विश्व शहरीकरण दिवस विशेष टुक्का लेखन श्रृङ्खला सम्पन्न

  • १४ कार्तिक २०८०, मंगलवार १७:५० मा प्रकाशित
  • काठमाडाैँ,
    विश्व शहरीकरण दिवसकाे अवसरमा टुक्का साहित्य समाजकाे आयाेजना २०८० कार्तिक १२ गते बडा दशैँ विशेष टुक्का कविता लेखन श्रृङ्खला ९९ सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ८० जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले “मेराे शहर” भन्ने विषयमा केन्द्रित भई सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

    टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

    सन् २०१४ देखि हरेक वर्ष अक्टाेबर ३१ काे दिन विश्व शहरीकरण दिवस मनाइदै आएकाे छ ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले शहरीकरण भन्नाले स्मार्ट सिटि वा हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, सामाजिक, आर्थिक, राजनैतिक जगतको स्थापना गर्नु पनि हो । शहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, विभिन्न देश र शहरहरू बीचको सहयोग बढाउनु तथा शहरी विकासको लागि योगदान पुर्याउन हाे । हामीले आफ्नाे शहर शान्त, स्वच्छ र हराभरा बनाउन आफैँले पहल गर्नुपर्छ । अरुकाे मुख ताक्नु भन्दा पनि मेराे सहर बनाउने जिम्मा मेराे आफ्नै हाे भनेर अघि बढ्नु पर्ने कुरामा जाेड दिँदै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    विकृति र नशामा डुब्दैछ मेराे शहर
    विकासकाे निहुँगरि भित्रिदैछ जहर ।
    २.
    महल मात्र हैन मन बनाउँ ठुलाे
    भलाे गरेर सबकाे बाल्नु पर्छ चुलाे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    कोलाहल भिडभाड हुन्छ हर प्रहर,
    उकेल्छ हरदम प्राणघातक जहर ।
    २.
    न चिन्छ न सुन्छ वर्षाउँछ कहर,
    भन्छन् हुँदैछ अन्धो बहिरो सहर ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    [३]
    १.
    गाउॅ छोडि आइयो शहर
    अब पुग्यो है बस्ने रहर ।
    २.
    विकृतीले गॅाजेर ध्वस्त हॅुदैछ शहर
    विकासको नाममा बज्रिरहेछ कहर ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [४]
    १.
    मेरो शहर दामी छ, कलाको लाग्छ मन्दिर
    किन्तु शोषणको आगो, दासताको छ जन्जिर।
    २.
    मेरो शहरमा बस्ने, धेरै छन् धनका पति
    भ्रष्टाचार छ फैलेको, छोप्छन् केस ठुला जति।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [५]
    मेरो शहरमा दुःख नगर्नेहरुको कुनै काम नै छैन
    बिहान बेलुकाको छाक टार्न गफ गरेर पाइने हैन ।
    ✍️ अम्विका अधिकारी
    झापा बिर्तामोड
    [६]
    १.
    दुःखै दुःखको जञ्जाल छ सहर
    कहाँ होला यो भन्दा ठुलो सगर।
    २.
    अग्ला अग्ला घर भए छैन हावापानी
    सहरमा बाँचेको यो दुखी जिन्दगानी।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [७]
    १.
    कति सुन्दर अनि शान्त यो हाम्रो शहर
    छैन कतै अरू जस्तै चारैतिर जहर ।
    २.
    आऊँ मिलेर हाम्रो शहरमा बस
    यो मिठो खानाको निम्ति कम्मर कस।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [८]
    १.
    कसैलाई नचिन्ने आराम कि व्यस्तता खोज्ने
    शहर भरिलो दरिलो कुना कोठामै रोज्ने ।
    २.
    सहारा छैन बिरामी पर्दा प्रदुषणको छ भकारी
    अपराध गर्ने र अमृत पिलाउने यतै सफारी ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [९]
    १.
    पहिले थियो सबैलाई सहर बस्ने रहर
    अहिले बनिरहेछ बाध्यता बिचको कहर।
    २.
    बस्तीको भिडभाडमा हराउँदै छ सहर आज
    प्राचीन महत्त्व बोकेका घरका मासिदैँछन् राज।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [१०]
    सुन्दर शहरमा सुन्दर घरहरू जोडिएका
    भित्री रहस्य थाहा हुन्न अनेकौँ मन तोडिएका ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [११]
    १,
    सपनाको सहरमा बढ्यो प्रदुषण,
    कसो गरी बनाऔॅं स्वच्छ वातावरण।
    २,
    जथाभावी फोहोरमैला नफालौँला,
    लापर्बाहीमा जरिवाना तिराऔॅंला।
    ✍️ म्यामराज राई
    भोजपुर
    [१२]
    १.
    देखासिकी गरेर दुखिया छिरे पनि शहर
    सपनामै सिमित रहे सुख पाउने रहर ।
    २.
    जता हेर्यो उतै देखेँ अभावको कहर
    दुखः साट्न नमिल्ने यो अचम्मैको शहर ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [१३]
    १.
    मेरो शहर रातभरी बल्छ,
    दिनभरि हिड्छ साँझमा गल्छ।
    २.
    नाकमा धुलो र गन्धले पोल्छ,
    मेरो शहर मलाई पिरोल्छ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान, सुनसरी।
    [१४]
    १.
    बस्ने ठाउँलाई पनि प्रदुषित नै बनाइ दिएर नगनाउ
    विश्वमै लाजमर्देा तरिकाले अव्यवस्थित शहर नबनाउ ।
    २.
    राजनीति मात्र देशमा गर्छैा शहरी विकासकाे साटाे आफ्नो खल्ति नै भर्छौ
    सधैँभरि योजनामा मात्र पैसा खनाउछौ , फिल्डकाे काम चै कहिले गर्छौ ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [१५]
    १.
    नेप्टी, चेप्टी गाउँका पैसा कमाउन हेर शहर पसेका
    भिडभाड अनि तडक भडक माझ उनीहरू फसेका ।
    २.
    झिलिमिली शहर हेर्दामा उस्तै छ कति राम्रो
    बुझ्दै जाँदा त्यहाँको वास्तविकता अति नै चाम्रो ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ ।
    [१६]
    १.
    शहरमा रमाइलो हुँदैन चाडपर्व
    गाउँमै लिङ्गे पीङमा मचिदाँ हुन्छ गर्व ।
    २.
    चाडमा हुन्छ शहर सुनसान सबै गाउँमा
    खुशी साटासाट गर्न रमाइलो आफ्नै ठाउँमा ।
    ✍️ भगवती दवाडी
    झापा
    [१७]
    घरमा छिर्नु पहिले ढोका बन्द हुन्छ
    सहरको चाला देख्दा मन साह्रै रुन्छ ।
    ✍️ रमेशचन्द्र घिमिरे
    भोर्लेटार, लमजुङ
    [१८]
    १.
    मेरो शहरमा झिलिमिली बत्ति लौ बलेको
    तर हिँड्दा डगरहरू दुर्गन्धले भरेको।
    २.
    मेरो शहरलाई स्वच्छ वातावरण सुगन्ध छरौँ
    सबैले नै सर सफाइ गरौँ दुर्गन्धले चैँ नभरौँ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [१९]
    १.
    बाँच्न यहाँ सोस्नुपर्छ खोस्नुपर्छ नयाँ पाहुनाले मान्दछन्
    जोगाउन खोज्दैनन् लिन्छन् मात्र सबै उनकै लागि
    ठान्दछन्।
    २.
    परिचित हुन चाहे अनि बने म नाम मात्रको शहर
    भिडमा एक्लो बनि सहिरहेछु आज विकाशको कहर।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [२०]
    १.
    साहस आयो बल्ल पूरा भएसी रहर
    आहा! झिलिमिली कति ठुलो हाम्रो शहर।
    २.
    मिलेर अघि बढेर जाऔँ हातमा हात मिलाई
    एकै नासको भएर बसौँ फाटेको मन सिलाई।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२१]
    १.
    शहरमा देखिन थालेका छन् फाेहाेर मैला कण
    जतिसुकै बनेकाे छ है वातावरण प्रदुषण ।
    २.
    सबै जनमनकाे घर अँगेनामा लाै चुलाे बालाैँ
    हाम्रो देशकाे विकास गर्न कदम अगाडि चालाैँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    [२२]
    १.
    फर्किएनन् सहर पसेका उतै छ बसोबास
    फेरिएको वातावरणले उड्यो होस हवास ।
    २.
    घना भयो सहरीकरण गाउँघर छ रुखो
    हुनेखाने जमे सहरमा पाखा भित्ता निमुखो ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२३]
    १.
    हिमाल देख्ने मेरो शहर प्रकृतिले समाएको
    कोसेली मायाको चिया पाएर पाहुना रमाएको ।
    २.
    रेलगाडीको छुक छुक अवाज नै मेरो शहरको आन
    गर्व गर्छु मेरो शहरकाे संस्कृति भाषामा एक समान ।
    ✍️ हन्नाह छेत्री
    दार्जिलिङ
    [२४]
    १.
    धुवाँ धुवाँ भइरहेछ मेरो सहर
    विकास निर्माणले फैलाउदै जहर।
    २.
    कहीँ नभएको जात्रा मेरो सहरमा
    पछुतो मान्दैछन् रे बासिन्दा रहरमा।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी।
    [२५]
    १.
    काँचुली फेराउँ अब शहरलाई
    सन्देश जगाऔँ जन लहरलाई ।
    २.
    स्वच्छ अनि सफा राख्नुपर्छ अब
    घुम्न लायक शहर बन्छ तब ।
    ✍️ सरिता सेढाई
    धादिङ
    [२६]
    १.
    पर्यटकलाई देखाउन मात्र हैन सधैँ स्वस्थ बनाउँ शहर
    स्वाच्छ सफा हावामा श्वास फेर्न पाइयाेस् भन्नेछ यही मेराे रहर ।
    २.
    धुलाे फाेहाेर हैन अब हाम्रो शहर सधैँ सफा गराैँ
    सबै मिलेर आपसमा सरसफाइ गर्दै खुसी भराैँ ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौँ
    [२७]
    १.
    शहर शहरै हुन्छ , गाउँ जस्तो हुदैन
    एकापसमा सद्भावको डोरिले छुदैन ।
    २.
    रमझम, भिडभाड, हुन्न कसैको चासो
    शहर पसेपछि लौ चिन्दैनन् आफ्नो नासो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२८]
    १.
    शान्त सुन्दर हराभरा बनाउँ याे हाम्राे शहर
    फाेहाेरगरि जताततै फैलाउनु हुन्न जहर ।
    २.
    जिविकाेपार्जन गर्न पसेका ती शहर
    तड्क भड्क देखेर पलाए धेरै रहर ।
    ✍️ उमा गाैतम
    काठमाडाैँ
    [२९]
    १.
    निदाउँदै छ मेरो शहर
    प्रदूषण नै भयो जहर ।

    अट्टालिका धेरै छन् यहाँ भवन
    प्रदुषणले दुषित छ पवन ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [३०]
    १.
    धुलो, धुवाँ र कोलाहलले रोगी भयो शहर
    प्रदुषणको चपेटामा बिताउनु छ प्रहर ।
    २.
    विकासको आधार मान्छन् गाउँ भन्दा सहर
    हाम्रा सुन्दर शहरहरू नबनुन् जहर ।
    ✍️ पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    [३१]
    १.
    जताततै धुवाँ धुलोले जकडिएकोछ है शहर
    यस्तै वातावरणले आज खुवाइरहेछ जहर ।
    २.
    गर्न हुन्न आनाकानी देश बनाउनलाई
    मिलेर नै अघि बढौ आउ सबै दाजुभाइ।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    [३२]
    १.
    कति सुन्दर त्यो हराभरा हाम्रो शहर,
    फाेहाेर भएको कारण फैलियाे जहर।
    २.
    दु:ख गरेर कमाउन परेको शहर,
    धेरै भन्दा धेरै बढ्दैछन् मनका रहर।
    ✍️ सहयात्री शाेभा अर्याल
    बुटवल, रुपन्देही
    [३३]
    १.
    कोलाहल छ सहरमा अनि छ धुवाँ धुलो
    मान्छे घमन्ड गर्छ र भन्छ मै मात्र छु ठुलो ।
    २.
    कसैलाई कसैको वास्ता हुँदैन स्वार्थी सहरमा
    मान्छे सहर पस्दो रैछ हल्लैहल्लाको रहरमा ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [३४]
    बनोस् सदा सभ्यताको सहर
    सौहार्दताले निम्ताओस् रहर ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [३५]
    १.
    मान्छेले मान्छे नचिन्ने भएको छ मेरो शहर
    अाफ्नो देश फर्केर अाउँदा तिर्नु पर्छ कहर ।
    २.
    सत्तामा बस्नेको मात्रै चल्छ सबै तिर कुरा
    मुखले मात्रै रामराम बगलीमा चैँ छुरा ।
    ✍️ सञ्जना शर्मा
    लमही दाङ
    [३६]
    १.
    ए किन गर्छौ आउन यो सहर?
    मेरो त मरिसक्यो सारा रहर ।
    २.
    यी विषादी खाद्यान्नले रोग बढायो
    प्रदुषणको व्यापकताले सडायो ।
    ✍️ कमला देवकोटा
    पाल्पा
    [३७]
    १.
    मेराे शहरमा लामवद्व लागेका छन् एक हूल गिद्वहरू
    भन्छन् उँचाे स्वरमा अहिंसावादी बनाैँ तिनै फेरि सङ्ग अरू।
    २.
    मन वचन कर्मले लागिपरे त हुने रहेछ
    अति सुन्दर सभ्य शहर लाै हेर्दा हेर्दै भएछ।
    ✍️ प्रकाश के.सी.
    लाेकन्थली,भक्तपुर
    [३८]
    १.
    देखेकाे जस्तै सुन्दर सहर बनाउँन
    नराम्रा कुरा सबै आजबाटै हटाउँन ।
    २.
    बाध्यता त कतिलाई भएको छ रहर
    मान्छेको लागि घातक बन्दैछ यो सहर ।
    ✍️ हिमा आर.सी
    मेहेलकुना सुर्खेत
    [३९]
    शहर पस्दा पर्यटकलाई होस् डाहा
    आउने बित्तिकै भनि हालोस् वाह ! आहा ।
    ✍️ बिके माकजू
    भक्तपुर
    [४०]
    १.
    गाउँ खाली गरी, माया मारेर भाग्ने कस्तो रहर ?
    बढ्दो जनसंख्याको भार खै कसरी थेग्ला शहर ?
    २.
    धुलो धुवाँको साम्राज्य छ, काकाकूलकै नियति कति भोग्नु पर्ने ?
    रोकिएला लहर खै कहिले, कसरी गाउँ छोडी शहर झर्ने ?
    ✍️ मित्र उराठी गौतम
    अमरपुर गुल्मी हाल तिलोत्तमा-२,रुपन्देही
    [४१]
    १.
    बन्द शहरमा त्यसै इच्छाहरू थुनियाे
    दुख पीडा छल्दै अब माेजमस्ति चुनियाे ।
    २.
    मेराे शहर बनाेस् सबकाे मन बुझाउने
    नहाेस् कहिल्यै दुखिकाे परेली रुझाउने ।
    ✍️ रश्मि रिमाल
    झापा
    [४२]
    १.
    आहा कति अनौठो छ मेरो शहर
    यथार्थ बुझियो बस्न छैन रहर ।
    २.
    एकले अर्को चिन्दैन खोइ सहयोगी मन
    त्यो भन्दा गाउँमा नै फैलाउछन् तन र धन।
    ✍️ अम्बिका गिरी
    बिराटनगर
    [४३]
    १.
    काेलाहल र प्रदुषणले भरियाे मेराे शहर
    शान्त र सुन्दर बनाउने सबैकाे हुन्छ रहर।
    २.
    विकृति र विसङ्गति फैलिएर गयाे
    शहरिया जीवन त कष्टकर भयाे।
    ✍️ काेपिला अधिकारी
    सिरानचाेक ७, गाेरखा
    [४४]
    १.
    कतिपय हेर्न आउॅंछन् गाउॅंका मानिस पनि
    धूलो र धुवाँले मुख छोपेर हिड्नु पर्छ अनि।
    २.
    प्रदूषण मुक्त र हराभरा बनाऔँ शहर
    तब पर्यटक समेत आउॅने गर्छन् रहर।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः अमेरिका,बोस्टन।
    [४५]
    १.
    गाउँ छाडेर सुखकाे लागि मानिस आउँछ सहर
    जीवन धान्न कठिन हुन्छ तब मात्र पुग्छ रहर।
    २.
    वातावरण स्वच्छ बनाई मानव बस्ती बसाउने हाम्रो रहर
    प्रदुषणलाई हटाउदै बनाउनुछ स्वच्छ हराभरा सहर ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [४६]
    १.
    शहरहरू बन्न थाले मासिएर गाउँ
    मास्नुहुन्न पूरातात्विक सभ्यताको ठाउँ ।
    २.
    गाउँमा बस्दा अभावका सिंढीहरू चढें
    शहरतिर झरेर विकासलाई पढें ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।
    [४७]
    १.
    सुन्दर सहर
    थुप्रै थे रहर ।
    २.
    सपना बोकेर धेरै
    लाग्थ्यो सबै हो कि मेरै ।
    ✍️ कृष्ण घिमिरे उदार
    पाणिनि ७, अर्घाखाँची
    [४८]
    १.
    पर्यटकले अझै पनि गर्दै छन् घुम्ने रहर
    धुवाँ धुलो फोहोरले जेलिएको मेरो शहर।
    २.
    वल्लो घर पल्लो घर बस्ने बिच छैन चिनाजान
    साँझ पख गल्ली गल्लिमा हुन्छ खुकुरी हानाहान।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४९]
    १.
    भोग्नु अघिको रहर, रहेछ यो शहर
    अभावका भुमरीमा काटिएका कहर।
    २.
    सभ्यताको चिह्न भन्थे इतिहासमा नगर,
    भिडभित्र एक्लो जीवन, विकृतिका जहर।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर
    [५०]
    १.
    भिडभाड र कोलाहाल छ बिरामी छ शहर,
    उकुस मुकुस भयो बाँच्न भरिएर जहर।
    २.
    चलेकैछ कंक्रिटको यहाँ विशाल खेतीपाती,
    स्वार्थी रहेछ शहर झनै मानिस झन् नजाती।
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती,मोरङ।
    गोदावारी, ललितपुर।
    [५१]

    देशमा विकासकाे लहर
    धुलाे र धुवाँकाे छ कहर ।

    धुवा हजुर विषाक्त जहर
    तैपनि सहर पस्ने रहर ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर
    [५२
    १.
    बोकेर प्रयोजनको झोला
    शहर न धाउने को होला ।
    २.
    स्वच्छ सुन्दर राखौ शहर
    हावा पनि बन्दैछ जहर।
    ✍️ बिके मुखिया
    दार्जिलिङ, भारत।
    [५३]
    १.
    बहु जात बहु धर्म मिलेको मेरो शहर
    मिसाइदैछ अधर्मको अनौठो कहर ।
    २.
    छोडी गाउँ बस्ती सहर रोज्न थाल्छन्
    गाई बस्तु त्यागी कुकुर खोजी पाल्छन् ।
    ✍️ सागर आँसु
    डोटी
    [५४]
    १.
    मेरो शहर खुशिमा, झुमेको झैँ लाग्दछ
    फक्रदा समृद्धि यहाँ, नौलो स्फूर्ति जाग्दछ।
    २.
    शिक्षा, स्वास्थ, रोजगारी, सुलभ भए यहीँ
    छोडी प्यारो जन्मभूमि, जाला को जहिँकहीँ ?
    ✍️ ईमान सिंह के.सि.
    व्यास-९, धनुबासे, कलेस्ति, तनहुँ
    हाल नागार्जुन २, सुन्दरवस्ति, काठमाडाैँ
    [५५]
    १.
    धुलो धुवाँमा पिल्सिनु पर्छ बाध्यता छ रहरमा
    वल्लो घर पल्लो घर चिन्दैनन् बिरानो शहरमा ।
    २.
    मेरो देशका सबै शहर बस्न कुनै योग्य छैन
    व्यापार गर्न पढ्न आएको हुँ ढुक्कले बस्न हैन ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ
    [५६]
    १.
    शहरी जीवनले नाङ्गो बनायाे
    सबैकाे मनलाई बाङ्गाे जनायाे।
    २.
    बस्ने रहर सबैलाई शहरमा
    जीर्ण भयाे जीवन यही रहरमा ।
    ✍️ प्रेमकला चापागाईं( सिटौला )
    मेचीनगर १२ सहरेडागी झापा
    [५७]
    रहरै रहरमा गाँउ छाडेर साथी पसियो शहर
    बस्दै गएपछि थाहा भयो शहर त रहेछ जहर ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ।
    [५८]
    १.
    गोधुली साँझमा मेरो शहर छ झिलमिल
    रमाइलो छ मायालु छन् भाे आँसु पिलपिल ।
    २.
    हजुरबाको घरबारी बेचि नपस शहर
    पछुताउनु पर्ला पछि पिउनु पर्ला जहर ।
    ✍️ योगप्रसाद उपाध्यय चापागाईं
    गोठाटार
    [५९]
    १.
    ठुला घर, मोटर गाडी, मान्छेको भिडभाड
    दिनहुँ नयाँ पहिरन, हो कि झै चाडबाड ।
    २.
    झिलिमिली रातै भरि, हुदैन अँधेरो
    घर भित्रै पानी हुन्छ, हुदैन पँधेरो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    [६०]
    अव्यवस्थित शहरीकरणले जनजीवन प्रभावित भयो
    मानवमा मानवता पनि हेर्नुहोस् न हजुर हराएर गयो।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [६१]
    १.
    भक्तहरुका भीड हुन्छन् मन्दिरमा चारपहर,
    देवताहरुको बास हुने पवित्र मेरो शहर !!
    १.
    तिम्रै काखमा सधैँ यसरी लुटुपुटिने रहर,
    कहाँ पाइन्छ विश्वमा ममतामयी मेरो शहर ?
    ✍️ गोपाल कृष्ण डङ्गोल
    काठमाण्डौँ (हाल ईटहरी)
    [६२]
    उसको मेरो मनमा उठ्यो रहर
    आउ साथी हिँड जाउँ घुम्न सहर।
    ✍️ नीता गुरूंग
    भारत
    [६३]
    महलै महलले भरिएको देखिन्छ सहर
    पैसा भए सहर घुम्ने मेरो पनि छ रहर ।
    ✍️ कृष्ण धामी
    बझाङ
    [६४]
    १.
    उ भन्छ मेरो सहर राम्रो, सबै तिर साैन्दर्यता मिल्दछ
    मेरो मनले गाउँ नै मन परायो जहाँ, प्रकृति खिल्दछ।
    २.
    प्रिय, सायद म सहर जान त कहिले सकौँला
    बस्छौ भने गाउँकाे झुपडीमा चाेखाे स्नेह साटाैँला ।
    ✍️ मुक्ति काफ्ले
    असम
    [६५]
    १.
    कुरूप भयाे नगर मेराे झेलीकाे झेलले
    सहर मेराे बगर हाेला बर्खाकाे भेेलले ।
    २.
    भुक्तछ कुत्ता स्वप्न सजाई
    लुक्तछ मुसाे प्वाल बनाई ।
    ✍️ गिरिराज निराैला
    कीर्तिपुर ७ पाँगा, काठमाडाैँ ।
    [६६]
    फुलैफूलकाे बगैँचामा रमेपछि शहर
    सिरसिर वसन्तमा नि जागेन खै रहर ।
    ✍️ खुनराज काेईराला
    सिद्दलेक-३ गैरीगाउँ, धादिङ
    [६७]
    १.
    मानवको भिड बढेर निसासिएको शहर
    अमानवीय भावनाको घोलिएको छ जहर ।
    २.
    एक्लोपनले नै छट्पटाई रहँदा मानव
    साथ छोडी आफन्त पनि बनिदिन्छन् दानव ।
    ✍️ सरिता काफ्ले
    कोहलपुर ८ पिपिरी बाँके
    [६८]
    १.
    जताततै धुलाे धुवाँले प्रदुषण हुँदैछ शहर
    काेलाहल र भिडभाडले शान्ति छैन कुनै प्रहर।
    २.
    घरैघरकाे भिडभाडले छिर्दैन हावा कतैपनि
    स्वच्छ सफा राखाैँ सबैले आफू संवेदनशील बनि ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    [६९]
    १.
    निसासेर भित्र भित्रै बन्द मेरो शहर
    छटपटेर एकलासमा मेरो रहर ।
    २.
    पसिना नबगाई पैसा फल्ने यो शहर
    यिनकै पैसामा रमाउने के यो कहर ।
    ✍️ शुदर्शन शर्मा
    सिरानचोक ३ गोरखा
    हाल सेन्टर अफ्रिका
    [७०]
    १.
    खै के नै रहेछ र राम्रो भनाैँ भिडभाड यो शहरमा
    मान्छे को चहलपहल मात्र देख्छु प्रत्येक पहरमा।
    २.
    शहरीया जीवन अल्छी जिउँछन् भोग र विलासमा
    नकचरी मोरी सजिन खोज्छे, मखमली पिलासमा।
    ✍️ मोती योन्जन सुब्बा
    दार्जिलिङ।
    [७१]
    १.
    रोजीरोटी बनोस् भव्य सभ्य मेरो शहर
    विदेशिएकालाई फर्किने बनोस् रहर ।
    २.
    सामाजिकता हराएको लाग्छ शहर खै कस्तो
    विकासमा कता अलमलिएको वन्जर जस्तो।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    [७२]
    १.
    सबैको एक मात्र शहर
    त्यसमा छन् अनेकाैँ रहर।
    २.
    मेरो शहरमा कोही धनी भए त कोही गरिब
    लागि परेका छन् ती सबैजना हुनलाई करिब ।
    ✍️ आशिष ऐडी
    कालिकोट पचालझरना
    [७३]
    १.
    स्वप्न साकार पार्ने बनोस् हाम्रो त्यो शहर
    पूरा गरोस् मन भरिका असीमित रहर ।
    २.
    गाउँले छुट्टै रहर हुन्छ शहरमा पढ्ने
    जिउने कला सिकेर धेरै सिढीहरू चढ्ने।
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    [७४]
    १.
    अनेक सुविधा अनि अाराम देखी लागेका हुन् सहर
    ती सबैको जीवनशैली हेरि मलाई लागेन रहर ।
    २.
    शहरमा पैसालाई सबै थोक नै ठान्छन्
    गाउँमा भने पैसा भन्दा ज्ञान ठूलो मान्छन्।
    ✍️ चन्द्रप्रकाश `कमल´
    तिनाउ-१ कचल, पाल्पा
    [७५]
    १.
    सफा र सुन्दर बनाउँछु मेराे शहर
    सबै माझ चिनाउने लागेकाेछ रहर।
    २.
    जति सुन्दर मन त्यति सुन्दर शहर
    यसैलाई विश्वमा चिनाउनेछ रहर ।
    ✍️ सबिता पाण्डे
    धादिङ
    [७६]
    १.
    देखिएन कतै निस्वार्थी शहर
    राखेर के गरूँ मनमा रहर ।
    २.
    जिन्दगी हुँदैछ बगरमा लुलो
    देखेर असम्भव सपना ठूलो ।
    ✍️ सुरेश पाण्डेय
    सुर्खेत, बिरेन्द्रनगर
    [७७]
    १.
    के पाइन्न शहरमा? सबथोक पाइन्छ,
    पैसा हुनुपर्छ टन्न आफन्त कमाइन्छ।
    २.
    महलै महलको जङ्गल बडो सुन्दर लाग्छ
    खुसी खोज्ने रहरमा यो मन उतैतिर भाग्छ।
    ✍️ अजय दनुवार
    धनगढीमाई न.पा.-४
    जयपुर, सिराहा
    [७८]
    १.
    विकृति अनि विसङ्गतिमा रमाएको छ मेरो शहर
    सुक्सुकाउँदो बनाई देखाउने हजुर मेरो रहर ।
    २.
    बम र बारुद देखि टाढा नै छ मेरो सहर
    यसको चिन्तामा डुबेको हुन्छ म चारै प्रहर ।
    ✍️ शशिश्री आचार्य
    बौद्ध कुमारीगाल,६ काठमाडौं
    [७९]
    १.
    शहर सभ्यताको प्रतिक बनेर आएन
    गल्लीकाे त्याे वेसहाराले छाक टार्नै पाएन ।
    २.
    मेरो शहर छिमेकीको शहर बन्न सकेन
    एउटै घरमा लास पर्दा पनि चाळै पाएन।
    ✍️ देव मगर
    तिनाउ-१,कचल, पाल्पा
    [८०]
    १.
    काम सुविधा र सम्पन्नताकाे आशामा पस्छन् सबै शहर,
    अभाव विसंगति र विकृति सहँदै काट्नु पर्छ कहर ।
    २.
    बनाए बन्छ सभ्य शहर व्यवस्था राम्रो भए,
    हाेला भन्ने आशैआशमा गरिबीका चाेला गए ।
    ✍️ रामप्रसाद पुरी
    बादेल,खाेटाङ

    ::::: जय टुक्का! जय साहित्य!! :::::

    Leave a Reply