“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैतालिसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०५/२८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४५[ पैतालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
चित्रमा पञ्चाङ्ग
पञ्चाङ्ग:०१
बुवाको आशीर्वाद पाउने दिन।
टाढा भएका छोरी धाउने दिन।
सम्पूर्ण बुवामा शुभकामना छ,
छोराछोरीको माया छाउने दिन।
बुवाको भक्ति भाव गाउने दिन।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
पितातिर्थ औँसीको शुभकामना
जन्म दिने भाग्य दिने कर्म दिने पिता।
सन्ततीमा सुख अनि धर्म दिने पिता।
मेलापात खेतालामा दिन रात साँझ,
गाउँघर साथीभाई पर्म दिने पिता।
सन्तानको सुखमाथी सर्म दिने पिता ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०३
पीडा कम गराई दिने मेरा बा।
सुख,खुसी भराई दिने मेरा बा।
आजको दिन विशेष सम्झना छ,
दुष्टलाई हराई दिने मेरा बा।
काम गर्दा सराई दिने मेरा बा।
ह्यारिस
पञ्चाङ्ग:०४
हाम्रा सारा दुःख आफुले हर्नु भयो बुबाले।
जीवनमा ज्ञानको मूल भर्नु भयो बुबाले।
ईश्वर मानि सम्मान गर्दछौ कुंशे औशिमा ,
धर्तीमा उज्याला किरण छर्नु भयो बुबाले।
आफ्ना सारा कर्तब्य पुरा गर्नुभयो बुबाले।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०५
बाटो हुन् बा गोरेटो बनेर हिँडाउने।
कलम हुन् बा भाग्य खनेर हिँडाउने।
चिन्ता गर्नु हुन्छ ,छोराछोरीको सधै नै,
लौरो हुन् बा, खुट्टामा गनेर हिँडाउने।
नाता हुन् बा,आफन्त भनेर हिँडाउने।
होम प्रसाद नेउपाने
धरान,सुनसरी।
पञ्चाङ्ग:०६
पितालाई साक्षात भगवान नै मानेका छन्।
चढाउनलाई एकदिन लड्डु छानेका छन्।
पितालाई भने तातो खोले खान मन थियो,
पितालाई बुझ्नु भन्दा पुज्नु मात्रै जानेका छन्।
यसैगरी पुजेर संस्कारलाई धानेका छन् ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग:०७
सुख दिई धेरै सन्तानका दुख हर्ने बुवा।
जतीनै समस्याआएपनि अघि सर्ने बुवा।
हाम्रो जीवन फलाउने फुलाउँने उहाँ नै ,
आवश्यकता समाधानकाे बिउ छर्ने बुवा।
आइलाग्ने हरेक गल्तीमा माफी गर्ने बुवा।
उर्मिला के.शी.
धनकुटा
पञ्चाङ्ग:०८
जन्म दिने आमा हाम्री कर्म दिने बाबा।
आका सुसु गर्दा आमा मर्म दिने बाबा
कस्तो प्यारो होला शव्द वरपिपलको,
क ख सिकाउने आमा धर्म दिने बाबा ।
आफ्नो दुख नदेखाई पर्म दिने बाबा!
कमला देवकोटा, पाल्पा