‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०५

  • ५ कार्तिक २०८०, आईतवार २०:०४ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    जहिल्यै निहुँ खोज्छ्यौ तिमी जहिल्यै जोरी,
    स्पष्ट भन के खोज्या ? ए ! ससुराकी छोरी ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    उठी सुख छैन मलाई, न सुख बसी,
    सुन भनेर झुक्याएछ, त्यो मोरो कसी ।
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४ दाङ
    २)
    जमाना बदलिँदो छ यहाँ आफन्त कसैले हेर्दैनन्,
    आफ्नो दुनो सोझ्याउन अरूको लागि मन नि फेर्दैनन् ।
    अम्विका अधिकारी
    झापा विर्तामोड
    ३)
    गर्नु गरिसकेँ तर रिसाउछ्यौ जहिल्यै,
    बुझ्न सकिनँ है प्यारी म त्यो मन कहिल्यै ।
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ४)
    चाहे शिला सुशिला हुन् चाहे राधा गङ्गा,
    ससुराकी छोरीसँग नलिनु है पङ्गा।
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    ५)
    जतिसुकै सघाए पनि जस नदिने बानी,
    ससुराकाे छाेरी रहेछ एकादेशकी रानी ।
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ६)
    संसारमा बलिष्ठ शक्ति जगतअम्बिका माता,
    नारी साक्षात् देवी नसम्झनु है पानी भिज्ने गाता ।
    प्रद्युम्न चालिसे
    ७)
    कुन स्वाँठले चपायो सम्झेर तिमीलाई फलामकै चिउरा,
    सधैँ हाँसी खुसी देखिने अनुहार आज किन भए निहुरा ।
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    ८)
    न माया बुझ्छौ मेरो बोल्छौ नि मन चोरी,
    तिम्रो कोही परिनँ म नखोज है जाेरी ।
    सुशीला थापा शिखा
    काठमाडौं कागेश्वरी मनाेहरा
    ९)
    जाली संसारमा कसलाई हो मान्ने चोखा ?
    फोहोरी खेल नखेलौँ, दिने प्रेममा धोखा ।
    कार्की डिबी माकुम
    सुनवल-४,नवलपरासी
    १०)
    खुसी राख्छु भनी घोटिएँ हरेक पल,
    इज्जत त गर्दिनौ किन गर्दछौ कल ?
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ११)
    नाता गाँसौ भनेर उनीसँग बिहे गर्ने निधो गरेँ,
    दायाँबायाँ केही नसोची मैले उनको सिउँदो भरेँ ।
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    १२)
    तैँले के नै गरेकी छस् भन्छन् रिसाउँदै झर्केर जहिले,
    बुझ्न साह्रै गाह्रो हुँदाे रहेछ पराइकाे मन कहिले ।
    सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही
    १३)
    अति भयो भो अब तिमीले सम्झाउनु पर्दैन,
    कर नगरे हुन्छ त्यो मनमा यो मन सर्दैन ।
    दुर्गा आचार्य
    मोरङ
    १४)
    अर्कीसँग मस्की हिँड्छौ भन्ने कुरा सुन्दा,
    धिक्कार्दै छु आफैँलाई यस्तो मान्छे चुन्दा ।
    सरिता सेढाई धादिङ
    १५)
    आउन पा’छैन धाक धक्कु लगाउने यिनको अधिकार,
    देवी काली लक्ष्मी सरस्वती आदि शक्ति यही नै होला सार ।
    प्रदीप के रिमाल
    इटहरी,सुनसरी।
    १६)
    दिलको रानी हौ भनी बयान गरेँ तिमीलाई ठानेर नै कस्तुरी ,
    हरेकपल तिम्रै साथमा हुन्छु भन्थ्यौ किन अहिले बन्यौ निष्ठुरी ?
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    १७)
    जहिल्यै निहुँ खोजेर मसँग आइलाग्दा जोरी,
    सक्तिनौ कहिल्यै नि लान मेरो मनलाई चोरी ।
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    १८)
    मायाले बाँधेर राख्छु भन्थी, मुखियाकि घमण्डी छोरीले,
    चुँडियो बन्धन मोरीको, बाँधी छ काँचो धागोको डोरीले ।
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर
    १९)
    बाेल्नै हुँदैन तिमीसँग बाेलेँ भने निहुँ खाेज्छाै,
    साँझ यसलाई के भनाै भनी दिनभरि साेँच्छाै।
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    २०)
    बोल्नै हुँदैन बोल्यो भने जान्छु भन्छन् जहिल्यै माइत,
    एकदिन घरमा झगडा हुँदा सारिहान्छन् साइत ।
    बाबुराम पाण्डे
    अर्घाखाँची
    २१)
    मेराे जीवन मेराे मर्जी, मेराे दु:ख हाँसाे,
    आफ्नाे काम गर कान्छा, अरूकाे किन चासाे ?
    दिनेश काेइराला
    सिन्धुली
    २२)
    भित्र मन कालो रै’छ, बाहिर हेर्दा गोरो,
    तिमी पनि कम छैनौ ए ! ससुराको छोरो
    Puspa Subedi Acharya
    २३)
    दिलले माया गरेँ तर वास्तै गरेनौ मोरा !
    तिमीले भाउ खोजेकै हो त ससुराको छोरा ?
    पुष्पा राई, खाेटाङ।
    २४)
    बिहेपछि तिम्रै साथमा हुन्छु भन्थी ससुराकी छोरी,
    तर आज अर्कैको हात समाएर भागेकी छ मोरी ।
    एवाइ प्रभात
    सहिदभुमि-३,धनकुटा
    २५)
    सधैँ घुर्की लगाउँछौ सधैँ लजाउँछौ,
    भन तिम्रो दिलमा कहिले सजाउँछौ ?
    लक्ष्मण देउवा “मुस्कान”
    डोटी
    हाल विरनोमुलुक भारत
    २६)
    जमारा औँसी आज हो ए ! ससुराको छोरा,
    लुगाफाटा किनेको छैन, के लाउने बोरा ?
    निमकी डाँडा, दार्जीलिङ।
    २७)
    आमाबाबु सबै छाडी, आए पराई घर,
    आफ्नै घर होकि भुतको, मान्नुपर्छ डर ।
    चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    २८)
    निहुँ त्यसै खोज्या हुन्न कारण हुन्छ जैले,
    आफ्नो पनि दोष होला पत्ता लगाऊ पैले ।
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    २९)
    आगो बाल्न पनि अगुल्ठो ठोस्नु पर्छ भन्थे बुढापाकाले,
    ठुस्किए श्रीमती म त फकाउँछु मिठो टुक्कैको भाकाले ।
    ध्रुव श्रेष्ठ,
    खोटाङवजार,
    हाल काठमाडौ ।
    ३०)
    पति परमेश्वर हुँ म, होइन होला जोकर,
    तमासा अतिनै गर्छ्यौ, बनायौ मलाई नोकर ।
    बिके मुखिया
    दार्जीलिङ, भारत।
    ३१)
    तिमी नै हौ हेर, मेरी दिलकी रानी,
    किन जोरी खोज्छौ त? मेरी प्यारी सानी ।
    नागेन्द्रप्रसाद यादव , दाङ
    ३२)
    कहिले भने दिनैभरि टाँसिइरहन्छु भनी,
    रातभरि त अँगालोमा बाधिएकै छु म पनि ।
    विवश पारदर्शी
    झापा
    ३३)
    खोजेको पाइन्न भन्न पनि छैन मन,
    चुप बसौँ भने बाँच्न पुग्ने छैन धन ।
    नन्दलाल आचार्य, उदयपुर ।
    ३४)
    मारे पाप पाले पुन्य तिम्रै जिम्मा भनी,
    बाँच्न बाध्य हुनु पर्‍यो अब दिन गनी ।
    पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    ३५)
    दसैँ तिहारले छोप्यो, चाहना छन् थरीथरी,
    नेताको पछि दौडिन्छौ, घर चल्छ कसोगरी ?
    रामशरण न्यौपाने, भक्तपुर
    ३६)
    रिस र राग राखेर तिमी किन हो बढेको ?
    उदार मान्छे त्यही नै हुन्छ आखिर पढेको ।
    आर्त अकुलीन
    ३७)
    कसैको जालमा परेर हो कि डुल्छ्यौ खोजी खोजी,
    एउटा हैन, दुईटा हैन, हजार रोजी रोजी ।
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ३८)
    मुजा परिसक्यो छाला तिम्रो सेवा गर्दागर्दै,
    दिन गनी बसेकी छु अश्रु धारा छर्दाछर्दै l
    बाबुराम गौतम, गुल्मी
    ३९)
    देखासिकी गरेर सधैँ नै निहुँ खोज्ने नगर,
    आफ्नो गच्छे हेरेर सदैव ताक्ने गर्नु सगर ।
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ४०)
    भयो अब जोरी नखोज
    अशुभको बाटो नरोज ।
    प्रेम थापा “मन”बागलुङ
    ४१)
    खोजेको कुरा बल्ल अहिले पो पायौ,
    थाहा थियो मलाई तिमीले के चायौ ?
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    ४२)
    जति जाेरी खाेज तिमी मैले छाेड्नेवाला छैन,
    अटुट बन्धन बाँधेको छु ताेड्नेवाला हैन ।
    मित्र उराठी गाैतम
    तिलाेत्तमा-२
    ४३)
    कारण होला निहुँको पनि भन कुनै सार,
    कता रै’छ ध्यान तिम्रो गर्दा यति राम्रो प्यार ।
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ४४)
    मन मुटुमा सजाएर राख्छु भन्थी मोरी,
    पैसासँग पो भजाएर कुन्नी कता मोरी ?
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    ४५)
    कुरा सधैँ टेढाे टेढाे छ, काम केही छैन,
    घर सम्हाल्ने बुढीलाई माया गर्ने हैन ।
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ४६)
    परिसक्यो मुहारमा मुजा गएन बानी निहुँ खोज्ने,
    गर्छौ झगडा घरमा हेर बाहिर अर्कै बुढा रोज्ने ।
    राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    ४७)
    जता गयो त्यतै सुन्छु नराम्रो हल्ला चलेको,
    किन होला दैवले छोरीलाई मात्र छलेको ?
    सरस्वती श्रेष्ठ इटहरी

    Leave a Reply