
उदक यात्री रिता खालका दसैँ विशेष २५ उदकहरू –
१
उमङ्ग
लिएर आयो
दसैं नजिकै छायो !
२
दसैं
उमङ्ग लिएर
आयो हामीलाई सम्झिएर !
३
आहा
रमाइलो भयो
खुसीको रङ्ग दसैंको !
४
मन
रमाउन थाल्यो
दसैं आएर सम्हाल्यो !
५
टीका
ठुलाबाट लगाएर
मनाइन्छ दसैं रमाएर !
६
मन
हामीमा आफ्नोपन
आयो दसैँ झन्झन् !
७
रमाइ
दसैं मनाऔँ
हाम्रो संस्कृति जगाऔँ !
८
मनाऔँ
मिलेर सबै
दशा नबनोस् दसैं !
९
उर्लियो
भल पनि
छायो दसैं अनि !
१०
लिएर
खुसी उमङ्ग
आयो दसैं आगनमा !
११
लगाइ
टीका जमरा
मनाऔँ दसैं सबैले !
१२
रमाइलो
वर्षदिनको चाड
छायो गाउँ समाज !
१३
आशिर्वाद
दसैंको बेलामा
ठुलाबडाको हातबाट लिइन्छ !
१४
स्वच्छ
तन मनले
मनाऔँ दसैं जनले !
१५
दसैं
आशिर्वाद लिइन्छ
दक्षिणा पनि दिइन्छ !
१६
छाएको
उमङ्ग आएको
दसैं घर आँगनमा !
१७
खुसी
भएको देखियो
दसैंले उमङ्ग ल्याइदियो !
१८
राम
सत्यको विजय
रावण भयो पराजय !
१९
जमरा
पहेलो पारियो
दसैं मनाउन थालियो !
२०
दु:ख
भुलेर सबै
हामीले मनाइन्छ दसैं !
२१
रोग
लाग्दैन अरे
दसैं आयो गरे !
२२
सफा
घरहरू भए
दसैं मनाउन गए !
२३
रह्यो
दसैंको दिन
टीका लगाउने धोको !
२४
परदेश
घर विशेष
खुसी हुनु अशेष !
२५
शुभकामना
बडा दसैंमा
स्वच्छ रहोस् भावना !
- रिता खराल
गैडहवा गाउँपालिका -९, रूपन्देही