ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

  • २८ आश्विन २०८०, आईतवार २१:१० मा प्रकाशित
  • काठमाडौं ! सौर्न्दर्य ब्यबसायी तथा ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित भएकी छिन्।

    शाक्यलाई शनिबार राष्ट्रिय नाचघर जमलमा एभरेष्ट इभेन्ट्स तथा करुणाको ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरद्वारा आयोजित मिस्टर एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३को ग्रान्ड फिनालेमा उक्त अवार्डद्वारा सम्मानित गरिएको हो।

    विगत १० बर्ष देखि सौन्दर्य व्यावसाय तथा ब्युटिसियनमा कार्यरत शाक्य उपत्यकाको रैथाने नेवा: समुदायका हुन्। परम्परागत ब्यबसाय भन्दा फरक सौर्न्दर्य ब्यबसाय रोजेका उनको ललितपुरको भैसेपाटीमा सिन्दुर ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर रहेका छन्।

    आफुले गर्दै आएका व्यावसायमा खुशी रहेकी शाक्यले कुनै पनि काम गर्दा उक्त कामप्रति लगनशील हुनु पर्ने बताउदै अवार्डद्वारा सम्मानित हुदा अझ काम गर्न प्रेरणा मिलेको बताएकी छिन्।

    मिस्टर एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३को उपाधी मिस कृष्णा कुँवर र सोलिना लामाले चुमेकी छिन् भने श्रीमती प्रिना राई गुरुङ र मिस अरुणा पुरीले फर्स्ट रनरअप ,मिस बिनिता खड्का र श्रीमती झरना काफ्लेले सेकेन्ड रनरअप ,मिस कृतिका गिरी र श्रीमती संगम शर्माले ब्रान्ड एसेम्डर,क्रान्ति घिमिरेले आयोजक छनोट र सरिता पत्र वंशले ब्युटी विथ ब्रेन अवार्ड जितेकी छिन्।i

    Leave a Reply