङ्गो पारी झिक्दा के होला विचार गर है काले ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    १५)
    शिक्षक ठुलाे मान पदवी राजनीतिकर्मीका नातागाेता धेर,
    कुटेजस्ताे राेएजस्ताे खेल मिल्छ ललीपप अरू सबै हेर !
    ✍️
    निरज कोइराला इटहरी
    १६)
    देशमा बनेका छन् टोल टोलमा राजा,
    मिलीजुली मार्छन् माछा बजाउँदै बाजा।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ, भारत।
    १७)
    केही गरी सकिँदैन परिस्थितिलाई टार्न,
    सजिलो हुन्छ पानी धमिल्याएर माछा मार्न ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।
    १८)
    जादुमय गफ लाउनेहरू, मौका हेरि बस्छन्
    अलिकति ठाउँ पाउनु पर्छ, पछि छुरा धस्छन् ।
    ✍️
    शंकर कार्की,थाहा ३ मकवानपुर।
    १९)
    साधन मात्र बनाइयोस् लगाएर पासो,
    अरू जिम्मेवार मेरो किन गर्छौ गुनासो।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    २०)
    धमिलो पानीमा माछा मार्दा जालोमा परे असला,
    पकाउन पसी भान्सामा तोरी जिरा रै’छ मसला।
    ✍️
    मोती सुब्बा, दार्जीलिङ।
    २१)
    धेरै कुरा नगर खोजीनिधी गर्दैछन् सबै मिलेर,
    चुप लागेर बस फाल्देलान् आलुको बोक्रा झैँ छिलेर।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    २२)
    तैँले मात्र खाइस भनेर बारम्बार तीखा कुराले नघोच,
    धम्क्याई म पनि पाउँला भाग भनी सपनामा पनि नसोच ।
    ✍️
    ध्रुव श्रेष्ठ,
    खोटाङ्वजार, हाल काठमाडौ ।
    २३)
    मान्छे बाठो छस् अति यहाँ रक्त वर्षा नगर्दे,
    मान्छेकै पतन पथमा अग्रणी भै नसर्दे ।
    ✍️
    पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    २४)
    ठुलै काम गर्‍यौँ भन्दै लगाउ तिमी फुर्ती,
    छिमेकीको रमिता हेर्दै खाउ अब सुर्ती ।
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २५)
    माछा मार या गोही हामीलाई केको खाँचो,
    मन परि गर्दछौ हातमा पाउँदा साँचो ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    २६)
    तिम्रो स्वार्थी भावनाले नै हो म टाढिँदै गएको,
    खोलिदिन्छु पोल अब तिमी र उ एक भएको।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    २७)
    आफैँ बन्छौ धामी आफैँ बन्छौ झाँक्री सके जति गर,
    भोलि आउँला त्यस्तो बेला झुक्दै पर्ने हाम्रै नै भर !
    ✍️
    कमला देवकोटा, पाल्पा
    २८)
    तर्‍याकतुरुक ढुङ्ग्रोभरि सेतो सिर्का तुर्क्याउँछु,
    आँखा छली पानी हाल्छु सारा दङ्गदास फुर्क्याउँछु !
    ✍️
    विवश पारदर्शी
    झापा,
    २९)
    दुध नदिएपछि खुट्टा बाँधेर दुहुन्छन् सबैले,
    प्यारले भन्दा नमानेपछि लातले हान्छन् कबैले ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ
    ३०)
    कोही छैन यहाँ फर्काइ दिने कर्मको नासो,
    आज घिच हसुर भोलि जानु लगाई पासो ।
    ✍️
    योगप्रसाद उपाध्यय चापागाईं । झापा ।
    ३१)
    छाेटे राजा धेरै भए हाम्रो देशमा,
    सबै रहेछन् लुटेर खाने भेषमा ।
    ✍️
    दुर्गा भट्टराई
    ३२)
    ठुला माछा त उम्किन्छन् जाल पर्छन् सधैँ लिखे,
    दुहुन्छौ के गरी गाई ? गोठमा गोरु छन् तिखे।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    ३३)
    धमिल्याउँदै सङ्लाे पानी माछा मार्न धेरै आए,
    अर्थतन्त्र भताभुङ्ग नखाेजिदेऊ के के खाए ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ३४)
    के को बाछो लगाएर दुहुने हो र गाई,
    ढिला कुरा बुझ्दा र’छन् तल्ला घरका दाइ ।
    ✍️
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    ३५)
    कुरा काट्नेहरूले काटुन् हिँड्छु आफ्नैँ बाटो,
    मरेपछि बिलाउँनेछन् यही ढुङ्गा माटाे ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल
    ३६)
    अवसरवादीले यस्तै त हो मौका छोप्ने,
    अँगालो हालेर पहिला पछि छुरा खोप्ने ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    ३७)
    खान सक्ने खाऊ लगाउन सक्ने लगाऊ,
    आहारिसे बानी चाहिँ मनबाटै भगाऊ ।
    ✍️
    नन्दलाल आचार्य अक्षान्त
    उदयपुर, सिद्धार्थटोल ।
    ३८)
    तिमी भाँडा माँझेर बस, म पखाल्न सघाउँछु,
    डकारेर बस सत्तामा, भाषणले अघाउँछु ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ३९)
    अति गर्‍यौ गर्नुसम्म नराम्ररी छल,
    आफ्नो पेट भराउने आफैँ गर्‍यौ बल ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ४०)
    हामी जनता नेताका लागि दुहुनाे गाई झैँ भयौँ,
    जहाँ जान्छन् जतातिर लान्छन् उतैतिर हामी गयाैँ ।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ४१)
    दुध दिने पायो भने नख्वाई पनि दुन तम्सिने
    भोको पेटमा लात्ती हान्दा बेकसुर भयो सम्झिने ।
    ✍️
    जमुना आचार्य सिन्धुपाल्चोक
    ४२)
    ठुला माछा खान पल्केका खान्छौ अब कति,
    भोलिका दिनमा होला नि सबैको दुर्गति ।
    ✍️
    भगवती दवाडी ,दमक,झापा
    ४३)
    लात्ती फाले नि दुहुन्छौँ गाई लगाएर बाछो,
    न्याय बाँड्दा गर्दैनौँ प्रयोग समताको काछो l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ४४)
    संविधानमा सम्पूर्ण अधिकार थमाए,
    अल्पमतमा कसरी अधिकार जमाए ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ४५)
    देशभरि सात सय त्रिपन्न छन् छाेटे राजा,
    तिनैले बजाउने भए शिक्षकलाई बाजा ।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ४६)
    लाखौँको आत्मा मारेर तिमीले खै के कति पो खायौ,
    सोझासाझालाई झुक्याई पुस्तालाई पाप लगायौ ।
    ✍️
    सुशीला थापा शिखा
    काठमाडौं कागेश्वरी मनोहरा
    ४७)
    तिमी फाइल सदर गर टिप्पणी सुब्बाले उठाउँला,
    परे सुब्बा हो पर्ने कारबहीमा हामी मिली कमाउँला ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    ४८)
    सङ्लो पानीलाई धमिलो बनाउँदाखेरि,
    खोला तर्दातर्दै लडिएला नि दुवै फेरि ।
    ✍️
    पुष्पा राई
    ४९)
    गाई दुने बेलामा लात्ताले हान्छ भन्ने डराएर,
    हुदैन देश विकास राेडमा बसेर कराएर ।
    ✍️
    कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौँ
    ५०)
    धमिलो पार्ने वा सङ्लो तिम्रै रह्यो हातमा,
    अवसर धेरै खोज्दा रुनुपर्ला रातमा ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    Leave a Reply