‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०६

  • ५ कार्तिक २०८०, आईतवार २२:१७ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    चर्को व्याजमा ऋण काढेँ किनिल्याएँ खसी,
    दसैँ पर्व त मान्नै पर्‍यो ___खान्छु बसी बसी ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)

    जति सक्छौ खुसी बन जति हाँस्छौ हास,
    दसैँसम्म …मात्र त हो …भोलि उठिबास ।
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    २)
    दसैँ त्यसै रमाइलो छ सबै जम्मा हुने हाे खास,
    ऋण काढे दसैँ मनाउँदा लाग्छ फेरि उठीबास ।
    सुशीला थापा शिखा
    काठमाडौं कागेश्वरी
    ३)
    ऋण खोजेर भए पनि गर्जो टार्नु पर्ने,
    तिर्न ढिला हुँदाखेरि घर खेत नै हर्ने ।
    दुर्गा आचार्य
    मोरङ
    ४)
    दसैँ पर्व रमाइलो गर्दै मनाउनु पर्छ,
    तर आफ्नो औकात भुलियो भने हानी गर्छ ।
    दुर्गा भट्टराई
    मोरङ
    ५)
    चर्को ऋण परे पनि यो दसैँ त मान्छौँ,
    उठिबास लाग्यो भने घर छोडी जान्छौँ ।
    प्रदीप के रिमाल
    इटहरी सुनसरी।
    ६)
    क्षणिक खुसीको लागी धेरै लामो कष्ट,
    नगरौँ बढी खर्च होला सुखको नष्ट ।
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ७)
    दसैँ मनाऔँ खुसी साटाैँ सफा लुगा फेरी,
    ऋण गरी मान्नुहुन्न मनाऔँ घाँटी हेरी ।
    निरज कोइराला बेलका १ उदयपुर, हालः इटहरी
    ८)
    यसै ऋण उसै ऋण, रोई बस्ने किन ?
    ऋण गरी रमाऔँ, चाडपर्वका दिन ।
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    ९)
    मान्नै पर्छ चाड यो दसैँ मनाऔँ पहिले जस्तै,
    गच्छे अनुसार माने होला अहिले पनि सस्तै ।
    ध्रुव श्रेष्ठ,
    खोटाङ वजार,
    हाल काठमाडौ ।
    १०)
    ठूलै काम गरेँ भनेर नठान्नु आफैँमा थपेर रिन,
    यस्तो पाराले जीवन चल्दैन पहिला आफूलाई चिन ।
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    ११)
    दसैँ हाम्रो ठूलो चाड लाऊँ सफा नाना,
    आफ्नै गच्छे अनुसारको खानुहोस् खाना ।
    भगवती दवाडी ,झापा
    १२)
    मनाऔँ दसैँ सधैँ जस्तो मनमा खुसी नै खुसी भरी,
    शक्तिपीठ दुर्गा मातालाई पुष्प गुच्छा अर्पण गरी ।
    भेष कुमारी लामिछाने
    देवदह ०५ खैरेनी रुपन्देही ।
    १३)
    मनाओैँ दसैँ खुसी हर्षले खर्च थाेरै गरी,
    ऋणको पीडा खेप्न नपराेस् जुनी जुनीभरि ।
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    १४)
    दसैँ हो खसी काटियो पक्कु र सेकुवा बनाइयो खुब मस्ती गरियो,
    साथीभाइ जम्मा गराइयो खाइयो यस्तै भो आफू त बिन्दास परियो ।
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    १५)
    वर्ष दिनमा काट्छु खसी ऋण लागे तिर्दै गरूँला,
    यो ज्यानको के भरोसा त्यतिन्जेल बाँचुला मरूँला ।
    कमला पौडेल
    १६)
    धनीले खसीकाे मासु खाँदा गरिबले सिन्कीकाे झाेल,
    किन ओढ्छस् सरकार तैँले समानताकाे खाेक्राे खाेल ।
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    १७)
    सके ऋण तिरौँला नसके भोलि हेरौँला,
    दसैँ त मान्नै पर्‍यो, कामकाजमा फेरौँला !
    विवश पारदर्शी
    झापा,
    १८)
    दसैँ महान चाड हाम्रो मान्नैपर्छ खुलेर,
    तर देखासिखी नगरौँ आफ्नो गच्छे भुलेर ।
    चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    १९)
    ऋण काढी भए पनि मान्नैपर्छ दसैँ मैले,
    सबैलाई खुसी पारेर मनाउनु छ ऐले ।
    कमला देवकोटा ,पाल्पा
    २०)
    देखासिकी गर्नुहुन्न है, गच्छे अनुसार मनाउनू,
    खुसीको पर्व दसैँलाई, ऋणको भारी नबनाउनू ।
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    २१)
    घाँटी हेरी हाड निल्नु भन्छन् बुढापाकाले,
    दसैँ त मान्नैपर्‍यो भन्छन् गाउँमा काकाले ।
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २२)
    घाँटी हेरी हाड निल के हुन्छ खाएर,
    राम्रो कर्म गर साथी यो जुनी पाएर ।
    आर्त अकुलीन
    २३)
    देखासिकी, तडकभडक नगरे नि मनाइन्छ पर्व,
    आफन्त र इष्टमित्र आपसमा खुसी साट्दा हुन्छ गर्व ।
    पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    २४)
    कैयौँ आए दसैँ मनको पीर कसले देख्छ,
    निमुखाहरूको कथा ब्यथा खै कसले लेख्छ ?
    प्रेम थापा “मन”बागलुङ
    २५)
    राजनीतिमा लाग्नेहरूको मात्र भाग्य निकै चम्क्यो,
    जताततै महङ्गी छ दसैँ दैलो नै नहेरी लम्क्यो ।
    पवन कुमार बुढाथेाकि
    काठमाडौं
    २६)
    जसोतसो जुटाउँनै पर्‍यो दसैँ मान्न,
    मासिनै लागेको हाम्रो, परम्परा धान्न ।
    गणेश नेपाली
    बगनासकाली-१,बगनास पाल्पा।
    २७)
    दसैँ आउँदाखेरि धनीलाई खुशियाली छाउँछ,
    गरिबलाई भने ऋणको बोझले नै सताउँछ ।
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    २८)
    साहुँको ऋण बोकी दसैँ मनाउँदा खेरि,
    आफू बसेको थातथलो छोड्नु पर्ला फेरि ।
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    २९)
    औकात हेरेर मात्र मनाउनु पर्छ पर्व,
    आफ्नो संस्कृति र चलनको गर्नुपर्छ गर्व ।
    तोयानाथ चापागाईं
    दमक,झापा,नेपाल
    ३०)
    पोषिलो नखाएमा इन्द्रिय दरो हुन्न,
    महङ्गो भएका देख्दा भन्छु छुँदै छुन्न ।
    जमुना आचार्य
    सिन्धुपाल्चोक
    ३१)
    ऋण काढी खान्छ खसी घर बसी बसी,
    चुक्ता गर्न गर्नु पर्ला श्रम घुडा धसी ।
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ३२)
    रमाइलो चाड ठूलो मनाऔँ सबैले दसैँ,
    गच्छे अनुसार खर्च गर्नु सर्नु पर्ला बसैँ ।
    गुणनिधि घिमिरे
    अमेरिका
    ३३)
    के रमाइलो गर्नु र ! आजभोलि,
    दुखजिलो गरेर भर्नुछ झोली ।
    नागेन्द्रप्रसाद यादव, दाङ
    ३४)
    भतभत पेट पोल्दैछ ऋण कसरी तिर्नु,
    समाजको नजरमा नि परिरहेछ गिर्नु ।
    सरिता सेढाई धादिङ
    ३५)
    ससुराकी छोरी पो हो त झुक्नलाई के जान्दथी ?
    आफूलाई मै हुँ भन्नेले के तिम्रा कुरा मान्दथी ?
    गंगा खड्का
    बूढानीलकण्ठ, काठमाडौँ
    ३६)
    खसीभन्दा सुन सस्तो यो दसैँमा आहा !,
    सीमा छैन हर्षको कसलाई के थाहा ?
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ३७)
    चाडपर्वकाे बेला मासु खाने कस्तो आयाे चलन,
    धन हुनेलाई राम्रै हाेला गरिबलाई जलन।
    सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही
    ३८)
    ढर्रा स्वरूप हुने गर्छ थुप्रै पशुपन्छीको काटमार,
    विविध रोगले जन्म लिन्छन् बिग्रिएमा आहारविहार l
    बाबुराम गौतम, गुल्मी
    ३९)
    जे जस्तो छ हामीले त्यसैमा गर्नुपर्छ गर्व,
    हैसियत हेरी मनाउनु पर्छ चाडपर्व ।
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ४०)
    परदेश हुनेहरू घर फर्की आउने प्रयास चाहना,
    ऋण नलागोस् बडादसैँको सबै नेपालीमा शुभकामना ।
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ।
    ४१)
    वर्ष दिनको दसैँ आयो मनाऔँला है जसोतसो,
    बाँकी मनाउन नसके पनि धनीहरूका जसो ।
    सुरेश पाण्डेय
    सुर्खेत बिरेन्द्रनगर
    ४२)
    रिन लिएर देखासिकीमा हैन मनाउँने पर्व,
    दु:ख सुख बाँडेर मान्छौँ संस्कृतिमा गरेर गर्व ।
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ४३)
    ऋण काढी दसैँ मान्छौ, घरबार जाला,
    नेपालीको यही त हो देखासिकी चाला ।
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ४४)
    मासुभात खाऊ बसी बसी बनाऊ दसैँ खास,
    दसैँ सकिएको भोलिपल्ट साहुले उठिबास ।
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ४५)
    आउँछु म छिट्टै साथी ! जुवाकाे खाल बनाउनु,
    बिना मासु, बिना मदिरा के काे दसैँ मनाउनु ?
    मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा न पा-२,रुपन्देही
    ४६)
    वर्ष दिनमा घुमिफिरी आउँछ दसैँ पर्व,
    ऋण काढी मनाए पनि लिनुपर्छ है गर्व।
    काेपिला अधिकारी
    सिरानचाेक ७,गाेरखा
    ४७)
    गरिबको दुःख देखी भित्रि मन रुन्छ धुरुधुरु,
    साहुको ऋण तिरी नसक्दै चाडपर्व खुरुखुरु ।
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ४८)
    नखानेलाई कर छैन खानेलाई हाे डर,
    सकेसम्म त्यो खसीलाई प्रतिस्थापन गर ।
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ४९)
    श्रद्धा भावले खुसी भै खल्ती हेरी मनाउँदै बस्नु ,
    ऋण गरेर बेकारमा शिरमा किन भारी कस्नु ।
    प्रद्यम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    Leave a Reply