पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६४

  • २६ आश्विन २०८०, शुक्रबार १२:३३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६४ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०६/२२ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    छेपारो जस्तै रंग फेर्ने धेरै छन्।
    दुःखमा दबाबले घेर्ने धेरै छन्।
    गाह्रो हुँदै गयो दबावमा बाँच्न,
    दुःख पर्दा रमिता हेर्ने धेरै छन्।
    पीडामा हुँदा कथा केर्ने धेरै छन्।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    जागेर जनता अब राँको बाल्नु पर्छ।
    विद्रोहको अभियान अब थाल्नु पर्छ।
    चौपट्ट भो मुलुकमा अब थामिदैन,
    यी भ्रष्टाचारीहरूको जालो फाल्नु पर्छ।
    यी छिद्रभेदीहरूमा हिङ हाल्नु पर्छ।

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग:०३
    जसरी बुढेसकालमा केश हराउँछ।
    लगाइरहेको जुताको लेश हराउँछ।
    आपत्मा कसैको सहयोग रहँदैन यहाँ,
    आफ्नै देहबाट एक धर्को वेस हराउँछ।
    जनता रोइरहेका बेला देश हराउँछ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४
    लुकाइदिन्छन् सत्य मिलीजुली खाने छन् यहाँ।
    राज्यको ढुकुटी खर्ची भ्रमण जाने छन् यहाँ ।
    जनता ‘को’ परिभाषा बुझ्न गार्हो भयो हेर ,
    जस्ले सक्यो लुट्छन् उही महान ठाने छन् यहाँ ।
    कत्रो शान त्यो वीरको डुबाई लाने छन् यहाँ ।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०५
    कोही विदेशिने थिएन नि आफ्नै देशमा काम पाए।
    काम गरिसके पछि भने जस्तै उचित दाम पाए।
    मरेपनि कमसेकम मलामीको त साथ पाइन्थ्यो,
    स्वर्ग चाहिन्नथ्यो मरेपछि आफ्नै देशमा नाम पाए।
    पसिना पनि सुकि नै हाल्थ्यो आफ्नै देशको घाम पाए।
    -पशपति राई खोटाङ ।

    👉पञ्चाङ्:०६
    चुँडिएको त्यो पुच्छर पलाउला हेर।
    कट गाह्रो पर्दाखेरि मलाउला हेर।
    सकिँदैन चिन्न असर फेर्ने छेपारो,
    यस्ताले त भित्रभित्रै जलाउला हेर
    सुकेको दाउरासरि बलाउला हेर।

    ✍️अच्युत घिमिरे,सर्पाङ,भुटान🇧🇹

    पञ्चाङ्ग:०७

    मातापिता गुरु बहुमूल्य हिराका हार हुन् ।
    समाजलाई बाटो देखाउने शक्ति सार हुन् ।
    सकिन्न कहिल्यै तिरेर याेगदान यिनको,
    सृष्टिलाई जीवन्त राख्ने सञ्जीवनी झार हुन् ।
    साँध लगाइएको तेजिलो बौद्धिक धार हुन् ।

    • भवानी घिमिरे
      सर्लाही

    पञ्चाङ्ग:०८

    कहिले वारि कहिले पारी सार्दैछन् के गरौँ

    अर्काको ज्यान लिएर आफ्नो पार्दैछन् के गरौँ
    विपदमा परेका छन् विदेशमा नेपाली नै
    जिन्दगी बचाउन नसकी हार्दैछन् के गरौँ
    गर्छु सहयोग भन्नेले नै टार्दैछन् के गरौँ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०९

    जीवन जिउन जान्नु पर्छ।
    पराई नि आफ्नो ठान्नु पर्छ।
    मान्छेको आ आफ्नै हुन्छ इच्छा,
    आफ्नो काम राम्रो मान्नु पर्छ।
    सत्य राम्रोसँग छान्नु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग:१०

    दुःख सुख जसरी नि जिन्दगी जिउनु पर्दाे रहेछ।
    फाटेकाे मनलाई शान्त पार्न सिउनु पर्दाे रहेछ।
    मनका कुरा मनमै रहेमा सुनिदिने काेही छैन,
    पीरव्यथा भुलाउन हजुर पिउनु पर्दाे रहेछ।
    भाग्यले दिएसम्म त चाेट पनि लिनु पर्दाेरहेछ।

    उर्मिला के.शी.
    धनकुटा ।

    पञ्चाङ्ग ११

    देशमा रोजगार छैन र विदेशमा सुरक्षा पनि छैन
    जनताका यथार्थपरक पीडाहरू साध्य भनि छैन
    एक अर्कामा मर्यादाक्रम राख्ने खै तयारीमा उत्कृष्ट
    युद्ध माहोल चपेटाबाट बचाऊँ पहल बनी छैन
    युवालाई देशमै रोकी पुरस्कार खोरिया खनी छैन

    जमुना आचार्य सिन्धुपाल्चोक

    Leave a Reply