पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-६२

  • १७ आश्विन २०८०, बुधबार ११:१६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बैसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६२ [बैसठीऔं]

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०६/०८गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………

    पञ्चाङ्ग:०१
    समय आउँछ जान्छ सोध्दैन कसैलाई।
    जो कोहीलाई नै लान्छ सोध्दैन कसैलाई।
    त्यसैले केही बोल्दा सोच्ने गरौँ सबैले,
    जो सुकैको मुटु खान्छ सोध्दैन कसैलाई।
    मृत्युले कसरी हान्छ सोध्दैन कसैलाई।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    फूलमा रमाउँछन् सबै म पातमा रमाऊँ कसरी ।
    तिमी पिरतीमा झुम्दैछ्यौ म घातमा रमाऊँ कसरी।
    यो जिन्दगीमा तिमीलाई बिर्सन त मर्न पर्छ सानू,
    कल्पनाको सुख छोडी दुःख खातमा रमाऊँ कसरी ।
    जून बिना एक्लै यो अँधेरी रातमा रमाऊँ कसरी ?

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३
    दुःख र पीडा बिसाउने ठाउँ चाहिएको छ।
    हाँसोमा हाँसो मिसाउने ठाउँ चाहिएको छ।
    खुसी र पीडा एक अर्काका परिपुरक हुन्,
    भएका दुःख चिसाउने ठाउँ चाहिएको छ।
    दुश्मनलाई पिसाउने ठाउँ चाहिएको छ।
    ह्यारिस

    पञ्चाङ्ग:०४
    दिनमा पुतली जस्तै उडेर फूलमा रमाऊ।
    रातमा लामखुट्टेले टोक्छ है झुलमा रमाऊ।
    रात दिनको मिलन बिन्दु मनमा राखेर हेर,
    मनलाई चञ्चल नगर आफ्नै कुलमा रमाऊ।
    चाडपर्व आयो नि परिवारको हुलमा रमाऊ।
    बेदु न्यौपाने
    काठ माडौँ ❤️
    पञ्चाङ्ग:०५

    sss, iis, isi, iis, ssi, ssi, s

    कौसीमा बसियो अलाप रटियो, जो मेल मेरै भयो
    साथीको मनमा रहेर किन हो, आलाप धेरै भयो
    कहाँको रणमा बचेर अमली ,सोचेर काट्ने थियौ
    साथीको मुटुमा अनेक घटना, आएर खेरै भयो
    चौतारी कसको अजान पथमा, सोचेर तेरै भयो ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग:०६

    डुबेको घामसँगै झुल्के घाम पर्खेको छु यहाँ।
    मुस्कान ल्याउन पीडा सबै नै खर्चेको छु यहाँ।
    पानीको चक्रसँगै छ मेरो अस्तित्व गाँसिएको,
    पहाडलाई सारा खुशीहरु अर्पेको छु यहाँ।
    प्रकृतिमा खेल्न बादलसँग तर्केको छु यहाँ।

    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०७
    तिमीलाई हेर्दा हेर्दा यो ज्यान जानी भयो सानू।
    तिम्रो बोली सुन्दै निदाउने पो बानी भयो सानू।
    तिम्रै यादमा आजभोलि दिन अनि रात बित्छन्
    सोच्छु तिम्रै पिरले मलाई नै खानी भयो सानू।
    पीरको पसिनाले जिउ ज्यान पानी भयो सानू ।।
    बाबुराम पाण्डे
    अर्घाखाँची

    पञ्चाङ्ग:०८
    फुल्दैछन् आगनमा रङ्गीचङ्गी फूल हेर।
    आकाशमा उड्यो माल चराको हूल हेर।
    सरद् ऋतु आगमनको आभास हुदैछ,
    फल लागेका बोटमा मुनाको झुल हेर।
    कलिला मुना टिपेर नगर भूल हेर।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९

    आफ्नै छन् दुनियाँ पढी रमाऊँ साथैमा।
    एकले अर्काको हात समाऊँ साथैमा।
    एकतालाई जागृत दिएर सबैले,
    काम गर्दै रक्षा भर्दै कमाऊँ साथैमा।
    मिलेपछि के नहोला जमाऊँ साथैमा।

    जमुना आचार्य

    पञ्चाङ्ग:१०
    पर्खेर बसेँ,आएन खुसी, गलाएर गयौ।
    आशाको ठूलो रूख रोपेर ढलाएर गयौ।
    सुनेका कुरा बिर्सि दिएँ,देखेका सम्झि रहेँ,
    बिजुली चम्काएर सपना जलाएर गयौ।
    बिना बोटमा झुप्पा फसल फलाएर गयौ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    पञ्चाङ्ग११

    फूलमा रमाउँछन् सबै तिमी पातमा रमाउन सिक ।
    पिरतीमा सबै रम्द‌ैछन् तिमी घातमा रमाउन सिक ।
    जिन्दगीकाे महासागर तर्दामा तिघ्रा नकमाइकन ,
    पौडिएर आफैँ पराकाष्ठाकाे खातमा रमाउन सिक ।
    उज्यालोमा मात्रै नभै अँधेरी रातमा रमाउन सिक ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१२
    ओेमकार हटाएर राख्ने भनेर भन्दछन्
    यही चर्चा गरी मान्छे संख्या गनेर भन्दछन्
    कति संख्या रहेछन् ती ओेमकार विरुद्धमा
    आपसमा कुरा गर्दा क्राेधी बनेर भन्दछन्
    हाेच्याएर कसैलाई खाल्डाे खनेर भन्दछन्।

    ताेयानाथ सुवेदी
    काँडाघारी काठमाडौं

    पञ्चाङ्ग:१३
    कुकुरले कुकुर सित जति झगडा गरे पनि।
    साँढेहरु जुधेर एक अर्काको सिङ झरे पनि।
    मान्छेले मान्छेलाई जस्तै शिकार नगर्दो रहेछ,
    चाहे त्यो कैयौं दिनदेखिको भोकभोकै परे पनि।
    त्यतिकै नै बस्दो रहेछ त्यो बरु भोकले मरे पनि।

    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:१४
    शब्दकोषबाट ओम निकाल्ने भन्छन्।
    त्यसको बदला अर्कै के हाल्ने भन्छन्।
    मानिसमा कुमति लाग्न थाले पछि ,
    उल्टो दिशातिर पाइला चाल्ने भन्छन्।
    हिन्दूवादीहरूको मुख टाल्ने भन्छन्।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:१५
    तिम्रा लागि प्रगति पथको बाटोमा उभिन सकूँ।
    जस्तो भए नी आफ्नै नेपाली माटोमा उभिन सकूँ।
    एक रथको दुई पाङ्ग्रा भै जिन्दगीको दौरानमा,
    हिङ्ग नभएनी हिङ्ग बान्ने खाटोमा उभिन सकूँ।
    धर्खराउँदै भए नि तिम्रो पाटोमा उभिन सकूँ।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:१६
    जीवनसँग हार भयो मैले जितिनँ।
    नचाहिँदो कै पार भयो मैले जितिनँ।
    फेरि म जित्न भनेर होइन जन्मेको,
    सपनाको नै मार भयो मैले जितिनँ।
    निषेधात्मक सार भयो मैले जितिनँ।

    ✍️अच्युत घिमिरे,सर्पाङ,भुटान🇧🇹

    पञ्चाङ्ग:१७
    कहाँ हाेला नेटाे काटी मलाई छली हराकाे मान्छे।
    तिमी जता भएपनि मैले मन पराएकाे मान्छे।
    आखिरमा जानु नै थियाे त किन आयाै समिपमा,
    तिमीले छाेडी गएपनि मैले प्रेम भराकाे मान्छे।
    क्षितिज पारी गएपन मन त्यता सराकाे मान्छे।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१८
    थाहा छैन ऊ जितेर गयो या त हारेर गयो।
    तर आज सबैलाई अलपत्र पारेर गयो।
    हामी गरिबको खून र पसिना लुटेर एक्लै,
    अनयासै यो बिच सडकमा पछारेर गयो।
    हेर जानाजानी यो दुनियाँलाई मारेर गयो ।

    विवश पारदर्शी
    झापा

    Leave a Reply