
साउदी अरब । प्रवास नेपाली सम्पर्क समिति साउदी अरबले आगामी शुभ दीपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, चियापन सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
सो अवसरमा पूर्वी क्षेत्रीय समिति समेत गठन गर्ने कार्यक्रम रहेको सम्पर्क समितिका सभापति जेन कुमार लामाले जानकारी दिएका छन्। नोभेम्बर १० मा दमामको सिको गार्डेन अगाडिस्थित होलिडे होटलमा साउदीको स्थानीय समायानुसार बिहान ११ बजे उपस्थित भइदिन सम्बन्धित सबैमा सम्पर्क समितिले अनुरोध गरेको छ ।
प्रवास नेपाली सम्पर्क समिति राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन हो भने संगठनले तिब्र रुपमा कमिटी गठन गरी प्रवासमा रहेका नेपाली लाई संगठनमा आवद्ध गर्ने लक्ष्य लिएको छ।