
टुक्काकार रिता खरालका दशैँ विशेष टुक्का कविताहरू
१
राम्रो राख्नुपर्छ चाहना
यो दसैंको शुभकामना।
२.
घर सिङ्गारेर चम्काउन
आएको छ दसैँ रमाउन ।
३.
दुर्गामाताको शरण परेर
मनाइन्छ दसैँ खुसी छरेर ।
४.
स्वागत् गर्छौ यो बडादसैँलाई
मिलेर मनाऔँ सबै दाजुभाइ ।
५.
वर्ष दिनमा बडा दशैँ आउँछ
सबैको माझमा उमङ्ग ल्याउँछ ।
६.
सम्झिनुहोला है दसैँ अनि तिहार
आउदैन नि हजुर यो बारम्बार ।
७.
सबैको घर आँगनमा लाै दसैँ आयो
खुसिसँगै उमङ्ग पनि बाेकेर ल्यायो।
८.
आफ्नो घाँटी हेरेर दसैँ मनाउनु
जे छ त्यसैमा खुसी भई रमाउनु।
९.
रामको विजय रावणको सत्यानास
सबैको घर घरमा होस् लक्ष्मीको बास ।
१०.
रातो टीका अनि पहेलो जमरा लगाएर
मनाउने हो नी यो दसैँ खुसी मन बनाएर ।
११.
दसैँमा लिइन्छ अग्रजबाट आशिर्वाद
आफन्तजनको पनि सधैं राखिन्छ याद ।
१२.
दु:ख भएपनि दुख नै भुलेर मनाऔँ
आफ्नो संस्कृती हो भनि सम्झेर जनाऔँ ।
१३.
आँखाबाट बलिन्द्र आँसु कहिल्यै नि नझरोस्
दसैँ आउदा सदैव ओठमा मुस्कान रहोस् ।
१४.
शुभकामना छ सबैलाई बडादसैँको
मनाउनुपर्छ यो हाम्रो चाड हो सबैको ।
१५.
स्वच्छ,सफा रहिरहोस् है सदैव मनका भावना
याे दशैँकाे अवसरमा सबैलाई शुभकामना ।
✍️ रिता खराल
गैडहवा गा.पा. -९, रूपन्देही