“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: पैसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६५ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/०६/२९ गते
भोलि बेलुका ०९ बजेसम्म दशैं विशेष पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। (विजया दशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुन सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा सु स्वास्थ्य र दीर्घायुको कामना सहित हार्दिक शुभकामना,नव दुर्गा भवानीले सबैको कल्याण गरून्।)
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
शहर देखि गाउँसम्म खुसीयाली छाओस् यो दशैँमा।
गरीब दुःखी सबैले खान लाउन पाओस् यो दशैँमा।
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु म,
रातोटीका, जमरा झैँ सुन्दर हुँदै जाओस् यो दशैँमा।
हर्ष खुसीमा नवरथाको भजन गाओस् यो दशैंमा।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
कतै महल आकाश छुने कतै पाल किन ?
कतै मस्त अघाएका कतै रित्तो थाल किन ?
शब्दमा मात्रै सिमित भयो समताकाे नारा ,
बिर्सिएर वाचाहरु जताततै जाल किन ?
आशाहरु निराशामा सधैँ सधैँ खाल किन ?
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०३
कहाँ पाक्छ मासु कहाँ पाक्छ र मिठो सेल हजुर।
बरु भित्र मन पाक्छ बाहिर आँसु भेल हुजुर।
घरजग्गा जति सबै धितो छ साहुकै पाउमाथि,
हर्ष न विस्मात कागलाई पाकेको बेल हजुर ।
गरिबलाई त दसैँ साढे सातको खेल हजुर ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०४
आफ्नै दाजुभाइ पनि बराबरी हुन्नन् यहाँ।
दुख पर्दा यौटालाई अर्का त्यसै रून्नन् यहाॅ।
यो दुनियाँ स्वार्थी रैछ आफ्नो भागमात्रै हेर्ने,
अघिपछि मिले पनि दु:ख पर्दा छुन्नन् यहाॅ।
ज्यान मैलो धोए पनि मैलो मन धुन्नन् यहाॅ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०५
बडादशैं आओस् घरघरमा।
रमाइलो छाओस् घरघरमा।
सबैलाई शुभकामना दिन्छु,
राम्रो लुगा पाओस् घरघरमा।
मिठो खाना खाओस् घरघरमा।
ह्यारिस
पञ्चाङ्ग:०६
जुन चहक देखिन त रात हुनुपर्छ।
खुशीहरु ओझेल पर्न घात हुनुपर्छ।
दु:खसुख मनका बह खुलाएर पोख्न,
बोलचालको भाषाभित्र बात हुनुपर्छ।
लवज बुझ्ने मानिसकै जात हुनुपर्छ ।
त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
पञ्चाङ्ग:०७
महँगीले छानो छोयो दशैँ खल्लो होला जस्तो छ।
जाऊँ चामल तरकारीको भाउ कता सस्तो छ।
गुणस्तरीय सामान पाउन पनि गाह्रो हुने,
एकलव्य कामले कहाँ सामान छान्नु कस्तो छ ।
महिने तलबभत्ताले आफैँ श्रृङ्गार घस्तो छ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:०८
अक्षर-१६
गरिब भन्छन् ऋण खोज्नु पर्ने दशैँ आयो रे।
जहिले पनि हाम्रै भाग्य हर्ने दशैँ आयो रे।
किन बारम्बार आउँछ फर्किँदै रुवाउन,
माग्न गयो उनै हो पर सर्ने दशैँ आयो रे ।
भगवान कहिले भाग्य भर्ने दशैँ आयो रे।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०९
आफ्नो औकात र स्थिति हेरि चल्न जान्नु पर्छ।
संस्कार परम्परा नबिगारि नै मान्नु पर्छ।
कस्ले भन्छ दशैँमा मार हान्नै पर्छ भनेर ?
समाज भित्र जसरी’ नि इज्जत धान्नु पर्छ।
आफ्नो घाँटी हेरि निल्न सक्ने हाड छान्नु पर्छ !
विवश पारदर्शी
झापा,
पञ्चाङ्ग:१०
मनलाई सन्तुष्ट पार्न सकु दशैँ मनाइ यहाँ।
रमाउछौ हामी चाडमा आफ्ना भेला बनाइ यहाँ।
बडा दशैंको सम्पूर्णमा हार्दिक शुभकामना छ ,
पाए स्वयंले पनि शुभकामनाको भनाई यहाँ।
रहन्छ संस्कृति जीवित सद्धभाव खनाइ यहाँ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:११
दशैँको महक छाउँदैछ गाउँ घरमा।
हर्ष र उल्लास आउँदैछ गाउँघरमा।
महानचाडको महत्त्व ठूलो छ त्यसैले,
परदेशीहरू धाउँदैछ गाउँघरमा।
चोकमा नि पिङ लाउँदैछ गाउँघरमा।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:१२
महल देखि कुटी सम्म सबैको घरमा आओस् दसैँ।
हासो र खुशी ल्याइकन सबैको घरमा गाओस् दसैँ।
टीका होस् निधारमा जमरा होस् माथमा सबै-सबैको,
गरिबले पनि एकछाक त मिठो खान पाओस् दसैँ।
ऋणको भारी कसैलाई नबोकाइकन जाओस् दसैँ ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:१३
दशैँ आयाे अब त गाउँ शहरमा राैनक छाएकाे छ।
विदेश गएकाे नेपाली पनि धेरै बर्षमा आएकाे छ।
लिंगे पिङ र राेटे पिङ खेल्नुकाे मजा छ बेग्लै यहाँ,
साना ठुला सबैले त भनेसम्म खुशीयाली पाएकाे छ।
वर्ष दिनकाे महान चाडमा दशैँकाे गीत गाएकाे छ।
उर्मिला के.शी.
धनकुटा