श्रमिक समस्या समाधानमा नेपाली दूतावास र सामुदायिक संस्थाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न।

  • २४ आश्विन २०८०, बुधबार ११:३९ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब र नेपाली दूतावास रियादको सहकार्यमा श्रमिक समस्या समाधानमा नेपाली दूतावास र सामुदायिक संस्थाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम ६ अक्टूबर २०२३ का दिन साउदीअरबको पूर्वी प्रान्तको औद्योगिक क्षेत्र जुवेलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहभागिताका लागी संघले श्रमिक संग सरोकार राख्ने विषयहरू संग जोडी रहने क्रियाशील सबै राजनीतिक र सामाजिक संघ संस्थाहरूलाई औपचारिक पत्राचार गर्दै आमन्त्रण गरिएको थियो भने तत् सम्बन्धित व्यक्तित्वहरूलाई सार्वजनिक सुचना मार्फत आह्वान गरिएको थियो।

    संघको महासचिव द्वारा संचालित उक्त कार्यक्रममा श्रमिक समस्या, उद्धार प्रक्रिया, कठिनाई लगायतका विषयमा नेपाली दूतावास रियादका लागी श्रम काउन्सुलर श्री देवेन्द्र कार्की ज्युले आफ्नो प्रस्तुती मार्फत प्रस्तुत गर्नु भएको थियो ।

    त्यसै गरी साउदीअरब स्थित कार्यरत आप्रवासी नेपाली श्रमिकहरूको मृत्यु, त्यसको कारण र सचेतनाको विषयमा नेपाली दूतावास रियादका लागी द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले आफ्नो प्रस्तुती मार्फत प्रस्तुत गर्नु भएको थियो ।

    सोही कार्यक्रममा ग्लोबल आईएमई बैंकका लागी मध्यपूर्व संयोजक एवम् नव निर्वाचित एनआरएनए आईसीसी सदस्य श्री राम बहादुर क्षेत्री ज्युले वित्तीय साक्षरता एवम् विप्रेषणका वैधानिक माध्यमहरू र त्यसका फाईदाहरू बारे जानकारी दिनु भएको थियो ।

    कार्यक्रममा नेपाली दूतावास रियादका लागी श्रम काउन्सुलर श्री देवेन्द्र कार्की ज्युले श्रम स्विकृती नवीकरण, त्यसको प्रक्रिया र सामाजिक सुरक्षा कोषको बारे पनि विस्तृत जानकारी दिनु भएको थियो ।

    उक्त अन्तर्क्रिया कार्यक्रमलाई नेपाली दूतावास रियादका लागी महामहिम राजदूत श्री नवराज सुवेदी ज्युले संबोधन गर्दे नेपाली श्रमिकहरुका हकहित संरक्षण हेतु दुतावास सदैव लागिपरेको बताउनुभएको थियो ।

    विभिन्न सामाजिक तथा राजनीतिक संघ संस्थाहरूको प्रतिनिधिहरू र गैरआवासीय नेपाली संघका स्थानिय, क्षेत्रिय, राष्ट्रीय र अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरू, राष्ट्रीय समन्वय परिषद साउदीअरबका संरक्षक तथा सल्लाहकारहरूको उपस्थिति रहेको कार्यक्रमलाई समापन गर्दै कार्यक्रमको सभापति एवम् संघका अध्यक्ष रबिना अर्यालले उक्त कार्यक्रम बाट प्राप्त जानकारीहरू सबै आप्रवासी नेपाली समुदाय सम्म पुर्याईदिन अनुरोध गर्दै सहभागी सबैमा आयोजक एवम् एनआरएनए एनसीसी साउदीअरबको तर्फ बाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    Leave a Reply