इजरायलमा मृत्यु भएका नेपालीप्रति राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख राहत दिइने

  • २२ आश्विन २०८०, सोमबार १८:०२ मा प्रकाशित
  • काठमाडौं । सरकारले इजरायलमा हमास लडाकुको आक्रमणमा परेको नेपालीहरुको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    त्यस्तै बैठकले मृतकका परिवारलाई राहतस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । साथै इजरायल सरकारले अनुमति दिएपछि त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने निर्णय भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।

    शनिबार प्यालेस्टाइनी हमास लडाकुुको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ ।

    Leave a Reply