पञ्चाङ्ग लेखन शृङ्खला- ६६

  • १० कार्तिक २०८०, शुक्रबार १०:५० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं। यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छैसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६६ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०७/०६ गते
    भोलि बेलुका ०९ बजेसम्म दशैं विशेष पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। (विजया दशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुन सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा सु स्वास्थ्य र दीर्घायुको कामना सहित हार्दिक शुभकामना,नव दुर्गा भवानीले सबैको कल्याण गरून्।)
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    मिठो खाना आओस् यो दशैंमा।
    हर्ष खुसी छाओस् यो दशैंमा।
    शत्रु सबै नाश भई जाउन्,
    नयाँ लुगा पाओस् यो दशैंमा।
    दुःख हटि जाओस् यो दशैंमा।

    पञ्चाङ्ग:०२
    दुश्मन सखाप पार्ने शक्ति देऊ नवदुर्गा माता।
    अत्याचारीलाई मार्ने शक्ति देऊ नवदुर्गा माता।
    दशैंको शुभकामना छ सबै हिन्दू धर्मालम्बीमा,
    तुच्छ बोल्नेलाई हार्ने शक्ति देऊ नवदुर्गा माता।
    सत्यलाई साथ सार्ने शक्ति देऊ नवदुर्गा माता।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०३
    सबैमा दसैॅको शुभकामना छ।
    रमेर मनाऔॅ यही भावना छ।
    दैलोमा छिर्यो असी सालको दसैॅ,
    सबैलाई खुशी हुने चाहना छ।
    नेपालीजनमा उज्यालोपना छ।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४
    हर्षले सबै छाओस दशैं पर्व।
    मंगल ध्वनी गाओस दशैं पर्व।
    सम्पूर्णमा चाडको शुभकामना ,
    सम्मान गनी पाओस दशैं पर्व।
    सन्तोष बोकी आओस दशैं पर्व।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०५
    जता ततै नै दसैँको लहर चलेको छ।
    गाउँ जाने भन्दै पुरै सहर चलेको छ।
    केटाकेटी बुढा बुढी युवकयुवतीमा,
    नयाँ नाना मिठो खाना रहर चलेको छ।
    के गर्नु र गरिब हुँ कहर चलेको छ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०६

    विश्वास किन पाइदैन व्यावहार गरेर जाँच्न मन छ ।
    कहिल्यै छुटो बोल्नु नपरोस् साँचो नै बोलेर बाच्न मन छ।
    वास्तविक मन बुझ्ने कोही नहुने यो लोकमा किन होला ?
    पीर व्याथाका तमसुक च्यातेर छम छम नाच्न मन छ।
    निष्ठुरीहरुको बैगुणलाई तिरेर गुण साच्न मन छ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०७

    मामाकाे घर जाइन्छ दसैँमा ।
    टीका जमरा लाइन्छ दसैँमा ।
    आशीर्वाद त्यो सकेको बाेकेर
    आ आफ्नो घर आइन्छ दसैँमा ।
    मिठाे मसिनो खाइन्छ दसैँमा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०८

    मौसमसँगै सम्बन्धमा, सुधार गर्छ दशैं पर्व।
    मान्छेको मनमा जन्मेको,कटुता हर्छ दशैं पर्व।
    प्रकृति र मानव, यि दुबैलाई बदलिदिन्छ र,
    सर्वत्र खुसियाली नै,खुसियाली छर्छ दशैं पर्व।
    त्यसैले सबै मिलेर, मनाउनु पर्छ दशैं पर्व।
    ****
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके

    पञ्चाङ्ग:०९

    टन्न खान पाउनेको पो दशैं।
    आफ्ना कहाँ धाउनेको पो दशैं।
    गरीब जहाँको त्यही हो सधैं,
    नयाँ लुगा लाउनेको पो दशैं।
    खुशीयाली छाउनेको पो दशैं।
    ह्यारिस

    Leave a Reply