
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १२१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
विकृती
उल्टो जमाना
कठै मौलाउँदो संस्कृति !
- वसन्त अनुभव
[२]
संस्कार
काँधमा कुकुर
अनौठाे सोख धिक्कार ! - राेशन पराजुली, धरान
[३]
हरे
देखेँ लिला
मुटुमा पस्यो किला ! - सरिता सेढाई, धादिङ
[४]
काखे
कान्छाे छाेराे
प्याराे डगी माेराे ! - निरज कोइराला, इटहरी
[५]
जमाना
कुकुर काखमा
छोरो भुइँमा हिँड्ने ! - सरस्वती श्रेष्ठ, इटहरी
[६]
नराम्रो
परेको लत
औपचारिकतामा उडान भर्ने ! - सुरेशकुमार पाण्डे, दाङ, घोराही
[७]
आधुनिकता
बाेकेका भारी
नचाहिँँदाे स्वाङ पारी ! - भवानी घिमिरे, सर्लाही
[८]
आधुनिकता
अचम्मको दृश्य
हेर लाजमर्दो वास्तविकता ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३,काभ्रे
[९]
सोख
वात्सल्य धमिलो
विकृतिले मन अमिलो ! - गङ्गा खड्का
बुढानीलकण्ठ, काठमाडौँ
[१०]
अनौठो
मानिसकाे सोच
आफ्नै सन्तानलाई यातना ! - राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[११]
कठै
मानव संस्कृति
छाडापन र विकृति ! - घनश्याम पौडेल, पोखरा
[१२]
खेल
कुकुर पिठ्युँमा
बालक सिक्री जेलमा ! - सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[१३]
फेसन
कुकुर प्याराे
सन्तान केवल बिचराे ! - नवराज भट्ट, कञ्चनपुर
[१४]
सकियो
मन भरियो
आश्चर्य, बुद्धि उल्टियो ! - नन्दलाल आचार्य ‘अक्षान्त’
[१५]
कलियुग
विकृतिको स्वरुप
परिणाम उल्टो फलस्वरूप ! - केन्द्रप्रकश बराल, इलाम
[१६]
बौलायो
मान्छेको भित्र
उल्टो विकृति मौलायो ! - विवश पारदर्शी, झापा
[१७]
बदलिएको
मातृत्व भावना
सन्तानभन्दा विश्वास कुकुरमा ! - सुस्मिता अधिकारी, काठमाडौँ
[१८]
गाह्रो
समय परिस्थिति
सन्तानभन्दा कुकुर प्यारो ! - आर्त अकुलीन, कैलाली
[१९]
दृश्य
आश्चर्य देखिँदै
नहोस् वास्तविक चित्र ! - समुन्द्रा शर्मा, सुनसरी
[२०]
रुपान्तरण
अचम्मको अभियान
कस्तो बनाउँदै पहिचान ? - पृथक प्रकृति, झापा
[२१]
मातृत्व
परेछ छाँया
कुकुरलाई पो माया ! - तोयानाथ चापागाईं
[२२]
मान्छे
कुकर्मी भएपछि
पायाे कुकुरको दर्जा ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[२३]
मोम
वात्सल्य हराएको
कुसंस्कारको उत्कृष्ट नमुना ! - ध्रुव श्रेष्ठ, खोटाङवजार
हाल: काठमाडौ
[२४]
नैतिकता
आधुनिक मान्छे
व्यवहार हराएको सूचना ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२५]
सोच
सन्तानको बोझ
बिलासी जीवनको मोज ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[२६]
विचरा
आफ्नै सन्तान
कुन मायाको तुलना ? - प्रेम थापा “मन”, बागलुङ
[२७]
सहर
आएका बटुवा
पागललाई लिएर एउटा ! - युगल त्रिन
[२८]
कलियुग
उल्टो जमाना
मान्छेमा बढ्दो विकृती ! - बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई-४, झापा
[२९]
जमाना
उल्टो भावना
सद्बुद्धि आओस् कामना ! - टिकाराम पुन टिपु टिकारा
सल्यान, छत्रेश्वरि गाँउपालिका छत्रे-२
[३०]
मान्छे
हातखुट्टा बाधेर
निस्कँदैछ स्वर्गको यात्रामा !
-पशपति राई, खोटाङ
[३१]
ममता
वात्सल्य प्रेम
ऊ पाउँछ कहिले ? - नागेन्द्रप्रसाद यादव, दाङ
[३२]
उल्टो
मानव सभ्यता
सन्तानको स्थानमा कुकुर ! - घनश्याम पौडेल
गौरीगंगा -९, कैलाली
[३३]
आएको
जमाना कस्तो
बुद्धिको भाँडो घोप्टिएको ! - लक्ष्मी रिजाल
रुपनगर, सप्तरी, कञ्चनरूप-१२
[३४]
छोरी
ममताको डोरी
सिक्रीले कसेकी मोरी ! - सरिता काफ्ले, कोहलपुर-८, बाँके
[३५]
पृथ्वी
जल वायु
उनै दक्ष प्रजापति ! - डिल्लीराज घिमिरे, अर्घाखाँची
[३६]
नारी
अगाडि पछाडि
निरन्तर बाेझिलाे जिम्मेवारी ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[३७]
कलियुग
बदलियाे जमाना
सन्तानभन्दा कुकुरकाे माया ! - श्रद्धा आचार्य, पोखरा
[३८]
गोठालो
एक सुरक्षाकर्मी
समय अनुकुल चल्नुपर्ने ! - होमप्रसाद न्यौपाने, धरान, सुनसरी
[३९]
विकृति
कस्तो जमाना
ढाडमा कुकुर रमाना ! - बेदु न्यौपाने, काठमाडौँ
[४०]
अन्धभक्त
पशूको प्रेम
सन्तान यातना भोग्दै ! - जमुना कायस्थ, पोखरा
[४१]
छाया
देखावटी माया
पाल्तु छन् दायाँबायाँ ! - जमुना आचार्य, सिन्धुपाल्चोक
[४२]
चरमाेत्कर्ष
धपक्कै कलि
विकृति बढेर ढलिमली ! - इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
[४३]
समाज
देखियो बदलिएको
सन्तानभन्दा कुकुर प्यारो ! - धनमाया चौधरी, कैलाली
[४४]
जमाना
अनौठो आयो
पशुमा पिरती लगायो ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[४५]
उदेक
पाश्चात्यताको परिणाम
गुणको दह्रो अभियान ! - कमला देवकोटा, पाल्पा
[४६]
माया
कुकुरमा अधिक
हिँडाउँदै दाम्लोमा छोरा ! - धर्मी शाक्य, बुटवल, रुपन्देही
[४७]
आमा
कुकुर बोक्ने
बच्चा बाटो ढुक्ने ! - नारायणप्रासाद अम्मै
घो. न. पा. १-सुखड, कैलाली
[४८]
हरायो
संस्कृति संस्कार
मानवता भो विकराल ! - गोपेन्द्र रिजाल, पाँचथर
[४९]
संसारमा
देखिन्छ झाँकी
मान्छे बाैलाउन बाँकी ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[५०]
कठै
विकृत संस्कृती
परम्परा माथी प्रहार ! - रघु थापा
सु न पा १.
[५१]
आधुनिकता
माैलायाे विकृती
आमाको ममतामै कुबुद्धि ! - नारायणप्रसाद उपाध्याय, कैलाली
[५२]
संस्कृति
कुकुरलाई साहारा
परिवार एकअर्कालाई सर्वहारा ! - रेनुका मरासिनी, अर्घाखाँची
[५३]
मान्छे
सन्तती भुइँमा
कुकुरको डाँगो बुइँमा ! - बि के विरही, टीकापुर
[५४]
विकृति
सामाजिक सञ्जालमा
रहर लाइक कमेन्टमा ! - टीकाराम जाेशी, टीकापुर
[५५]
कलियुग
यसरी मासिँदै
कुरितीतिर मान्छे भासिँदै ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[५६]
आधुनिकता
संस्कार मासिँदै
मान्छे देखासिकीमै भासिँदै ! - दुर्गा भट्टराई, मोरङ